Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

भरतपुरमा छैठौ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

 

चितवन । भरतपुरमा छैठौ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबारबाट सुरु भएको छ । भरतपुर महानगरपालिकाको आयोजनामा भरतपुर–२० चित्रवन रंगशालामा सुरु भएको प्रतियोगिताको एक कार्यक्रमका बीच जिल्ला समन्वय समितिका अध्यक्ष नारायण प्रसाद अधिकारीले उद्घाटन गर्नुभयो ।

प्रतियोगिता उद्घाटन गर्दै जिसस प्रमुख अधिकारीले राष्ट्रपति रनिङ शिल्ड दक्ष खेलाडी उत्पादन गरी राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा देशको नाम चिनाउन महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो ।

यस्तै महानगर प्रमुख रेनु दाहालले भरतपुरलाई खेलकुद हब निर्माण गर्ने उद्देश्यसहित विभिन्न पूर्वाधार बनाउने कार्य भइरहेको दिनुभयो । एक वडा एक खेल मैदान, एक विद्यालय एक खेल मैदान, नगरस्तरीय खेल मैदान, प्रदेश स्तरीय खेलमैदान तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय खेलमैदान निर्माण्को कार्य तीब्र रुपमा अघि बढेको उल्लेख गर्नुभयो ।

महानगरपालिकाले खेल क्षेत्रको विकासको लागि वर्षेनी छुटाउने बजेटलाई वृद्धि गर्दै लिएर गएको उल्लेख गर्नुभयो । महानगरको आयोजनामा मेयर कप विद्यालयस्तरीय त्रिकेट लिग गौतम बुद्ध क्रिकेट रंगशालामा चलिरहेको र केही दिन अघि उपमेयर कप महिला, पुरुष भलिवल प्रतियोगिता सकिएको उल्लेख गर्नुभयो । भरतपुर महानगरपालिका देशका ७५३ पालिका मध्ये सबैभन्दा धेरै खेलकुद गतिविधि गर्ने पालिकाको रुपमा सम्मानित भइसकेको छ ।

प्रतियोगितामा १८ विधाका खेलहरु हुने शिक्षा महाशाखा प्रमुख महेन्द्र सुवासचन्द्र आचार्यले जानकारी दिनुभयो । प्रतियोगितामा भरतपुरका सामुदायिक र निजी गरी ८६ वटा विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा २ हजार ६ सय ६३ जना विद्यार्थीले सहभागिता जनाएका छन् । जसमध्ये १ हजार ५ सय ५७ छात्र र १ हजार ७६ जना छात्रा छन् । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई प्रदेश हुँदै संघमा प्रतिशपर्धाका लागि पठाइने छ ।

कार्यक्रममा भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल,प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, वडा नम्बर २० का अध्यक्ष मुक्ति घलेलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

ग्याँस र पेट्रोलियम पदार्थको तुलनामा हरित कोइला ५० प्रतिशत सस्तो छ : कुबेरमणि नेपाल

ग्याँस र पेट्रोलियम पदार्थको तुलनामा हरित कोइला...

वि.सं.२०८२ असार ११ बुधवार ००:१३

काठमाडौं । हरित कोइलाबारे नेपालीलाई बुझाउन जरुरी छ कुबेरमणि नेपाल उर्जा...

जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्यालाई अन्तर्राष्ट्रियस्तरमा लैजानुपर्छ : पूर्वअर्थमन्त्री महत

जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्यालाई अन्तर्राष्ट्रियस्तरमा...

वि.सं.२०८२ असार ११ बुधवार ००:०४

  काठमाडौं । पूर्वअर्थमन्त्री प्रकाश शरण महतले जलवायु परिवर्तनका कारण...

मिडियाहरुलाई नियमन गर्न आवश्यक छः मुख्यमन्त्री आचार्य

मिडियाहरुलाई नियमन गर्न आवश्यक छः मुख्यमन्त्री आचार्य

वि.सं.२०८२ असार ११ बुधवार ००:००

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज आचार्यले प्रेस स्वतन्त्रलाई नियमन...

बाह्य ऋण बोझले दिगो विकासका लक्ष्य प्राप्ती जोखिममा, तत्काल वित्तीय प्रणालीमा सुधार आवश्यक छ : उपाध्यक्ष अधिकारी

बाह्य ऋण बोझले दिगो विकासका लक्ष्य प्राप्ती...

वि.सं.२०८२ असार १० मंगलवार २१:४९

  काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले...

विदेशबाट फर्केका युवाहरूले सिकेको सीप प्रयोग गर्ने गरी कृषिमा आकर्षित गर्न आवश्यक छ : राष्ट्रपति पौडेल

विदेशबाट फर्केका युवाहरूले सिकेको सीप प्रयोग गर्ने...

वि.सं.२०८२ असार १० मंगलवार १७:१६

  काठमाडौंँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैदेशिक रोजगारीका लागि बाहिरिने...

आलोचना र टिप्पणी जसो गरे पनि हुन्छ,बजेट सन्तुलित छ : प्रधानमन्त्री ओली

आलोचना र टिप्पणी जसो गरे पनि हुन्छ,बजेट...

वि.सं.२०८२ असार १० मंगलवार १७:१२

  काठमाडौंं । प्रधानमन्त्री केपी शर्मा ओलीले आलोचना र टिप्पणी...