Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

बालबालिकाको क्यान्सर उपचारका लागि ३५ प्रकारका निःशुल्क उपलब्ध गराइने

काठमाडौं । ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्सले आगामी पाँच वर्ष (सन् २०२५ देखि २०३० सम्म) को लागि ३५ प्रकारका अत्यावश्यक औषधीहरू निःशुल्क उपलब्ध गराउने जनाएको छ ।

बिहीबार पत्रकार सम्मेलन गर्दै ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्सले बालबालिकाको क्यान्सर उपचारका लागि गुणस्तरीय औषधीहरूको निरन्तर आपूर्ति सुनिश्चित गर्ने र गुणस्तरीय उपचार मापदण्ड अनुसार औषधीको छनोटदेखि वितरणसम्म सम्पूर्ण प्रक्रियामा आवश्यक सहयोग प्रदान गर्ने लक्ष्य रहेको जनाएको हो ।
विश्व स्वास्थ्य संगठन र सेन्ट जुड्स चिल्ड्रेन्स रिसर्च हस्पिटलको संयुक्त पहलमा सन् २०२१ मा सुरुवात गरिएको ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्स आफैमा नयाँ किसिमको कार्यक्रम हो ।

यस ग्लोवल प्लेटफर्ममा युनिसेफ खरिद साझेदारको रुपमा रहेको छ, जसले औषधीको खरिद तथा नेपालसम्म ढुवानीको जिम्मेवारी निर्वाह गर्नेछ । नेपालमा औपचारिक यो पहल रूपमा सुरू गर्न २०८० चैत्र १४ गते नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठनबीच समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

‘नेपालमा हरेक वर्ष करिव १५ सय बालबालिकामा क्यान्सर देखिने गरेको छ । सेवामा सिमित पहुँच र श्रोत अभावका कारण तीमध्ये करिब एक तिहाइले मात्र उपचार प्राप्त गर्छन् । नेपालमा क्यान्सर पिडित बालबालिकाको बाँच्ने सम्भावना दर केवल ३० प्रतिशत छ । यो दर उच्च आय भएका देशहरूको तुलनामा निकै कम हो । जहाँ यो दर ८० प्रतिशत भन्दा वढी छ । बाँच्ने सम्भावना दर कम हुनुको प्रमुख कारणहरु मध्ये क्यान्सर उपचारका लागि गुणस्तरीय औषधीको अभाव पनि एक हो ।

नेपाल ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्को यस नयाँ कार्यक्रममा सहभागी हुन छनोट भएका विश्वभरका ६ देशमध्ये एक र विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसिया क्षेत्रका सदस्य राष्ट्रमध्ये एक मात्र राष्ट्र हो।

बालबालिकाको क्यान्सर उपचारका लागि गुणस्तरीय औषधीहरूको निरन्तर आपूर्ति सुनिश्चित गर्ने र गुणस्तरीय उपचार मापदण्ड अनुसार औषधीको छनोटदेखि वितरणसम्म सम्पूर्ण प्रक्रियामा आवश्यक सहयोग प्रदान गर्ने ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्सको लक्ष्य रहेको जनाएको छ ।

यसको लक्ष्य सन् २०३० सम्म क्यान्सर पीडित वालबालिकाको बाँच्ने सम्भावना दर कम्तीमा ६० प्रतिहत पु¥याउनु हो । यी औषधीहरू स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखामार्फत् चार अस्पतालहरू’कान्ति बाल अस्पताल काठमाडौं, पाटन अस्पताल ललितपुर, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर, तथा बी पी कोइराला क्यान्सर अस्पताल, चितवन’मा वितरण गरिनेछ ।

यसै सन्दर्भमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले प्राप्त भएका औषधिहरुले बालबालिकाहरुको उपचारमा धेरै ठूलो सहयोग पुग्ने बताए ।

उनले क्यानसर निर्मुल गर्ने सम्बन्धमा एचपिभि भ्याक्सिन उपलब्ध गराएर अभियान नै सञ्चालन गरिसकेकोले ९० प्रतिशत भन्दा बढी १० देखि १४ वर्ष उमेर समुहका बालबालिकाले त्यो भ्याक्सिन प्राप्त गरेको बताए ।

केही पाइन्छ कि भनेर १० करोडको भवन हस्तान्तरण गरेको होइन : मीन बहादुर गुरुङ

केही पाइन्छ कि भनेर १० करोडको भवन...

वि.सं.२०८२ असार ३१ मंगलवार ०८:२०

  काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक एवम उद्योगी मीन...

नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्य बनाउन राष्ट्रपतिको आग्रह

नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्य बनाउन राष्ट्रपतिको...

वि.सं.२०८२ असार ३० सोमवार १८:४७

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई चलचित्र पर्यटनको आकर्षक...

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै : मन्त्री पाण्डे

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै :...

वि.सं.२०८२ असार ३० सोमवार १७:१८

  काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले...

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको उत्साह

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको...

वि.सं.२०८२ असार ३० सोमवार १७:१५

काठमाडौं । मौद्रिक नीतिको उत्साह एक दिन पनि टिक्न नसकेपछि...

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो सार्वजनिक

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो...

वि.सं.२०८२ असार ३० सोमवार १७:०७

काठमाडौं । शिवम् सिमेन्टले आफ्नो ब्रान्ड क्याम्पेन ‘क्वालिटीको मामिलामा नो...

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

वि.सं.२०८२ असार ३० सोमवार १६:५०

काठमाडौं । विश्वव्यापी रूपमा परिचित खड्लज परफ्यूम आधिकारिक रूपमा नेपाली...