एमएडब्लू अर्थमुभर्सले नेपालमा जेसीबी एनएक्सटी सिरिजका एक्साभेटर बिक्री सुरु

Tuesday Feb 18, 2025
वि.सं.२०८१ फागुन ६ मंगलवार २२:१३

काठमाडौं । काठमाडौंमा एमडब्ल्यू अर्थमुभर्स प्रा.लि.ले नेपाली बजारमा जेसीबी एनएक्सटी सिरिजका नवीनतम एक्सक्यावेटरहरू बिक्री गर्ने घोषणा गरेको छ। कम्पनीले जेसीबी इन्डियासँगको सहकार्यमा जेसीबी एनएक्सटी २२१ एलसी फ्युल मास्टर र जेसीबी एनएक्सटी २२५ एलसीएम ट्रयाक्ड एक्सक्यावेटरहरू नेपाली बजारमा ल्याउने भएको छ।
ललितपुरको झम्सिखेल स्थित द प्लाजामा आयोजना हुने लन्च कार्यक्रममा यी मेसिनहरूको विशेष प्रस्तुतीकरण गरिनेछ। साथै, यस कार्यक्रममा जेसीबी एक्सक्यावेटर खरिद गर्ने ११ जना ग्राहकहरूलाई साँचो हस्तान्तरण गरिनेछ।
‘लिडर इन एक्सक्यावेटर’ भन्ने थिममा आधारित यो कार्यक्रमले नेपालको विकासशील पूर्वाधार बजारको लागि उपयुक्त र टिकाउ उत्खनन मेसिनरी उत्पादन गर्ने जेसीबीको प्रतिबद्धतालाई उजागर गर्नेछ।
जेसीबी एनएक्सटी २२१ एलसी फ्युल मास्टरले उच्च ऊर्जा दक्षता प्रदान गर्दै जटिल उत्खनन कार्यहरूमा प्रभावकारी प्रदर्शन गर्नेछ भने जेसीबी एनएक्सटी २२५ एलसीएम ट्रयाक्ड एक्सक्यावेटरले उत्पादकत्व वृद्धिका लागि असाधारण हाइड्रोलिक सुविधाहरू प्रदान गर्नेछ।
यस उत्पादन लाइनले नेपालको सडक पूर्वाधार विकास, जलविद्युत र शहरी विस्तार परियोजनाहरूमा बढेको सार्वजनिक लगानीसँगै राष्ट्रिय पूर्वाधार परियोजनाहरूलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा छ।