CG Electronics
IME Life
NIMB

सुख्खा बन्दरगाहका लागि अधिग्रहण रहेको जग्गाको मुआब्जा छिटै दिइने : मन्त्री गुप्ता

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

बिरगंज १५ फागुन । नेपाल सरकारका सङ्घिय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले नेपाल सरकारले बिरगंज स्थित सुख्खा बन्दरगाह बिस्तारका लागि अधिग्रहण गरेको जग्गाको पुर्ण मुआब्जा हालसम्म बितरण हुन नसकेकोमा आफू चिन्तित रहेको बताउनु भएको छ ।

पर्साको पोखरिया नगरपालिकामा नापी तथा मालपोत कार्यक्रमको उद्घाटन पश्चात् बिरगन्ज वडा नम्बर २५ सुख्खा बन्दरगाह स्थित अतिक्रमित गाउँ पुगेका गुप्ताले सो कुरा बताउनुभएको हो ।

बिरगंज वडा नम्बर २५ का जनताको समस्या बुझ्न त्यहाँ पुगेका गुप्तालाई स्थानियले स्वागत गर्नुका साथै वडावासिको समस्याबारे संसदीय बैठकमा आवाज उठाउन माग गरेका थिए । मुआब्जा पिडित संघर्ष समितिका बिजय कुमार तिवारीले बर्सौ देखि जग्गा अधिग्रहण गरेर सरकारले पिडितलाई मुआब्जा नदिदा स्थानियवासी मर्कामा परेको औल्याउँदै यो समस्यालाई तत्काल सम्बोधनका लागि आग्रह गर्नुभयो ।

भेटघाट कार्यक्रमा भुमी ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बाकी रहेको मुआब्जा सम्बन्धी आवस्यक प्रकृया अगाडि बढाई सकिएको जनाउँदै समस्याको निराकरण तुरुन्तै हुने आश्वासन दिनुभएको थियो ।

नेपाल सरकारले सुख्खा बन्दरगाह बिस्तारका लागि बिरगन्ज वडा नम्बर २५ को करिब ३ सय घरधुरी भएको ६२ बिघा जग्गा सात बर्ष अगाडी देखि रोक्का गरेर राखेको छ ।
कार्यक्रममा मुआब्जा पिडित संघर्ष समितिका अशोक चौधरी, वडाध्यक्ष आशुतोष चतुर्बेदी, वडा नम्बर १७ का वडाध्यक्ष सन्जु छत्तकुली, सन्जय पटेल, भैयाराम प्रसाद, रामानन्द पटेल, शिव पटेल लगायतको सहभागिता रहेको थियो ।

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...