Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

श्रम तथा रोजगार सम्मेलनको विषयमा मन्त्रालय र नाडाबिच छलफल

Machhapuchchhre Bank Limited

 

काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष करण चौधरीको नेतृत्वमा एक प्रतिनिधि मण्डलले आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीसँग सिंहदरबारमा भेटघाट गरेको छ। यस भेटघाटमा मन्त्रालयले २०८१ फागुन २६ र २७ गते राजधानीमा आयोजना गर्न लागेको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको पूर्व तयारीका सन्दर्भमा छलफल भएको हो।

नाडाका अनुसार, छलफलमा अटोमोबाइल क्षेत्रको तालिमका सम्बन्धमा सहकार्य गर्ने, आवश्यक जनशक्ति निर्माण गर्ने, अटोमोबाइल क्षेत्र बाहिरका सम्भावनाहरूको पहिचान गर्ने, तालिम केन्द्रहरू स्थापना गर्ने, अन्तर-मन्त्रालयहरूबीच सहकार्य गर्ने, सहमतिका लागि आन्तरिक र राष्ट्रियस्तरमा दुई तहमा कार्य गर्ने जस्ता विषयहरूमा केन्द्रित छलफल भएको छ। यसै सम्मेलनमा नाडाको एउटा स्टल समेत रहने भएको छ।

भेटघाटमा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्कर र सहसचिव दण्डुराज घिमिरीले आफ्ना धारणाहरू राखेका थिए भने अटोमोटिभ स्किल डेभलपमेण्ट काउन्सिल (एयसडीसी) का कार्य समिति सदस्य रितुन्च गुप्ता र प्रमुख कार्यकारी अधिकृत अरिण्डम लाहिरीले पनि आफ्ना विचार व्यक्त गरेका थिए।

यस अवसरमा नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सह-कोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्य समिति सदस्य कपिल शिवाकोटी, दीपेन्द्रकुमार मिश्र, नवराज भुसाल, प्रकाश कपुरी, प्रदीपमान प्रधान, अभिक ज्योति, नीलमणि पाठक, नवीनकुमार पारख, नारायणप्रसाद पौडेल लगायत अन्यको उपस्थिति रहेको थियो। साथै, नाडा अध्यक्ष दीपेन्द्र कोइराला पनि उक्त छलफलमा उपस्थित रहेका थिए।

यसरी, नाडा र मन्त्रालयबीच भएको छलफलले आगामी राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको पूर्व तयारीमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

बीवाईडी सिगलले जित्यो २०२५ को “वर्ल्ड अर्बन कार अफ द इयर” अवार्ड

बीवाईडी सिगलले जित्यो २०२५ को “वर्ल्ड अर्बन...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:३३

  काठमाडौं । बीवाईडी सिगल अर्थात डल्फिन मिनीले प्रतिष्ठित वर्ल्ड...

रोयल इन्फिल्ड मिटिओर ३५० को तीन नयाँ भेरियन्ट नेपाली बजारमा सार्वजनिक, मूल्य रू ५.५० लाखदेखि सुरु

रोयल इन्फिल्ड मिटिओर ३५० को तीन नयाँ...

वि.सं.२०८२ वैशाख ४ बिहीवार २१:३१

  काठमाडौं । नेपाली मोटरसाइकल बजारमा प्रख्यात ब्रान्ड रोयल इन्फिल्ड...

बीवाईडी ईभीमा साइमेक्सले ल्यायो अटोमोबाइल उद्योगकै अग्रणी एक्सटेन्डेड वारेन्टी

बीवाईडी ईभीमा साइमेक्सले ल्यायो अटोमोबाइल उद्योगकै अग्रणी...

वि.सं.२०८२ वैशाख ३ बुधवार २१:५५

  काठमाडौं । बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक...

एनएआईएमएद्वारा नेपालको सबैभन्दा ठूलो मोबिलिटी शोको घोषणा

एनएआईएमएद्वारा नेपालको सबैभन्दा ठूलो मोबिलिटी शोको घोषणा

वि.सं.२०८२ वैशाख ३ बुधवार १९:४०

  काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यान्युफ्याक्चरर्स एसोसिएसनले नेपालको...

दिपलको नयाँ सोरुम चितवनमा: टेस्ट ड्राइभ, एक्सचेन्ज अफर र उपहारसहित इभी अनुभवको नयाँ सुरुआत

दिपलको नयाँ सोरुम चितवनमा: टेस्ट ड्राइभ, एक्सचेन्ज...

वि.सं.२०८१ चैत २९ शुक्रवार ११:५६

  चितवन । नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले...

‘स्काईवेल ड्राइभ २०२५’ : एसयुभी किन्ने जोडीलाई युरोप घुम्ने अवसर

‘स्काईवेल ड्राइभ २०२५’ : एसयुभी किन्ने जोडीलाई...

वि.सं.२०८१ चैत २९ शुक्रवार ११:४१

काठमाडौं । स्काईवेल एसयुभी किन्ने ग्राहकले युरोप भ्रमण गर्ने अवसर...