CG Electronics
IME Life
NIMB

नेपालमा सामसङ ग्यालेक्सी एस२५ सिरिजको भव्य सुरुवात

NIMB
Himalayan Bank

काठमाडौं, फाल्गुन २ – सामसङ नेपालले आफ्नो ग्यालेक्सी एस२५ सिरिज नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले यस सिरिजको प्रि-अर्डर बिक्री नयाँ उचाइमा पुगेको भन्दै घोषणा गरेको छ। ग्यालेक्सी एस२४ सिरिजको तुलनामा यस पटकको प्रि-अर्डर ६०% ले बढी भएको छ।

सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने, “हामी हाम्रो नयाँ एस सिरिज – ग्यालेक्सी एस२५ अल्ट्रा, ग्यालेक्सी एस२५+ र ग्यालेक्सी एस२५ को अपार लोकप्रियताका लागि अत्यन्तै खुसी छौँ। यी स्मार्टफोनहरूले वास्तविक एआई सहायकको नयाँ मापदण्ड स्थापित गर्दै प्रयोगकर्ताहरूलाई सहज मोबाइल अनुभव प्रदान गर्छन्।”

स्मार्ट एआई फिचरहरू
ग्यालेक्सी एस२५ सिरिज वन युआई ७ प्लेटफर्ममा आधारित छ, जसले विभिन्न एपहरूबीच सहज अन्तरक्रिया गर्ने सुविधा दिन्छ। नाउ ब्रिफले आवश्यक सुझावहरू प्रदान गर्छ भने, नाउ बारले फोनमा चलिरहेका सबै गतिविधिहरूलाई एकै ठाउँमा व्यवस्थापन गर्न मद्दत गर्छ।

जेमिनी एआई ४६ भाषामा उपलब्ध रहेको छ। यो एआई सहायकले खेल तालिका खोजी गर्नेदेखि लिएर, गुगलको सर्कल टु सर्चमार्फत थप जानकारी प्रदान गर्ने सुविधासम्मका अत्याधुनिक प्रविधिहरू ल्याएको छ।

सशक्त प्रोसेसर र उन्नत क्यामेरा प्रविधि
ग्यालेक्सी एस२५ सिरिजमा ग्यालेक्सीका लागि विशेष रूपमा विकसित स्न्यापड्रागन ८ एलिट चिपसेट प्रयोग गरिएको छ, जसले उच्च प्रतिक्रियाशील एआई अनुभव प्रदान गर्छ।

ग्यालेक्सी एस२५ अल्ट्राको ५० एमपी अल्ट्रावाइड क्यामेराले उत्कृष्ट स्पष्टताका साथ फोटो खिच्ने क्षमता दिन्छ। प्रोस्केलर र डिजिटल न्याचुरल इमेज इन्जिन (एमडीएनआईई) प्रविधिले एआई आधारित इमेज प्रोसेसिंग सुधार गर्नेछ।

मूल्य र उपलब्धता
ग्यालेक्सी एस२५ सिरिजका विभिन्न भेरियन्टहरूको नेपाली बजारमा निम्न मूल्य तोकिएको छ:

 

वित्तीय योजना र विशेष अफरहरू
सामसङ इन्स्टा फाइनान्स सेवामार्फत ग्राहकहरूले ०% ब्याज दरमा रु ५२५०/महिनाबाट ईएमआई योजनामा फोन खरिद गर्न सक्नेछन्। साथै, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड मार्फत १ वर्षको लागि १-टाइम ब्रेकज इन्स्योरेन्स प्रदान गरिनेछ। पुराना फोनहरू एक्सचेन्ज गर्न चाहने ग्राहकहरूले सबकोफोन र आर्कोस्टोरको सेवा प्रयोग गर्न सक्नेछन्।

फेब्रुअरी १४ (फाल्गुन २) देखि ग्यालेक्सी एस२५ सिरिज नेपालभरका सबै सामसङ आधिकारिक स्टोरहरूमा उपलब्ध हुनेछ।

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ फेसलिफ्टेड कुशाक सार्वजनिक

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ...

वि.सं.२०८३ असार २९ सोमवार १२:०२

काठमाडौं। स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई...