Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

आयोगहरुलाई लिएर राज्यको मानसिकता नकारात्मक भयो : मन्त्री गुरुङ

Machhapuchchhre Bank Limited

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरूङले आयोगहरुलाई लिएर राज्यको मानसिकता नकारात्मक रहेको बताएका छन् ।
विहीबार राष्ट्रिय समावेशी आयोग दिवसमा आयोजित कार्यक्रममा बोल्दै उनले राज्यले आयोगहरुलाई बोझको रुपमा लिएको बताएका हुन् ।

उनले भने,‘हाम्रो राज्यको मानसिकता कस्तो भने बाध्यता भएर बनाएका आयोगहरु यो त बोझ भो भन्ने छ । म भन्छु यो त रोग लागेपछि सम्पति सकिन्छ भनेर उपचार नगर्ने कुरा हुन्छ र रोग लागेपछि त उपचार गर्नुपर्यो नि ।’ उनले मुलुक विखण्डन हुनबाट जोगाएर सामाजिक सद्भाव कायम गर्न र सबै जातजाती भाषाभाषी, धर्मालम्बिहरुको लागि अधिकार पाएको छ भन्ने अनुभुति दिन संघीयतामा गएका पनि बताए ।

उनले भने, ‘हाम्रो मुलुकलाई विखण्डन हुनबाट जोगाउनको लागि, मुलुकलाई एकिकृत बनाएर राख्नको लागि, मुलुक भित्र सामाजिक सद्भाव कायम गरेर राख्नको लागि हो । यो मुलुकको सबै जातजाती भाषाभाषी, धर्मालम्बिहरुको लागि अधिकार पाएको छ है हाम्रो राज्यले हामीलाई नागरिक बनाएको छ है खाली यो मुलुकको बासिन्दा मात्र हैन भन्ने अनुभव गर्न हामी संघीयतामा गएका है । यसको लागि आयोग बनाएका है ।’
उनले मुलुकमा विखण्डन आउदा अरुलाई दोष किन लगाउने भनी प्रश्न पनि गरे ।

यस्तै सोही कार्यक्रममा बोल्दै,राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले सबै जातजातीका समुदायहरु, सिमान्तकृत व्यक्ति, अपाङ्गता भएका व्यक्ति सबैको हितको लागि समावेशिकरण गरेर मुल प्रभावमा लानको लागि काम गर्नुपर्ने बताए ।

 

 

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता...

वि.सं.२०८१ चैत १ शनिवार २२:५०

  काठमाडौं। कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति...

कनेक्ट किसान र नेपाल भेटरिनरी केमिस्ट एण्ड ड्रगिस्ट एसोसिएसनबिच सम्झौतामा हस्ताक्षर

कनेक्ट किसान र नेपाल भेटरिनरी केमिस्ट एण्ड...

वि.सं.२०८१ चैत १ शनिवार २२:४६

  काठमाडौं । कनेक्ट किसान र नेपाल भेटरि]नरी केमिस्ट एण्ड...

कौटिल्य ग्लोबल स्कूलको वार्षिक कार्यक्रम तथा वसन्त मेला २०८१ सम्पन्न

कौटिल्य ग्लोबल स्कूलको वार्षिक कार्यक्रम तथा वसन्त...

वि.सं.२०८१ चैत १ शनिवार २२:४१

  काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री माननीय बाहादुर सिंह लामाको...

पदम सुन्दासलाई बद्री पहाडी समाजसेवा पुरस्कार प्रदान गरिने

पदम सुन्दासलाई बद्री पहाडी समाजसेवा पुरस्कार प्रदान...

वि.सं.२०८१ चैत १ शनिवार २२:१९

  काठमाडौँ । सामाजिक अभियन्ता तथा पूर्वराजदूत पदम सुन्दासलाई यसवर्षको...

तीन तहकै सरकारको समन्वयमा बजार अनुगमन तीब्र बनाइने

तीन तहकै सरकारको समन्वयमा बजार अनुगमन तीब्र...

वि.सं.२०८१ चैत १ शनिवार २१:५३

  काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले...

देशको न्यायप्रणाली दलहरुको भागबण्डामा चल्ने गरेको छ : सांसद सिंह

देशको न्यायप्रणाली दलहरुको भागबण्डामा चल्ने गरेको छ...

वि.सं.२०८१ चैत १ शनिवार २१:१४

  हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपकबहादुर सिंहले देशको...