Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

हेटौंडा उपमहानगरपालिकाले बिहीबारबाट फोहोर उठाउन छाड्यो

 

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले हाल फोहोर व्यवस्थापन गरिरहेको स्थानमा फोहोर नफाल्न उच्च अदालत पाटन हेटौंडाले अन्तरीम आदेश जारी गरेसँगै गत बिहीबारबाट फोहोर उठाउन छाडेको छ ।

हेटौंडा उपमहानगरपालिकाले गत बिहीबार बिहान एक सूचना जारी गर्दै फोहोर फाल्ने वैकल्पिक स्थान नभएकाले अर्को आदेश वा व्यवस्था नभएसम्मका लागि फोहार संकलन र व्यवस्थापनको कार्य स्थगित गरिएको जनाएको छ ।

उपमहानगरपालिकाले फोहार नउठाउने सूचना जारी गरेसँगै फोहोर संकलन र व्यवस्थापनको जिम्मा पाएको ग्रीन एण्ड क्लिन सिटी सर्भिसेजले फोहोर उठाउन बन्द गरेको हो ।

हेटौंडाका मुख्य बजार क्षेत्रका सबै वडाहरु र ग्रामीण भेगका जनघनत्व बढी भएका वडाहरुबाट गरी दैनिक २६ टनभन्दा बढी फोहोर संकलन हुने गरेको थियो ।

फोहोर संकलन बन्द गरिएसँगै घरभित्रै र सडकमा फोहोर थुप्रिएर वातावरण दूर्गन्धित हुने खतरा छ । हेटौंडा उपमहानगरको व्यवस्थित र दीर्घकालीन डम्पिङ साइटको निर्माण नभएकोमा हेटौंडा–१० स्थित सिसौघारी नजिकै राप्ती खोला किनारमा फोहोर व्यवस्थापन गर्दै आइएको छ ।

फोहोर व्यवस्थापन अव्यवस्थित भएको र नकुहिने फोहोरलाई आगो लगाएर वातावरण प्रदूषण गरिएको भन्दै योगेन्द्र प्रसाद उपाध्यायले उच्च अदालत हेटौंडा इजलाशमा रिट निवेदन दिएका थिए । उक्त निवेदनमाथि न्यायाधीश डा. निर्मला पौडेल भट्टराईले मंगलबार अल्पकालीन अन्तरीम आदेश जारी गरेकी हुन् ।

‘वातावरण प्रदूषण जस्तो संवेदनशील विषयमा अन्तरिम आदेशसमेत माग गरिएकाले विपक्षीबाट हेटौंडा–१० स्थित गोरक्षश्वर मन्दिरभन्दा दक्षिणतर्फ राप्तीतटमा फोहोर नफाल्नू, फोहोर फाल्न नलगाउनू भनी विपक्षीहरुका नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ ।’ उच्च अदालत पाटन हेटौंडा इजलाशबाट जारी आदेशमा भनिएको छ ।

उच्च अदालत पाटन हेटौँडा इजलासले माघ २९ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । हेटौँडा उपमहानगरपालिकाले २०२६ सालदेखि फोहोर व्यवस्थापन गर्दै आएको डम्पिङ साइटमा पहिलोपटक फोहोर फाल्न रोक लगाइएको हो ।

ग्रीन एण्ड क्लिन सिटी हेटौँडाका सञ्चालक नवराज खतिवडाले फोहोर संकलनको काम हाललाई आदेशबमोजिम स्थगित गरिएको बताए ।

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना...

वि.सं.२०८२ असार ८ आइतवार २३:४६

  काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास...

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित उपयोग गर्नुपर्ने

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित...

वि.सं.२०८२ असार ८ आइतवार १९:२९

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’ भन्दै सामाजिक सञ्जालमा आए ऊर्जा उद्यमी

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’...

वि.सं.२०८२ असार ८ आइतवार १७:२३

काठमाडौं । सरकारले बजेटमा ल्याएको विद्युत खरिदमा ’टेक एण्डे पे’...

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको स्ववियु वैधानिक, दुवै रिट खारेज

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको...

वि.सं.२०८२ असार ७ शनिवार २२:५४

  काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) को स्वतन्त्र विद्यार्थी...

शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा सुरु

शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा सुरु

वि.सं.२०८२ असार ७ शनिवार २२:३८

  चितवन । भरतपुर १४ स्थित शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रले...

सुनकाण्डकी फरार अभियुक्त अमला रोका टोखाबाट पक्राउ

सुनकाण्डकी फरार अभियुक्त अमला रोका टोखाबाट पक्राउ

वि.सं.२०८२ असार ७ शनिवार २०:३५

काठमाडौं । अवैध सुन भन्सार चोरी पैठारी तथा संगठित अपराधमा...