CG Electronics
IME Life
NIMB

आयोगहरुलाई लिएर राज्यको मानसिकता नकारात्मक भयो : मन्त्री गुरुङ

NIMB
Himalayan Bank

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरूङले आयोगहरुलाई लिएर राज्यको मानसिकता नकारात्मक रहेको बताएका छन् ।
विहीबार राष्ट्रिय समावेशी आयोग दिवसमा आयोजित कार्यक्रममा बोल्दै उनले राज्यले आयोगहरुलाई बोझको रुपमा लिएको बताएका हुन् ।

उनले भने,‘हाम्रो राज्यको मानसिकता कस्तो भने बाध्यता भएर बनाएका आयोगहरु यो त बोझ भो भन्ने छ । म भन्छु यो त रोग लागेपछि सम्पति सकिन्छ भनेर उपचार नगर्ने कुरा हुन्छ र रोग लागेपछि त उपचार गर्नुपर्यो नि ।’ उनले मुलुक विखण्डन हुनबाट जोगाएर सामाजिक सद्भाव कायम गर्न र सबै जातजाती भाषाभाषी, धर्मालम्बिहरुको लागि अधिकार पाएको छ भन्ने अनुभुति दिन संघीयतामा गएका पनि बताए ।

उनले भने, ‘हाम्रो मुलुकलाई विखण्डन हुनबाट जोगाउनको लागि, मुलुकलाई एकिकृत बनाएर राख्नको लागि, मुलुक भित्र सामाजिक सद्भाव कायम गरेर राख्नको लागि हो । यो मुलुकको सबै जातजाती भाषाभाषी, धर्मालम्बिहरुको लागि अधिकार पाएको छ है हाम्रो राज्यले हामीलाई नागरिक बनाएको छ है खाली यो मुलुकको बासिन्दा मात्र हैन भन्ने अनुभव गर्न हामी संघीयतामा गएका है । यसको लागि आयोग बनाएका है ।’
उनले मुलुकमा विखण्डन आउदा अरुलाई दोष किन लगाउने भनी प्रश्न पनि गरे ।

यस्तै सोही कार्यक्रममा बोल्दै,राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले सबै जातजातीका समुदायहरु, सिमान्तकृत व्यक्ति, अपाङ्गता भएका व्यक्ति सबैको हितको लागि समावेशिकरण गरेर मुल प्रभावमा लानको लागि काम गर्नुपर्ने बताए ।

 

 

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित...

वि.सं.२०८३ साउन १६ शनिवार १३:०६

  काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई...

नेपाल-जापान सम्बन्धलाई व्यापार, लगानी र प्रविधिमार्फत नयाँ उचाइमा पुर्‍याउनुपर्नेमा निवर्तमान अध्यक्ष मल्लको जोड

नेपाल-जापान सम्बन्धलाई व्यापार, लगानी र प्रविधिमार्फत नयाँ...

वि.सं.२०८३ साउन १६ शनिवार १२:५३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र...

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको छ हाम्रो मित्रता : मदनकृष्ण श्रेष्ठ

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३१

  काठमाडौं । अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइँदैछ । प्रत्येक...

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि संघीय संसद् सचिवालयलाई प्राप्त

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२६

  काठमाडौं। प्रतिनिधिसभाको गत जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिसम्बन्धी...

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...