CG Electronics
IME Life
NIMB

बुढानिलकण्ठमा चौथो रोजगार तथा वृत्ति मेला शुरू, सयौं पदमा आवेदन खुला

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं, फागुन २ गते। बुढानिलकण्ठ नगरपालिकाको आयोजनामा चौथो रोजगार तथा वृत्ति मेला शुरू भएको छ। नेपाल सरकारका शिक्षा तथा विज्ञान प्रविधि मन्त्री विद्या भट्टराईको प्रमुख आतिथ्यमा यो मेलाको उद्घाटन भएको हो। मेलाको पहिलो दिन विभिन्न रोजगारदाताहरूको स्टलमा सयौं नगरवासीले आवेदन दिएका छन्।

नगरपालिकाले संचालन गरेको यो मेलामा विभिन्न व्यवसायिक संस्था तथा रोजगारदाताहरूले स्टल राखेका छन्। बेरोजगार नगरवासीहरूले स्टलमा र अनलाइन मार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। भोलि फागुन ३ गते शनिवार पनि इच्छुक बेरोजगार नगरवासीले बिहान ९ बजे पछि नगर कार्यालय परिसरमा आएर आवेदन दिन सक्ने छन्।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख ललित विक्रम सिंहले स्वागत मन्तव्य दिए। उनले मेलाको औचित्य र आवश्यकतामाथि प्रकाश पार्दै यस्ता आयोजनाहरूले रोजगारी प्रवर्धनमा ठूलो भूमिका खेल्न सक्ने बताए।

यस अवसरमा मन्त्री भट्टराईले युवाहरूको सिप विकास र रोजगारीका लागि सरकारले गरेका विभिन्न प्रयासहरूबारे जानकारी दिइन्। उनले युवाहरूले आफ्नो सिपमा विश्वास राखी रोजगारीका अवसरहरू खोज्न आह्वान गरिन्।

युवालाई प्राथमिकता
नगरपालिकाले यसपटकको मेलामा युवाहरूलाई विशेष प्राथमिकता दिँदै आएको छ। यसअघि सम्पन्न तीन वटा रोजगार तथा वृत्ति मेलामा पनि युवाहरूको रोजगारी र सिप विकासलाई प्राथमिकता दिइएको थियो। यसै क्रममा बेरोजगार युवाहरूको तथ्याङ्क संकलन गरिएको थियो भने तालिमको माग पनि सुन्ने गरिएको थियो।

माग अनुसार रोजगारी तथा वृत्ति कार्यक्रम अन्तर्गत २० जनालाई १० महिने प्लम्बरिङ, ६० जनालाई कुकिङ र ४० जनालाई १० महिने कम्प्युटर हार्डवेयर तालिम प्रदान गरिएको छ। यसका साथै १२ वटा सामुदायिक माध्यमिक विद्यालयमा विद्यार्थी वृत्ति परामर्श कार्यक्रम सञ्चालन गरिएको छ।

मेलाको विशेषता
यस चौथो रोजगार तथा वृत्ति मेलामा कुल ४२ वटा स्टल राखिएका छन्। यस मध्ये २० वटा रोजगारदाता, ६ वटा शिक्षा, सिप तथा तालिम प्रदायक, ३ वटा उन्नयनशील युवा उद्यम, ७ वटा रमाइलो शुक्रबार प्रवर्धक र बाँकी ६ वटा विविध विषयका स्टलहरू रहेका छन्।

नगरपालिकाले यस मेलामा २५ हजारभन्दा बढी गृहणी महिला, युवा तथा विद्यार्थीले अवलोकन गर्ने अपेक्षा गरेको छ। साथै, मेला अवधिमा दर्जनौं बेरोजगार युवाहरूले रोजगारी प्राप्त गर्ने सम्भावना रहेको छ।

यसरी नै, रोजगारदाता र बेरोजगार युवाबीच सम्पर्क स्थापित गर्न अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याइएको छ भने शिक्षक आपूर्तिलाई सहज बनाउन शिक्षक बैंक निर्माण गरी सञ्चालनमा ल्याइएको छ।

यस अघि सम्पन्न तीन वटै वृत्ति तथा रोजगार मेलामा विद्यार्थी, युवा र गृहणी महिलाहरूको आकर्षणको केन्द्र बनेको थियो। नगरपालिकाले यसपटक पनि बेरोजगार युवाहरूलाई रोजगारीका अवसर प्रदान गर्ने लक्ष्य राखेको छ।

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:०४

  काठमाडौं । आज (आइतबार) विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस...

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत : लोकप्रसाद दाहाल

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:५२

  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्...

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया ठुली माया तामाङको ज्यान

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:३६

  काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–६, काभ्रे भुरुङ्गेटोलमा आएको हुरीबतासका...

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग अन्तक्रिया गर्ने

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:२०

  काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी संघको आपत्ति, अध्यक्ष गुरुङको नेतृत्वलाई पूर्ण समर्थन

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:०१

  काठमाडौं । नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघले नेपाल...

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी असोजमा हुँदै

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:१५

  काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघ र...