Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

वैकल्पिक उर्जालाई सेवा मात्र नभइ व्यवसायिक रुपमा काम गर्नपर्छ : मन्त्री खड्का

 

काठमाडौं । जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले वैकल्पिक उर्जालाई अब सेवाको रुपमा मात्र नभई व्यवसायिक हिसाबले पनि अगाडि बढाउन आवश्यक रहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा वैकल्पिक उर्जा प्रवन्द्र्धन केन्द्रद्धारा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले समयसापेक्षित रुपमा आफ्ना गतिविधिहरु र सेवाहरु प्रदान गर्दै अगाडि बढ्नुपर्ने पनि बताए ।

उनले भने,‘ हिजो हामीले सेवाको रुपमा लिएको यस वैकल्पिक उर्जालाई अब बिस्तारै व्यवसायिक हिसाबले पनि अगाडि बढाउनु पर्ने आवश्यकता सरकारले,मन्त्रालयले महशुस गरेको छ । अब समय परिवर्तन भएको छ । समयसापेक्षित आफ्ना गतिविधिहरु, सेवाहरु प्रदान गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता छ ।’

त्यस्तै उनले सरकारले आफ्नो नीति रणनीति योजना तथा लक्ष्यहरुमार्फत नविकरणीय उर्जाको विस्तार तथा उर्जा दक्षताको अवलम्बनलाई विशेष प्राथमिकता दिँदै आएको पनि जानकारी गराए ।

उनले भने,‘नेपाल सरकारले आफ्नो नीति रणनीति योजना तथा लक्ष्यहरुमार्फत नविकरणीय उर्जाको विस्तार तथा उर्जा दक्षताको अवलम्बनलाई विशेष प्राथमिकता दिँदै आएको छ । हालै स्वीकृत भएको उर्जा विकास मार्गचित्र तथा कार्ययोजना २०८१ मा नेपाललले अघि सारेका स्वच्छ उर्जा र जलवायु परिवर्तनसम्बन्धि अन्तराष्ट्रिय प्रतिबद्धता र राष्ट्रिय लक्ष्यमा नविकरणीय उर्जा दक्ष र स्वच्छ उर्जा रुपान्तरणलाई उच्च प्राथमिकता दिइएको छ ।’

केही पाइन्छ कि भनेर १० करोडको भवन हस्तान्तरण गरेको होइन : मीन बहादुर गुरुङ

केही पाइन्छ कि भनेर १० करोडको भवन...

वि.सं.२०८२ असार ३१ मंगलवार ०८:२०

  काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक एवम उद्योगी मीन...

नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्य बनाउन राष्ट्रपतिको आग्रह

नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्य बनाउन राष्ट्रपतिको...

वि.सं.२०८२ असार ३० सोमवार १८:४७

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई चलचित्र पर्यटनको आकर्षक...

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै : मन्त्री पाण्डे

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै :...

वि.सं.२०८२ असार ३० सोमवार १७:१८

  काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले...

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको उत्साह

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको...

वि.सं.२०८२ असार ३० सोमवार १७:१५

काठमाडौं । मौद्रिक नीतिको उत्साह एक दिन पनि टिक्न नसकेपछि...

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो सार्वजनिक

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो...

वि.सं.२०८२ असार ३० सोमवार १७:०७

काठमाडौं । शिवम् सिमेन्टले आफ्नो ब्रान्ड क्याम्पेन ‘क्वालिटीको मामिलामा नो...

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

वि.सं.२०८२ असार ३० सोमवार १६:५०

काठमाडौं । विश्वव्यापी रूपमा परिचित खड्लज परफ्यूम आधिकारिक रूपमा नेपाली...