CG Electronics
IME Life
NIMB

अमेरिकाकाे लस एन्जलसमा ट्राभल एण्ड एड्भेन्चर शाे, नेपालका प्रतिष्ठित एड्भेन्चर कम्पनीकाे सहभागीता

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

लस एन्जलस, अमेरिका – नेपाल पर्यटन बोर्ड र युनिकम एल एल को संयुक्त आयोजनामा अमेरिकाको लस एन्जल (कन्भेन्सन सेन्टर) मा लस एन्जलसमा ट्राभल एण्ड एड्भेन्चर शो भएकाे छ । शाेमा नेपालका ४ वटा प्रतिष्ठित ट्राभल एण्ड एड्भेन्चर कम्पनीकाे सहभागिता छ ।

नेपालमा पर्यटनका लागि ट्राभल एण्ड एड्भेन्चरबाट प्राप्त गर्ने अवसर , रमणीय स्थान, संस्कृतिलाई प्रवर्द्धन गर्न शाेले सहयाेग गरेकाे टानका पुर्वमहासचिव बिनाेद सापकाेटाले जानकारी दिनुभयाे।

लस एन्जलस ट्राभल एण्ड एड्भेन्चर शोमा नेपालका
प्रतिष्ठित ट्राभल कम्पनी नेपाल ट्रेक एड्भेन्चरका प्रवन्ध निर्देशक बिनोद सापकाेटा, फ्रेण्ड्स एड्भेन्चर टीमका राजेन्द्र बहादुर लामा, नेपाल स्यान्क्चुरी ट्रेकबाट तुलसी ज्ञवाली , ओझा होलिडेज टुर्स एण्ड ट्रेककाे तर्फबाट रमेशराज ओझा सहभागी हुनुहुन्छ ।

 

शाेमा आएका भिजिटरहरूले नेपालको प्राकृतिक सौन्दर्य, संस्कृति र रोमाञ्चक साहसिक गतिविधिहरूको बारेमा जानकारी दिईएकाे सापकाेटाले बताउनुभयो । नेपालबाट ४ वटा ट्राभल एण्ड एड्भेन्चर कम्पनी सहभागीता छ ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले अमेरिकी पर्यटनकलाई नेपाल भित्र्याउनका लागि शाे आयाेजना गरिएकाे बताउनुभयाे ।सन् २०२४ मा अमेरिका नेपालका कुल पर्यटक आगमनमध्ये करिब १० प्रतिशतको हिस्सा छ । भारतपछि अमेरिकाबाट नेपाल आउने पर्यटनक अमेरिकी नागरिक भएकाे हुनाले ट्राभल एण्ड एड्भेन्चर शोले थप सहयाेग पुग्ने बताउनुभयाे ।

ट्राभल एण्ड एड्भेन्चर शाेकाे समन्वय नेपाल पर्यटन बाेर्डका वरिस्ठ युराेप अमेरिका मार्केटिङ शाखाका बरिष्ठ अधिकृत कुन्दन मिश्रले गर्नु भएकाे छ । शाेमा बाेर्डका बरिष्ठ निर्दशक हिक्मत सिंह ऐर , बरिष्ठ प्रवन्धक निर्देशक नवीन पाेखरेल लगायतको सहभागीता छ । शाेमा नेपाल बाहेक १५ देशका ट्राभल एण्ड एड्भेन्चर एजेन्सी सहभागी छन् । जसमा जापान, ताईवान, इण्डाेनेसिया, साउथ अमेरिकाका ट्राभल एण्ड एड्भेन्चर एजेन्सी छन् ।

उक्त कार्यक्रमा अमेरिकाको क्यालिफोर्नियका लागि नेपालको अवैतनिक वाणिज्यदुत ऋषि प्रसाद ढकालकाे समेत उपिस्थिती थियो।

ट्राभल एण्ड एड्भेन्चर शो आउने मध्ये एक जनालाई विशेष उपहार योजना अन्तरगत भाग्यशाली एक जोडीले ‘एभरेस्ट बेस क्याम्प ट्रिप’ जित्ने अवसर छ । शाे फेब्रुअरी २२ र २३ तारिखसम्म चल्ने छ ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...