CG Electronics
Ncell NPL
TATA Banner

चेम्बर र यूएनडिपीको कार्यक्रमले बिपन्न तथा संकटमा रहेका परिवारलाई फाइदा

city PAY   (City Express Money Transfer)
Ncell NPL
Sanima Bank
Himalayan Bank

 

काठमाडौं । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) र नेपाल चेम्बर अफ कमर्स (एन्सिसि) ले संयुक्त सहकार्यमा संचालनमा रहेको र सम्पन्न भएका दुई परियोजनाको अवलोकन गरेको छ ।

शुक्रबार यूएनडिपीका आवासीय प्रतिनिधि तथा एनसीसीका अध्यक्षयको नेतृत्वको टोलीले परियोजनाहरुको स्थलगत अवलोकन गरेका हुन् ।

रोशी गाउँपालिका, नमोबुद्ध नगरपालिका र पनौती नगरपालिकामा सञ्चालित कामका लागि नगद कार्यक्रम, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम र नेपाल चेम्बर अफ कमर्सको संयुक्त सहकार्यमा भइरहेको कामको अवलोकन गरिएको हो ।

नगद कार्यक्रम अन्तरगत सिंचाइ नहर, सामुदायिक सडकहरू, सडकहरुको नाली र कृषि जमिनहरूमा रहेको माटो, ढुंगा, काठ आदिको सरसफाई गरी स्थानीय भौतिक पूर्वधारको पुनःस्थापना गरिरहेको छ ।

उक्त कार्यमार्फत प्रभावित पालिकाहरुमा बिपन्न तथा संकटमा रहेका परिवारका सदस्यहरुलाई काममा संलग्न गराई जिल्लाको अदक्ष जनशक्तिले प्राप्त गर्ने रकम (ज्याला) बराबरको भुक्तानी दिई आय आर्जनमा संलग्न गराइएको छ ।
साथै मेसिनरी कार्यबाट पनि साना स्थानीय भौतिक पूर्वधारको पुनस्र्थापना गरिएको छ ।

नगद कार्यक्रममा काभ्रे जिल्लाका चार पालिका (रोशी र बेथानचोक गाउँपालिकाहरू, नमोबुद्ध र पनौती नगरपालिकाहरू) र ललितपुर एक पालिका (महाङ्कल गाउँपालिका) गरी जम्मा पाँच पालिकहरुमा कार्यान्वयन भइरहेको चेम्बरका अध्यक्ष कमलेश अग्रवालाले जानकारी दिए । कार्यक्रमले ८६० बिपन्न तथा संकटमा रहेका परिवारलाई ७८२० दिन बराबरको रोजगार प्राप्त हुनेछ ।

यसका अतिरिक्त, विपद्बाट प्रभावित बिपन्न तथा अति जोखिममा परेका परिवारहरुलाई विपद् प्रतिकार्य तथा पुनर्लाभका क्रियाकलापहरुमा कसरी संलग्न गराउन सकिन्छ भन्ने अध्ययन पनि गरिएको छ । जसले पुनर्लाभ तथा पुनःस्थापना कार्यमा मद्दत पुर्याउने अपेक्षा गरिएको छ ।

पहिलो काम पनौती नगरपालिकामा कामका लागि नगद कार्यक्रमले बिपन्न तथा संकटासन्न समुदायका सदस्यहरूलाई छोटो अवधिको जीविकोपार्जनको अवसर प्रदान गरिरहेको छ । यस कार्यमा स्थानीय सरकारले पहिचान गरेका साना स्थानीय सामुदायिक पूर्वाधारहरू पुनःस्थापना गर्ने उद्देश्य राखिएको छ ।

पनौतीका वडा नं. ८ र १२ का विभिन्न स्थानहरू (देउराली, कालाटी, सिम्पानी, गुम्बा, मगर छाप, बादल पाखा, छिन्दु, र पाचरे) मा सडक तथा सडक नाली सरसफाई कार्य कार्यान्वयन भइरहेको अध्यक्ष अग्रवालले जानकारी दिए ।

कार्यक्रमले २५० स्थानीय संकटासन्न समुदायका परिवारका व्यक्तिहरूलाई १० दिनको लागि छोटो अवधिको रोजगारी प्रदान गर्दै आएको उनले बताए ।

नमोबुद्ध नगरपालिकामा कामका लागि नगद कार्यक्रमले बिपन्न तथा संकटासन्न समुदायका सदस्यहरूलाई छोटो अवधिको जीविकोपार्जनको अवसर प्रदान गरी सामुदायिक पूर्वाधारको पुनःस्थापना गरेको उनले बताए ।

यस्ताखाले कार्यक्रमले स्थानीय विपन्न परिवारलाई ठूलो सहयोग पुगेको धारणा राखे । प्राकृतिक विपत्तिका कारण परेको समस्यासँग जुध्न संचालित कार्यक्रम प्रभावकारी भएको उनको भनाइछ ।

CG Electronics
रिद्धि सिद्धि सिमेन्टलाई २१.६३ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न मन्त्रिपरिषद् स्वीकृति

रिद्धि सिद्धि सिमेन्टलाई २१.६३ हेक्टर राष्ट्रिय वन...

वि.सं.२०८२ मंसिर २० शनिवार १३:३९

  काठमाडौँ । सरकारले रिद्धि सिद्धि सिमेन्ट लिमिटेडलाई मकवानपुर जिल्लाको...

मन्त्रिपरिषद् बैठकका २७ निर्णय सार्वजनिक

मन्त्रिपरिषद् बैठकका २७ निर्णय सार्वजनिक

वि.सं.२०८२ मंसिर २० शनिवार १२:५४

  काठमाडौँ । सरकारले मंसिर १५ गते सोमबार बसेको मन्त्रिपरिषद्...

नागरिककै घरदैलोमा सरकार : बंगलामुखी क्षेत्रमा साक्षात्कार गर्दै मन्त्री खरेल

नागरिककै घरदैलोमा सरकार : बंगलामुखी क्षेत्रमा साक्षात्कार...

वि.सं.२०८२ मंसिर २० शनिवार ०९:४८

  पाटन,ललितपुर। योमरी पुन्हिको अवसरमा भीड भरिएको बंगलामुखी परिसरमा संघीय...

भारत–रूस बिच आणविक ऊर्जा, अन्तरिक्ष, व्यापारदेखि आर्कटिक सहयोगसम्म विस्तृत सहमति

भारत–रूस बिच आणविक ऊर्जा, अन्तरिक्ष, व्यापारदेखि आर्कटिक...

वि.सं.२०८२ मंसिर २० शनिवार ०९:४१

  काठमाडौं । भारत र रूसले आफ्नो ‘विशेष र विशेषाधिकारयुक्त...

‘कोशी एक्सिलेन्स अवार्ड–२०२६’ सम्बन्धी नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर अधिकारीसँग अन्तरक्रिया

‘कोशी एक्सिलेन्स अवार्ड–२०२६’ सम्बन्धी नेपाल राष्ट्र बैंकका...

वि.सं.२०८२ मंसिर २० शनिवार ०९:२१

  इटहरी । नयन मिडिया फाउन्डेसनले आगामी फागुन ७ गते...

११औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाऔँ : उपाध्यक्ष बादल

११औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाऔँ : उपाध्यक्ष...

वि.सं.२०८२ मंसिर १९ शुक्रवार २१:५०

  काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले पार्टीको...