Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

दशौं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी फागुन ८ गतेदेखि भृकुटीमण्डपमा

Machhapuchchhre Bank Limited

काठमाडौं । नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको दशौं संस्करण आगामी फागुन ८ गतेदेखि ११ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ। मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरएक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लिले संयुक्त रूपमा आयोजना गर्ने यस प्रदर्शनीमा निर्माण व्यवसायसँग सम्बन्धित विभिन्न प्रविधिहरू र उत्पादनहरू प्रदर्शनीमा राखिनेछ।

प्रदर्शनीमा विभिन्न देशका ३०० भन्दा बढी ख्यातिप्राप्त ब्रान्डहरूका १५० भन्दा बढी स्टल रहनेछन्। निर्माण उद्योग, कम्पनी, डिलर तथा सब-डिलरहरू, र बिक्रेताहरूले आफ्नो उत्पादन र सेवाहरूबारे जानकारी गराउनेछन्। विगत ९ वर्षदेखि आयोजना हुँदै आएको यस प्रदर्शनीले नेपालमा नयाँ प्रविधिहरू भित्र्याउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

यस प्रदर्शनीमा निर्माण सामग्री, केमिकल्स, निर्माण मेशिनरी, प्रि-फ्याब संरचना, UPVC विन्डोज मेशिनरी, UPVC प्रोफाइल, ढोका र झ्याल, आर्किटेक्चरल हार्डवेयर, बाथरूम फिटिङ्स, पाइप, टायल्स, स्यानिटरी वेयर, रूफिङ, प्रि-इन्जिनियरिङ बिल्डिङ, पावर टुल्स, कन्क्रिट ब्लक मेशिनरी, एल्युमिनियम कम्पोजिट प्यानल, तथा एडेहसिभ्स जस्ता वस्तु र प्रविधिहरूको विशेष प्रदर्शनी गरिनेछ।

नेपालका ख्यातिप्राप्त आर्किटेक्ट, इन्जिनियर, ठेकेदार, निर्माण व्यवसायी, इन्टेरियर डिजाइनर, तथा घर बनाउने इच्छुक सर्वसाधारणको यस प्रदर्शनीमा उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ। नेपालमा निर्माण व्यवसायलाई आधुनिक बनाउँदै अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने लक्ष्यसहित आयोजना गरिंदै आएको यस प्रदर्शनीमा यसपालि पनि उल्लेखनीय सहभागिता रहने विश्वास गरिएको छ।

लुम्बिनी सेरामिक्स (लामिनार टायल्स) टाइटल स्पोन्सर

यस वर्षको नेपाल बिल्डकन प्रदर्शनीको टाइटल स्पोन्सर लुम्बिनी सेरामिक्स (लामिनार टायल्स) रहेको छ भने, नेपाल निर्माण व्यवसायी महासंघ (FCAN), सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इन्जिनियरिङ फर्म्स (SCAEF), सोसाइटी अफ नेपालिज आर्किटेक्ट्स (SONA), तथा इन्टेरियर डिजाइनर्स एशोसिएसन अफ नेपाल (IDEA) जस्ता संस्थाहरूको पनि सहयोग रहनेछ।

चार दिनसम्म सञ्चालन हुने यस प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। निर्माण व्यवसायका साथै आम नागरिकलाई समेत उपयोगी रहने यस प्रदर्शनीले नेपालमा उत्पादित सामग्री तथा प्रविधिहरूलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन टेवा पुर्‍याउने विश्वास लिइएको छ।

युनाटेड अजोड इन्स्योरेन्समा दुई महाप्रबन्धक नियुक्त

युनाटेड अजोड इन्स्योरेन्समा दुई महाप्रबन्धक नियुक्त

वि.सं.२०८१ फागुन ३० शुक्रवार २२:२८

  काठमाडौं । युनाटेड अजोड इन्स्योरेन्समा दुई महाप्रबन्धक नियुक्त भएका...

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले काठमाडौं बाल स्वास्थ्य संस्थानलाई आर्थिक सहयोग

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले काठमाडौं बाल स्वास्थ्य संस्थानलाई...

वि.सं.२०८१ फागुन ३० शुक्रवार २१:५०

  काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत...

सिटिजन्स बैंकद्वारा आफ्ना कर्मचारीहरुलाई दीर्घ सेवा सम्मान

सिटिजन्स बैंकद्वारा आफ्ना कर्मचारीहरुलाई दीर्घ सेवा सम्मान

वि.सं.२०८१ फागुन ३० शुक्रवार २१:३७

काठमाडौं । सिटिजन्स बैंकले अविरल १० वर्ष र १५ वर्ष...

सांग्रिला डेभलपमेन्ट बैंकको “बुद्धभुमि बचत खाता” सञ्चालनमा

सांग्रिला डेभलपमेन्ट बैंकको “बुद्धभुमि बचत खाता” सञ्चालनमा

वि.सं.२०८१ फागुन ३० शुक्रवार २१:३२

  काठमाडौं, १ चैत । सांग्रिला डेभलपमेन्ट बैंकले उच्च र...

बीमा प्राधिकरणको महिला सञ्चालकमा राधा पोखरेल नियुक्त

बीमा प्राधिकरणको महिला सञ्चालकमा राधा पोखरेल नियुक्त

वि.सं.२०८१ फागुन ३० शुक्रवार २१:२७

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले महिला सञ्चालकमा राधा पोखरेललाई...

प्रभु बैंकमार्फत मुक्तिनाथ मन्दिरमा भीम युपिआई सेवा शुभारम्भ

प्रभु बैंकमार्फत मुक्तिनाथ मन्दिरमा भीम युपिआई सेवा...

वि.सं.२०८१ फागुन ३० शुक्रवार २१:१०

  काठमाडौं । प्रभु बैंकले मुस्ताङ जिल्लाको प्रसिद्ध धार्मिक स्थल...