CG Electronics
IME Life
NIMB

श्रम तथा रोजगार सम्मेलनको विषयमा मन्त्रालय र नाडाबिच छलफल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष करण चौधरीको नेतृत्वमा एक प्रतिनिधि मण्डलले आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीसँग सिंहदरबारमा भेटघाट गरेको छ। यस भेटघाटमा मन्त्रालयले २०८१ फागुन २६ र २७ गते राजधानीमा आयोजना गर्न लागेको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको पूर्व तयारीका सन्दर्भमा छलफल भएको हो।

नाडाका अनुसार, छलफलमा अटोमोबाइल क्षेत्रको तालिमका सम्बन्धमा सहकार्य गर्ने, आवश्यक जनशक्ति निर्माण गर्ने, अटोमोबाइल क्षेत्र बाहिरका सम्भावनाहरूको पहिचान गर्ने, तालिम केन्द्रहरू स्थापना गर्ने, अन्तर-मन्त्रालयहरूबीच सहकार्य गर्ने, सहमतिका लागि आन्तरिक र राष्ट्रियस्तरमा दुई तहमा कार्य गर्ने जस्ता विषयहरूमा केन्द्रित छलफल भएको छ। यसै सम्मेलनमा नाडाको एउटा स्टल समेत रहने भएको छ।

भेटघाटमा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्कर र सहसचिव दण्डुराज घिमिरीले आफ्ना धारणाहरू राखेका थिए भने अटोमोटिभ स्किल डेभलपमेण्ट काउन्सिल (एयसडीसी) का कार्य समिति सदस्य रितुन्च गुप्ता र प्रमुख कार्यकारी अधिकृत अरिण्डम लाहिरीले पनि आफ्ना विचार व्यक्त गरेका थिए।

यस अवसरमा नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सह-कोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्य समिति सदस्य कपिल शिवाकोटी, दीपेन्द्रकुमार मिश्र, नवराज भुसाल, प्रकाश कपुरी, प्रदीपमान प्रधान, अभिक ज्योति, नीलमणि पाठक, नवीनकुमार पारख, नारायणप्रसाद पौडेल लगायत अन्यको उपस्थिति रहेको थियो। साथै, नाडा अध्यक्ष दीपेन्द्र कोइराला पनि उक्त छलफलमा उपस्थित रहेका थिए।

यसरी, नाडा र मन्त्रालयबीच भएको छलफलले आगामी राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको पूर्व तयारीमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

चांगान अटो पोर्चुगल राष्ट्रिय फुटबल टोलीको ग्लोबल पार्टनर, रोनाल्डोको टिमसँग रणनीतिक सहकार्य

चांगान अटो पोर्चुगल राष्ट्रिय फुटबल टोलीको ग्लोबल...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:४६

  काठमाडौँ । चिनियाँ अटोमोबाइल कम्पनी चांगान अटोमोबाइल पोर्चुगल राष्ट्रिय...

एथरको बिर्तामोडमा नयाँ एक्सपिरियन्स सेन्टर, प्रिमियम इलेक्ट्रिक स्कुटर बजार विस्तारमा जोड

एथरको बिर्तामोडमा नयाँ एक्सपिरियन्स सेन्टर, प्रिमियम इलेक्ट्रिक...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:२७

  बिर्तामोड । नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्राण्ड एथर...

एमएडब्लु वृद्धिद्वारा २०२६ दिपल एस०५ प्लसको बिक्री सुरु

एमएडब्लु वृद्धिद्वारा २०२६ दिपल एस०५ प्लसको बिक्री...

वि.सं.२०८३ जेठ ११ सोमवार १९:०५

  काठमाडौँ । नेपालका लागि दिपल ब्राण्डका फ्युचरिस्टिक तथा इन्टेलिजेन्ट...

नाइमा नेपाल मोबिलिटी एक्सपो साउन २६ देखि, जेठ १९ भित्र स्टल बुकिङ गर्न आग्रह

नाइमा नेपाल मोबिलिटी एक्सपो साउन २६ देखि,...

वि.सं.२०८३ जेठ ८ शुक्रवार १३:१२

  काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)...

डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड...

वि.सं.२०८३ जेठ ६ बुधवार २३:२४

काठमाडौं, नेपाल - १९ मे, २०२६ - डोङफेङ मोटरको एक...