Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

चेम्बर र यूएनडिपीको कार्यक्रमले बिपन्न तथा संकटमा रहेका परिवारलाई फाइदा

Machhapuchchhre Bank Limited

 

काठमाडौं । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) र नेपाल चेम्बर अफ कमर्स (एन्सिसि) ले संयुक्त सहकार्यमा संचालनमा रहेको र सम्पन्न भएका दुई परियोजनाको अवलोकन गरेको छ ।

शुक्रबार यूएनडिपीका आवासीय प्रतिनिधि तथा एनसीसीका अध्यक्षयको नेतृत्वको टोलीले परियोजनाहरुको स्थलगत अवलोकन गरेका हुन् ।

रोशी गाउँपालिका, नमोबुद्ध नगरपालिका र पनौती नगरपालिकामा सञ्चालित कामका लागि नगद कार्यक्रम, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम र नेपाल चेम्बर अफ कमर्सको संयुक्त सहकार्यमा भइरहेको कामको अवलोकन गरिएको हो ।

नगद कार्यक्रम अन्तरगत सिंचाइ नहर, सामुदायिक सडकहरू, सडकहरुको नाली र कृषि जमिनहरूमा रहेको माटो, ढुंगा, काठ आदिको सरसफाई गरी स्थानीय भौतिक पूर्वधारको पुनःस्थापना गरिरहेको छ ।

उक्त कार्यमार्फत प्रभावित पालिकाहरुमा बिपन्न तथा संकटमा रहेका परिवारका सदस्यहरुलाई काममा संलग्न गराई जिल्लाको अदक्ष जनशक्तिले प्राप्त गर्ने रकम (ज्याला) बराबरको भुक्तानी दिई आय आर्जनमा संलग्न गराइएको छ ।
साथै मेसिनरी कार्यबाट पनि साना स्थानीय भौतिक पूर्वधारको पुनस्र्थापना गरिएको छ ।

नगद कार्यक्रममा काभ्रे जिल्लाका चार पालिका (रोशी र बेथानचोक गाउँपालिकाहरू, नमोबुद्ध र पनौती नगरपालिकाहरू) र ललितपुर एक पालिका (महाङ्कल गाउँपालिका) गरी जम्मा पाँच पालिकहरुमा कार्यान्वयन भइरहेको चेम्बरका अध्यक्ष कमलेश अग्रवालाले जानकारी दिए । कार्यक्रमले ८६० बिपन्न तथा संकटमा रहेका परिवारलाई ७८२० दिन बराबरको रोजगार प्राप्त हुनेछ ।

यसका अतिरिक्त, विपद्बाट प्रभावित बिपन्न तथा अति जोखिममा परेका परिवारहरुलाई विपद् प्रतिकार्य तथा पुनर्लाभका क्रियाकलापहरुमा कसरी संलग्न गराउन सकिन्छ भन्ने अध्ययन पनि गरिएको छ । जसले पुनर्लाभ तथा पुनःस्थापना कार्यमा मद्दत पुर्याउने अपेक्षा गरिएको छ ।

पहिलो काम पनौती नगरपालिकामा कामका लागि नगद कार्यक्रमले बिपन्न तथा संकटासन्न समुदायका सदस्यहरूलाई छोटो अवधिको जीविकोपार्जनको अवसर प्रदान गरिरहेको छ । यस कार्यमा स्थानीय सरकारले पहिचान गरेका साना स्थानीय सामुदायिक पूर्वाधारहरू पुनःस्थापना गर्ने उद्देश्य राखिएको छ ।

पनौतीका वडा नं. ८ र १२ का विभिन्न स्थानहरू (देउराली, कालाटी, सिम्पानी, गुम्बा, मगर छाप, बादल पाखा, छिन्दु, र पाचरे) मा सडक तथा सडक नाली सरसफाई कार्य कार्यान्वयन भइरहेको अध्यक्ष अग्रवालले जानकारी दिए ।

कार्यक्रमले २५० स्थानीय संकटासन्न समुदायका परिवारका व्यक्तिहरूलाई १० दिनको लागि छोटो अवधिको रोजगारी प्रदान गर्दै आएको उनले बताए ।

नमोबुद्ध नगरपालिकामा कामका लागि नगद कार्यक्रमले बिपन्न तथा संकटासन्न समुदायका सदस्यहरूलाई छोटो अवधिको जीविकोपार्जनको अवसर प्रदान गरी सामुदायिक पूर्वाधारको पुनःस्थापना गरेको उनले बताए ।

यस्ताखाले कार्यक्रमले स्थानीय विपन्न परिवारलाई ठूलो सहयोग पुगेको धारणा राखे । प्राकृतिक विपत्तिका कारण परेको समस्यासँग जुध्न संचालित कार्यक्रम प्रभावकारी भएको उनको भनाइछ ।

उर्जामन्त्री, सचिव र विद्युत नियमन आयोग विरुद्ध अख्तियारमा उजुरी

उर्जामन्त्री, सचिव र विद्युत नियमन आयोग विरुद्ध...

वि.सं.२०८१ चैत १४ बिहीवार ००:०७

  काठमाडौं । नेपाल सरकार उर्जा मन्त्रालयले उद्योगीहरुको पक्ष लिई...

बाथरोग र डाक्टरको सल्लाह

बाथरोग र डाक्टरको सल्लाह

वि.सं.२०८१ चैत १३ बुधवार २३:०५

काठमाडौं । बाथरोग एक दीर्घ रोग हो र यो कयौं...

१५ वर्ष मुनिका विपन्न बालबालिकाको सहिद गंगालालमा निःशुल्क मुटु उपचार गर्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय

१५ वर्ष मुनिका विपन्न बालबालिकाको सहिद गंगालालमा...

वि.सं.२०८१ चैत १३ बुधवार २२:१४

  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सहिद...

इटहरीको व्यापारिक भवनमा ६ घण्टासम्म दन्किएको आगो, दिनभर के के भयो ?

इटहरीको व्यापारिक भवनमा ६ घण्टासम्म दन्किएको आगो,...

वि.सं.२०८१ चैत १३ बुधवार २०:२६

इटहरी । कोशी प्रदेशको प्रमुख मध्येको एक व्यापारिक केन्द्र इटहरीको...

कुलमान घिसिङलाई पदमुक्त गर्न मन्त्रिपरिषद्का १० प्रमुख आधार र कारणहरू

कुलमान घिसिङलाई पदमुक्त गर्न मन्त्रिपरिषद्का १० प्रमुख...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:२६

काठमाडौ । नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक...

काठमाडौं टेक्निकल स्कुल (केटीएस) को उद्घाटन, प्राविधिक शिक्षाबाट हजारौंलाई रोजगारी दिने लक्ष्य

काठमाडौं टेक्निकल स्कुल (केटीएस) को उद्घाटन, प्राविधिक...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:१०

  काठमाडौं, चैत १३ – काठमाडौं टेक्निकल स्कुल (केटीएस) को...