CG Electronics
Ncell NPL
NIMB

निजी क्षेत्र र लगानी सुरक्षित गर्नको लागि वर्तमान सरकार प्रतिबद्ध छ : मन्त्री शाही

IME Limited.(IME)
Sanima Bank
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

 

काठमाडौं । वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीले नेपाल सरकारले लगानीकर्ताहरुलाई प्रोत्साहित गर्नका लागि थप योजनाहरु बनाई रहेको बताएका छन् । मुगुको छाँयानाथ रारा नगरपालिका–९ मुर्माटपमा एक्सपर्ट ग्रुप र रारा होल्डिङ्स प्रालिले निर्माण गर्न लागेको रारा रिसोर्ट शिलान्यास समारोहमा बोल्दै उनले अध्यादेशमार्फत व्यवसायिक सुरक्षा र थप निजीकरणलाई उत्साहित बनाउने प्रयास भईरहेको भन्दै निजी क्षेत्र र लगानी सुरक्षित गर्नको लागि वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

उनले भने, ‘नेपाल सरकारले अब लगानीकर्ताहरुलाई सुरक्षा दिने र प्रोत्साहित गर्नका लागि थप योजना बनाई रहेको छ । वर्तमान सरकारले व्यवसायलाई बढावा र उत्साहित गर्नको लागि बैशाखमा लगानी सहजीकरण भए जस्तै भर्खरै पनि अध्यादेशका मार्फतबाट व्यवसायिक सुरक्षा र थप निजीकरणलाई उत्साहित बनाउने प्रयास गरेका छौँ । निजी क्षेत्र र लगानी सुरक्षित गर्नको लागि वर्तमान सरकार प्रतिबद्ध रहेको छ ।’

यसको साथै, रिसोर्टले कर्णालीको पर्यटन क्षेत्रमा नयाँ आधार स्थापना गरेको भन्दै यस्ता कार्यलाई सहज बनाउन ऐनहरु संशोधन गर्दै अगाडि बढ्नको लागि वर्तमान सरकार र मन्त्रालय प्रतिबद्ध भएर लागेको बताए ।

उनले भने, ‘यो रिसोर्टले कर्णालीको पर्यटन क्षेत्रमा एउटा नयाँ आधार स्थापित भएको छ । यस्तै प्रोजेक्टहरु सञ्चालन गर्नको लागि वन मन्त्रालयले भूमिका खेल्दै आएको छ र आगामी दिनमा यसलाई थप सहज बनाउनको लागि आवश्यक ऐनहरुको परिमार्जन गर्दै, ऐनहरु संशोधन गर्दै आगामी दिनमा वनलाई जनतासँग जोड्दै अगाडि बढ्नको लागि वर्तमान सरकार र मन्त्रालय प्रतिबद्ध भएर लागेको छ ।’

निजी क्षेत्रलाई विकासमा सहभागि गराउने राज्यले लिएको नीतिको फलस्वरुप रारा जस्तो विकट क्षेत्रमा पनि रिसोर्ट बनेको पनि उनको भनाई छ ।
उनले भने, ‘निजी क्षेत्रलाई जुन हिसाबले विकासमा सहभागि गराउने राज्यले नीति लियो ।

त्यस हिसाबले आज रारा जस्तो विकट क्षेत्रमा रिसोर्टको माध्यमबाट सेवा दिने उद्देश्य लिनुभयो त्यसले सकारात्मक रुप लिएको छ । त्यसको लागि धन्यवाद दिन चहान्छु । यसमा राजनीतिक रुपमा र सरकारले के सहयोग गरेर उहाँहरुको अभियानलाई पूरा गर्न सक्छौं । त्यता तिर सबैको ध्यान जान जरुरी छ ।’

CG Electronics
रीना डंगोल नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशक नियुक्त

रीना डंगोल नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशक...

वि.सं.२०८२ माघ २३ शुक्रवार १५:५३

  काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को...

इन्जिनियरहरुले डेटा साइन्स, मसिन लर्निङ, एआईमा दख्खल राख्नुपर्नेमा जोड

इन्जिनियरहरुले डेटा साइन्स, मसिन लर्निङ, एआईमा दख्खल...

वि.सं.२०८२ माघ २२ बिहीवार २१:१६

  काठमाडौं । पछिल्लो समय डेटा साइन्स, मसिन लर्निङ, एआई...

कांग्रेस रुपान्तरणमा नवलपरासी–१ को महत्वपूर्ण भूमिका: विनोद चौधरी

कांग्रेस रुपान्तरणमा नवलपरासी–१ को महत्वपूर्ण भूमिका: विनोद...

वि.सं.२०८२ माघ २१ बुधवार १७:३०

  आगामी फागुन २१ को आम निर्वाचनको सन्दर्भमा नवलपरासी–१ अन्तर्गत...

नागरिकता र लालपुर्जाविहीन समस्या समाधान गर्न कांग्रेस कटिबद्ध: विनोद चौधरी

नागरिकता र लालपुर्जाविहीन समस्या समाधान गर्न कांग्रेस...

वि.सं.२०८२ माघ २१ बुधवार १६:१४

काठमाडौ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली...

कांग्रेसमा गुठको राजनीतिको अन्त्य भएको छ: विनोद चौधरी

कांग्रेसमा गुठको राजनीतिको अन्त्य भएको छ: विनोद...

वि.सं.२०८२ माघ २१ बुधवार १६:११

  काठमाडौ । नेपाली कांग्रेसका तर्फबाट नवलपरासी क्षेत्र नं. १...

नेपाल लाइफद्वारा इसेवासंगको सहकार्यमा “सुपर टर्म लाइफ इन्स्योरेन्स” सार्वजनिक

नेपाल लाइफद्वारा इसेवासंगको सहकार्यमा “सुपर टर्म लाइफ...

वि.सं.२०८२ माघ २१ बुधवार १२:१४

  काठमाडौ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल...