Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

सन नेपाल लाइफले मलेशियामा नेपाली आप्रवासी कामदारहरूको लागि बैदेशिक रोजगार बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न 

 

क्वालालम्पुर, मलेशिया — मलेशियामा कार्यरत नेपाली आप्रवासी कामदारहरूको वित्तीय सुरक्षा र सचेतना बढाउने उद्देश्यले सन नेपाल लाइफ इन्स्योरेन्सले बैदेशिक रोजगार बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। यस कार्यक्रममा मलेशियाका लागि नेपाली राजदूत माहामहिम डा. नेत्रप्रसाद तिमसिना प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रमको मुख्य उद्देश्य मलेशियामा कार्यरत नेपाली आप्रवासी कामदारहरूलाई बैदेशिक रोजगार बीमा, दाबी भुक्तानी प्रक्रिया, र यसका दीर्घकालीन लाभहरूबारे जानकारी दिनु थियो। सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्री राजकुमार अर्यालले आप्रवासी श्रमिकहरूको वित्तीय सुरक्षा र स्वास्थ्य सुरक्षामा बीमाको महत्वबारे विस्तृत जानकारी दिनुभयो।

श्री अर्यालले उल्लेख गरे कि सन नेपाल लाइफले नेपाली आप्रवासीहरूको आर्थिक र स्वास्थ्य सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। उनले बताए कि कम्पनीले १३९ शाखा तथा उपशाखा कार्यालयहरू र २५ हजार भन्दा बढी अभिकताहरू मार्फत देशभर र विदेशमा रहनु भएका नेपाली नागरिकहरूलाई जीवन बीमा सेवा प्रदान गर्दै आएको छ।

मलेशियाका लागि नेपाली राजदूत डा. नेत्रप्रसाद तिमसिनाले यस्ता कार्यक्रमहरूले आप्रवासी नेपालीहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन मद्दत गरेको बताउँदै सन नेपाल लाइफलाई धन्यवाद जनाउनुभयो। उनले आप्रवासी कामदारहरूलाई बीमा योजनाहरूबारे थप जागरूक बनाउन पनि आह्वान गर्नुभयो।

यस कार्यक्रम मार्फत मलेशियामा कार्यरत नेपाली आप्रवासी कामदारहरूलाई बैदेशिक रोजगार बीमाको महत्व र यसका लाभहरूबारे प्रत्यक्ष जानकारी दिइएको छ। सन नेपाल लाइफले आफ्ना ग्राहकहरूको वित्तीय सुरक्षामा निरन्तर समर्पित रहने बताउँदै यस्ता कार्यक्रमहरू भविष्यमा पनि जारी राख्ने घोषणा गरेको छ।

बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र गैरबैंकिङ सम्पति बढ्यो

बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र...

वि.सं.२०८२ असार २७ शुक्रवार २१:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेललेले अर्थतन्त्र क्रमिक...

नेपाल राष्ट्र बैंकद्वारा घर निर्माण र धितोमा प्रवाह कर्जाको सिमा बृद्धि

नेपाल राष्ट्र बैंकद्वारा घर निर्माण र धितोमा...

वि.सं.२०८२ असार २७ शुक्रवार २१:२९

काठमाडौं । नेपाल राष्ट्र बैंकले घर निर्माण वा खरिद गर्न...

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट करिब २५ अर्ब

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट करिब...

वि.सं.२०८२ असार २७ शुक्रवार १५:०६

काठमाडौं । काठमाडौं महानगरपालिकाको राजश्व परामर्श समितिको बैठक सम्पन्न भएको...

कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण

कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण

वि.सं.२०८२ असार २७ शुक्रवार १३:२६

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेलले आर्थिक वर्ष...

दुःखद घडीमा साथ : बीमा दाबीअन्तर्गत मृतकका आश्रितलाई  ११ लाख ४४ हजार आर्थिक सहयोग

दुःखद घडीमा साथ : बीमा दाबीअन्तर्गत मृतकका...

वि.सं.२०८२ असार २७ शुक्रवार १३:१७

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लम्की शाखाले...

जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकुल नीति लिएका छौं : अर्थमन्त्री पौडेल

जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकुल नीति लिएका...

वि.सं.२०८२ असार २७ शुक्रवार १३:०४

काठमाडौं । अर्थमन्त्री विष्णुु पौडेलले जलविद्युतको विकासमा निजी क्षेत्रको लगानी...