Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

सुख्खा बन्दरगाहका लागि अधिग्रहण रहेको जग्गाको मुआब्जा छिटै दिइने : मन्त्री गुप्ता

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

 

बिरगंज १५ फागुन । नेपाल सरकारका सङ्घिय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले नेपाल सरकारले बिरगंज स्थित सुख्खा बन्दरगाह बिस्तारका लागि अधिग्रहण गरेको जग्गाको पुर्ण मुआब्जा हालसम्म बितरण हुन नसकेकोमा आफू चिन्तित रहेको बताउनु भएको छ ।

पर्साको पोखरिया नगरपालिकामा नापी तथा मालपोत कार्यक्रमको उद्घाटन पश्चात् बिरगन्ज वडा नम्बर २५ सुख्खा बन्दरगाह स्थित अतिक्रमित गाउँ पुगेका गुप्ताले सो कुरा बताउनुभएको हो ।

बिरगंज वडा नम्बर २५ का जनताको समस्या बुझ्न त्यहाँ पुगेका गुप्तालाई स्थानियले स्वागत गर्नुका साथै वडावासिको समस्याबारे संसदीय बैठकमा आवाज उठाउन माग गरेका थिए । मुआब्जा पिडित संघर्ष समितिका बिजय कुमार तिवारीले बर्सौ देखि जग्गा अधिग्रहण गरेर सरकारले पिडितलाई मुआब्जा नदिदा स्थानियवासी मर्कामा परेको औल्याउँदै यो समस्यालाई तत्काल सम्बोधनका लागि आग्रह गर्नुभयो ।

भेटघाट कार्यक्रमा भुमी ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बाकी रहेको मुआब्जा सम्बन्धी आवस्यक प्रकृया अगाडि बढाई सकिएको जनाउँदै समस्याको निराकरण तुरुन्तै हुने आश्वासन दिनुभएको थियो ।

नेपाल सरकारले सुख्खा बन्दरगाह बिस्तारका लागि बिरगन्ज वडा नम्बर २५ को करिब ३ सय घरधुरी भएको ६२ बिघा जग्गा सात बर्ष अगाडी देखि रोक्का गरेर राखेको छ ।
कार्यक्रममा मुआब्जा पिडित संघर्ष समितिका अशोक चौधरी, वडाध्यक्ष आशुतोष चतुर्बेदी, वडा नम्बर १७ का वडाध्यक्ष सन्जु छत्तकुली, सन्जय पटेल, भैयाराम प्रसाद, रामानन्द पटेल, शिव पटेल लगायतको सहभागिता रहेको थियो ।

देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात गर्नुपर्ने अवस्था आयो : मन्त्री पौडेल

देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात...

वि.सं.२०८२ कात्तिक २९ शनिवार १३:२५

  काठमाडौं । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन...

एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि टिकट बुकिङ खुला

एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि...

वि.सं.२०८२ कात्तिक २९ शनिवार १३:१५

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर...

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति बनेको छ, समस्या हुँदैन् : अर्थमन्त्री

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २३:२२

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले विगतको तुलनामा यसवर्षको मौद्रिक...

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने : ‘जिम्मेवारी पूरा गर्छु’

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने :...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २२:०४

  काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक(आइजीपी) दानबहादुर कार्कीले...

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने, तयारी पूरा भएको आयोजकको दाबी

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने,...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १५:०५

काठमाडौं । आउँदो २०८२ साल कात्तिक २९ गते हुने अन्तर्राष्ट्रिय...

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता पहिलो किस्ता, पुनः जडान भयो विद्युत सेवा

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १४:२९

काठमाडौं । दाङको घोराहीमा अवस्थित सोनापुर मिनरल एण्ड आयाल प्रालिले...