Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

दिपलको नयाँ सोरुम पोखरामा उद्घाटन, टेस्ट ड्राइभ क्याम्प सुरु

 

पोखरा । नेपालका लागि चांगान तथा दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले पोखराको चौथेमा दिपलको नयाँ सोरुम उद्घाटन गरेको छ। यस अवसरमा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापा, नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा)का अध्यक्ष करण चौधरी, हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापा र एमएडब्लु ग्रुपका कन्सल्टेन्ट सन्दिप चार्टजीले संयुक्त रूपमा उद्घाटन गर्नु भयो।

नयाँ सोरुमबाट शनिबारदेखि पाँच दिने टेस्ट ड्राइभ क्याम्प सुरु भएको छ। यस क्याम्पमा ग्राहकहरूले दिपलका इलेक्ट्रिक भेहिकल (इभी) दिपल ई०७, दिपल एस०७ र दिपल एल०७ को टेस्ट ड्राइभ गर्न पाउनेछन्। साथै, ग्राहकहरूलाई फ्रि डाइमण्ड कोटिंग, फ्रि ७ किलोवाट चार्जर, एसेसोरिज, क्यास डिस्काउन्ट, टप रिकन्डिसन हाउसबाट पुरानो गाडीको बेस्ट भ्यालुएसन र एक्सचेन्ज बोनस जस्ता आकर्षक अफरहरू पनि उपलब्ध गराइने छ।

उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशमन्त्री बिन्दु कुमार थापाले अटोमोबाइल क्षेत्रमा सेल्स, सर्भिस र स्पेयर्स पार्ट्सको उपलब्धता र मूल्य महत्वपूर्ण भएको बताउनुभयो। नाडाका अध्यक्ष करण चौधरीले नेपालमा इलेक्ट्रिक भेहिकलको बजार विस्तार भइरहेको र दिपलले ग्राहकको विश्वास जितिरहेको बताउनुभयो।

दिपल इभीमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेड र आउटडोर स्पिकर लगायत १५ भन्दा बढी फस्ट टाइम फिचरहरू छन्। यसैका कारण नेपाली बजारमा दिपलको ७ सयभन्दा बढी इभी विक्री भइसकेको छ।

यसरी, दिपलले पोखरामा नयाँ सोरुम खोलेर गण्डकी क्षेत्रका ग्राहकहरूलाई आधुनिक तथा फ्युचरिस्टिक इभीको अनुभव दिने तयारी गरेको छ।

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

वि.सं.२०८२ असार ३० सोमवार १६:५०

काठमाडौं । विश्वव्यापी रूपमा परिचित खड्लज परफ्यूम आधिकारिक रूपमा नेपाली...

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना गर्यो

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना...

वि.सं.२०८२ असार ३० सोमवार १५:५३

काठमाडौं । विश्वव्यापी मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले हालै...

आगामी आर्थिक बर्षको मौद्रिक नीतिको सम्बन्धमा नाडाको धारणा

आगामी आर्थिक बर्षको मौद्रिक नीतिको सम्बन्धमा नाडाको...

वि.सं.२०८२ असार २८ शनिवार २२:४४

  काठमाडौँ । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलज्यूले राखेका...

मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रका व्यवहारिक आवश्यकतालाई बेवास्ता गरेको नाइमाको आरोप

मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रका व्यवहारिक आवश्यकतालाई बेवास्ता...

वि.सं.२०८२ असार २८ शनिवार २२:३२

  काठमाडौं । समयमै प्रस्तुत गरेका सुझावहरू नेपाल राष्ट्र बैंकले...

अभिनेता हमालले उद्घाटन गरे राजधानीको नक्सालमा ‘सि–कार, एकै स्थानमा सवारीसम्बन्धी सम्पूर्ण सेवा

अभिनेता हमालले उद्घाटन गरे राजधानीको नक्सालमा ‘सि–कार,...

वि.सं.२०८२ असार २६ बिहीवार २२:४२

  काठमाडौँ । नेपालकै प्रमुख अटो हब मानिने नक्सालमा सवारीसाधनसम्बन्धी...

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फाइदा

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो...

वि.सं.२०८२ असार २५ बुधवार २३:५३

अटोमोटिभ टेक्नोलोजीमा विश्वकै चर्चित जर्मन कम्पनी बोशले डिजिटल लोयल्टी कार्यक्रम...