CG Electronics
IME Life
NIMB

अर्थ सचिवमा उपाध्यायलाई स्वागत, डा. घिमिरेलाई बिदाइ

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । अर्थ मन्त्रालयमा नयाँ सचिव घनश्याम उपाध्यायलाई स्वागत गरिएको छ भने पूर्वसचिव डा. रामप्रसाद घिमिरेलाई बिदाइ गरिएको छ । मन्त्रिपरिषद्को हिजोको बैठकले उपाध्यायलाई अर्थ सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो भने डा. घिमिरे राष्ट्रपति कार्यालयमा सरुवा भएका छन् ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नयाँ सचिव उपाध्यायको नेतृत्वमा अर्थ मन्त्रालयले राष्ट्र र जनताको अपेक्षा पूरा गर्ने विश्वास व्यक्त गरे । उनले डा. घिमिरेले अर्थतन्त्रलाई अनुशासित र गतिशील बनाउन दिइएको योगदानलाई सराहना गर्दै उनको अनुभव र ज्ञानलाई मन्त्रालयले भविष्यमा पनि उपयोग गर्ने बताए ।

नयाँ सचिव उपाध्यायले आफूलाई जिम्मेवारी दिइएकोमा नेपाल सरकार र अर्थमन्त्रीप्रति आभार व्यक्त गर्दै राजस्व वृद्धि, पूँजीगत खर्च बढाउने, अनावश्यक खर्च कटौती गर्ने, उत्पादनमा वृद्धि गर्ने लगायत कार्यमा ध्यान केन्द्रित गर्ने बताए । उनले थप लगानीका लागि अनुकूल वातावरण सिर्जना गर्ने प्रतिबद्धता पनि जनाए ।

डा. घिमिरेले सरकारले आफूलाई विश्वास गरी राजस्व सचिव र अर्थ सचिवको जिम्मेवारी दिइएकोमा धन्यवाद व्यक्त गर्दै नेपालको अर्थतन्त्रलाई सबल र गतिशील बनाउन आफू सदा सहयोग गर्ने बताए ।

यसरी अर्थ मन्त्रालयमा नयाँ सचिवको नियुक्ति र पूर्वसचिवको बिदाइ सँगै मन्त्रालयको नयाँ अध्याय सुरु भएको छ ।

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:०४

  काठमाडौं । आज (आइतबार) विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस...

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत : लोकप्रसाद दाहाल

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:५२

  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्...

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया ठुली माया तामाङको ज्यान

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:३६

  काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–६, काभ्रे भुरुङ्गेटोलमा आएको हुरीबतासका...

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग अन्तक्रिया गर्ने

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:२०

  काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी संघको आपत्ति, अध्यक्ष गुरुङको नेतृत्वलाई पूर्ण समर्थन

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:०१

  काठमाडौं । नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघले नेपाल...

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी असोजमा हुँदै

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:१५

  काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघ र...