CG Electronics
IME Life
NIMB

यूनिभर्सिटी अफ रोह्याम्पटनका सहायक उपकुलपति रिचर्ड नेपालमा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौंं । यूनिभर्सिटी अफ रोह्याम्पटनका सहायक उपकुलपति (वाणिज्य) प्राध्यापक रिचर्ड कीओघले फेब्रुअरी १७ मा ललितपुरको पुल्चोकस्थित इम्बार्क कलेजको भ्रमण गरेका छन् । यो भ्रमण दुई संस्थाबीचको चलिरहेको शैक्षिक सहकार्यको एक हिस्सा हो।

नेपालको गोल्छा ग्रुप र ग्लोकल प्रा.लि.को संयुक्त प्रयासमा स्थापित इम्बार्क कलेजले यूनिभर्सिटी अफ रोह्याम्पटनसँगको साझेदारीमा ४ वर्षे बीएससी बिजनेस म्यानेजमेन्ट र २ वर्षे एमबीए कार्यक्रमहरू नेपालमा प्रदान गर्दछ। भ्रमणका क्रममा प्राध्यापक कीओघले इम्बार्क कलेजको स्नातक र स्नातकोत्तर तहका पहिलो ब्याचका विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै उनीहरूको वैश्विक प्रतिष्पर्धी जनशक्ति र सीप विकासका प्रयासहरूबारे छलफल गरे।

इम्बार्क कलेजका सीईओ र कार्यकारी निर्देशक आशिष ठाकुरले प्राध्यापक कीओघलाई सम्मानस्वरूप मायाको चिनो प्रदान गरेका छन्। प्राध्यापक कीओघले कलेजका पदाधिकारी र शिक्षकहरू सँग विद्यार्थी र संकाय आदानप्रदान, सहकार्यात्मक अनुसन्धान र नवीन साझेदारीहरूबारे छलफल भयो।

प्राध्यापक कीओघ फेब्रुअरी १८ मा दुई देशबीचको व्यापारिक र शैक्षिक सम्बन्धलाई सुदृढ बनाउने उद्देश्य सहित नेपालस्थित बेलायती दूतावासद्वारा आयोजित यूके–नेपाल व्यापार मञ्चमा पनि सहभागी हुँने कार्यक्रम रहेको छ ।

इम्बार्क कलेज नेपाल सरकारको शिक्षा मन्त्रालयबाट नोभेम्बर २७, २०२४ मा स्वीकृति प्राप्त गरी प्रविधिमैत्री र विद्यार्थी–केन्द्रित शिक्षण सिकाईको केन्द्र बन्ने लक्ष्य सहित शैक्षिक गतिविधि सुचारु गरेको छ। कलेजले विश्वविद्यालय शुल्क पनि समावेश गरी शिक्षा मन्त्रालयको निर्देशानुसार १०% पूर्ण छात्रवृत्ति प्रदान गरेको छ । कलेज उद्यमशीलता र सीप–आधारित शिक्षामा जोड दिँदै, सैद्धान्तिक अध्ययनलाई वास्तविक परियोजना सँग समाहित गरी विद्यार्थीहरूको सक्रिय सहभागिता र निरन्तर सुधारलाई प्रोत्साहित गर्दछ।

यूनिभर्सिटी अफ रोह्याम्पटन सँगको साझेदारीले विद्यार्थीहरूलाई व्यावसायिक सफलताका लागि सशक्त बनाउँदै नेपालमा विश्वव्यापी मान्यता प्राप्त, करियर–केन्द्रित शिक्षा प्रदान गर्ने लक्ष्य राखेको एम्बार्क कलेजलाई नेपालमा नवप्रवर्तन र उद्यमशील उत्कृष्टताको केन्द्रको रूपमा स्थापित गर्दै यो सहकार्यले शिक्षा, उद्योग र समाजलाई जोड्ने प्रतिबद्धतालाई बल प्रदान गर्ने कलेजका सीईओ र कार्यकारी निर्देशक आशिष ठाकुरले बताए ।

सिद्धार्थ बैंकद्वारा भूकम्प प्रभावित जनप्रिय आधारभूत विद्यालयको भवन पुनर्निर्माण गरी हस्तान्तरण

सिद्धार्थ बैंकद्वारा भूकम्प प्रभावित जनप्रिय आधारभूत विद्यालयको...

वि.सं.२०८३ जेठ १९ मंगलवार २२:५३

  सिद्धार्थ बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्पबाट...

बजेटले निजी क्षेत्रको मनोबल बढाए पनि निर्यातका मुख्य मागहरू सम्बोधन गर्न निर्यात व्यवसायी महासंघको माग

बजेटले निजी क्षेत्रको मनोबल बढाए पनि निर्यातका...

वि.सं.२०८३ जेठ १९ मंगलवार २२:२०

  नयाँ राजनीतिक स्थिरताको परिवेश, चुनावी प्रतिबद्धता र सरकारको १...

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई मेधर्म क्लिनिक्समा १५ प्रतिशत छुट दिने सम्झौता

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई मेधर्म क्लिनिक्समा...

वि.सं.२०८३ जेठ १९ मंगलवार २२:०९

    नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा...

एनआईसी एशिया बैंकको सञ्चालक समिति अध्यक्षमा अशोककुमार अग्रवाल नियुक्त

एनआईसी एशिया बैंकको सञ्चालक समिति अध्यक्षमा अशोककुमार...

वि.सं.२०८३ जेठ १९ मंगलवार २१:५९

  एनआईसी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा अशोक कुमार...

सीजी रिलायन्सद्वारा ‘क्याम्पा लेमोनाइट’ नेपाली बजारमा सार्वजनिक

सीजी रिलायन्सद्वारा ‘क्याम्पा लेमोनाइट’ नेपाली बजारमा सार्वजनिक

वि.सं.२०८३ जेठ १९ मंगलवार १२:४९

  काठमाडौं । सीजी रिलायन्स बेभरेज प्रालिले नेपाली बजारमा नयाँ...

राष्ट्र बैंकको सहप्रवक्ता र सूचना अधिकारीमा सुधा श्रेष्ठ नियुक्त

राष्ट्र बैंकको सहप्रवक्ता र सूचना अधिकारीमा सुधा...

वि.सं.२०८३ जेठ १९ मंगलवार १०:३१

  काठमाडौं । नेपाल राष्ट्र बैंकको सहप्रवक्ता र सूचना अधिकारीमा...