Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

बुढानिलकण्ठमा चौथो रोजगार तथा वृत्ति मेला शुरू, सयौं पदमा आवेदन खुला

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

 

काठमाडौं, फागुन २ गते। बुढानिलकण्ठ नगरपालिकाको आयोजनामा चौथो रोजगार तथा वृत्ति मेला शुरू भएको छ। नेपाल सरकारका शिक्षा तथा विज्ञान प्रविधि मन्त्री विद्या भट्टराईको प्रमुख आतिथ्यमा यो मेलाको उद्घाटन भएको हो। मेलाको पहिलो दिन विभिन्न रोजगारदाताहरूको स्टलमा सयौं नगरवासीले आवेदन दिएका छन्।

नगरपालिकाले संचालन गरेको यो मेलामा विभिन्न व्यवसायिक संस्था तथा रोजगारदाताहरूले स्टल राखेका छन्। बेरोजगार नगरवासीहरूले स्टलमा र अनलाइन मार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। भोलि फागुन ३ गते शनिवार पनि इच्छुक बेरोजगार नगरवासीले बिहान ९ बजे पछि नगर कार्यालय परिसरमा आएर आवेदन दिन सक्ने छन्।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख ललित विक्रम सिंहले स्वागत मन्तव्य दिए। उनले मेलाको औचित्य र आवश्यकतामाथि प्रकाश पार्दै यस्ता आयोजनाहरूले रोजगारी प्रवर्धनमा ठूलो भूमिका खेल्न सक्ने बताए।

यस अवसरमा मन्त्री भट्टराईले युवाहरूको सिप विकास र रोजगारीका लागि सरकारले गरेका विभिन्न प्रयासहरूबारे जानकारी दिइन्। उनले युवाहरूले आफ्नो सिपमा विश्वास राखी रोजगारीका अवसरहरू खोज्न आह्वान गरिन्।

युवालाई प्राथमिकता
नगरपालिकाले यसपटकको मेलामा युवाहरूलाई विशेष प्राथमिकता दिँदै आएको छ। यसअघि सम्पन्न तीन वटा रोजगार तथा वृत्ति मेलामा पनि युवाहरूको रोजगारी र सिप विकासलाई प्राथमिकता दिइएको थियो। यसै क्रममा बेरोजगार युवाहरूको तथ्याङ्क संकलन गरिएको थियो भने तालिमको माग पनि सुन्ने गरिएको थियो।

माग अनुसार रोजगारी तथा वृत्ति कार्यक्रम अन्तर्गत २० जनालाई १० महिने प्लम्बरिङ, ६० जनालाई कुकिङ र ४० जनालाई १० महिने कम्प्युटर हार्डवेयर तालिम प्रदान गरिएको छ। यसका साथै १२ वटा सामुदायिक माध्यमिक विद्यालयमा विद्यार्थी वृत्ति परामर्श कार्यक्रम सञ्चालन गरिएको छ।

मेलाको विशेषता
यस चौथो रोजगार तथा वृत्ति मेलामा कुल ४२ वटा स्टल राखिएका छन्। यस मध्ये २० वटा रोजगारदाता, ६ वटा शिक्षा, सिप तथा तालिम प्रदायक, ३ वटा उन्नयनशील युवा उद्यम, ७ वटा रमाइलो शुक्रबार प्रवर्धक र बाँकी ६ वटा विविध विषयका स्टलहरू रहेका छन्।

नगरपालिकाले यस मेलामा २५ हजारभन्दा बढी गृहणी महिला, युवा तथा विद्यार्थीले अवलोकन गर्ने अपेक्षा गरेको छ। साथै, मेला अवधिमा दर्जनौं बेरोजगार युवाहरूले रोजगारी प्राप्त गर्ने सम्भावना रहेको छ।

यसरी नै, रोजगारदाता र बेरोजगार युवाबीच सम्पर्क स्थापित गर्न अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याइएको छ भने शिक्षक आपूर्तिलाई सहज बनाउन शिक्षक बैंक निर्माण गरी सञ्चालनमा ल्याइएको छ।

यस अघि सम्पन्न तीन वटै वृत्ति तथा रोजगार मेलामा विद्यार्थी, युवा र गृहणी महिलाहरूको आकर्षणको केन्द्र बनेको थियो। नगरपालिकाले यसपटक पनि बेरोजगार युवाहरूलाई रोजगारीका अवसर प्रदान गर्ने लक्ष्य राखेको छ।

देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात गर्नुपर्ने अवस्था आयो : मन्त्री पौडेल

देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात...

वि.सं.२०८२ कात्तिक २९ शनिवार १३:२५

  काठमाडौं । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन...

एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि टिकट बुकिङ खुला

एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि...

वि.सं.२०८२ कात्तिक २९ शनिवार १३:१५

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर...

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति बनेको छ, समस्या हुँदैन् : अर्थमन्त्री

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २३:२२

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले विगतको तुलनामा यसवर्षको मौद्रिक...

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने : ‘जिम्मेवारी पूरा गर्छु’

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने :...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २२:०४

  काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक(आइजीपी) दानबहादुर कार्कीले...

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने, तयारी पूरा भएको आयोजकको दाबी

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने,...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १५:०५

काठमाडौं । आउँदो २०८२ साल कात्तिक २९ गते हुने अन्तर्राष्ट्रिय...

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता पहिलो किस्ता, पुनः जडान भयो विद्युत सेवा

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १४:२९

काठमाडौं । दाङको घोराहीमा अवस्थित सोनापुर मिनरल एण्ड आयाल प्रालिले...