Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

साहित्यकार लक्ष्मीलोचना वैद्यको ऋतु विमोचन

Machhapuchchhre Bank Limited

काठमाडौं । साहित्यकार लक्ष्मीलोचना वैद्यको दोस्रो कृति ‘ऋतु’ एक कार्यक्रममा शनिबार राजधानीको भक्तपुरमा विमोचन गरिएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर वरिष्ठ समालोचक प्रा.डा. खगेन्द्र लुईटेलको उपस्थितिमा सामाजिक कथामा आधारित उपन्यास ‘ऋतु’ विमोचन कार्यक्रम सम्पन्न गरिएको हो ।

सिर्जना अभियान समाज भक्तपुरका अध्यक्ष धनमान श्रेष्ठ, वरिष्ठ लघुकथाकार ध्रुव मधिकर्मी, सद्भाव थिएटरका संस्थापक निर्देशक तथा नाट्यकर्मी महासंघका उपाध्यक्ष राम के ए सी, बुक्स हिमालय पब्लिकेशनका म्यानेजिङ डाइरेक्टर रोमन शाक्य र म्यार्केटिङ म्यानेजर यज्ञश्वर जोशीसहित प्रा.डा. लुईटेलले संयुक्त रुपमा बैद्यको नयाँ कृति ‘ऋतु’ विमोचन गरिएको हो ।

भक्तपुर दरवार क्षेत्रमा रहेको ख्वःप छेँ रेष्टुरेन्टमा आयोजित कार्यक्रममा वरिष्ठ लघुकथाकार मधिकर्मीले स्वागत मन्तव्य दिएका थिए भने राम के ए सीले पुस्तकमाथि चर्चा गरेका थिए ।

बुक्स हिमालय सानेपा ललितपुरद्वारा प्रकाशित ३७८ पृष्ठको पुस्तकको मूल्य ६५० रुपैयाँ राखिएको छ । लक्ष्मीलोचना वैद्यको ‘ऋतु’ दोस्रो कृति हो । यसअघि ‘नेपाली नाटकको रुपरेखा–२०७४’ नामक पुस्तक प्रकाशित भइसकेको छ ।

 

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता...

वि.सं.२०८१ चैत १ शनिवार २२:५०

  काठमाडौं। कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति...

कनेक्ट किसान र नेपाल भेटरिनरी केमिस्ट एण्ड ड्रगिस्ट एसोसिएसनबिच सम्झौतामा हस्ताक्षर

कनेक्ट किसान र नेपाल भेटरिनरी केमिस्ट एण्ड...

वि.सं.२०८१ चैत १ शनिवार २२:४६

  काठमाडौं । कनेक्ट किसान र नेपाल भेटरि]नरी केमिस्ट एण्ड...

कौटिल्य ग्लोबल स्कूलको वार्षिक कार्यक्रम तथा वसन्त मेला २०८१ सम्पन्न

कौटिल्य ग्लोबल स्कूलको वार्षिक कार्यक्रम तथा वसन्त...

वि.सं.२०८१ चैत १ शनिवार २२:४१

  काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री माननीय बाहादुर सिंह लामाको...

पदम सुन्दासलाई बद्री पहाडी समाजसेवा पुरस्कार प्रदान गरिने

पदम सुन्दासलाई बद्री पहाडी समाजसेवा पुरस्कार प्रदान...

वि.सं.२०८१ चैत १ शनिवार २२:१९

  काठमाडौँ । सामाजिक अभियन्ता तथा पूर्वराजदूत पदम सुन्दासलाई यसवर्षको...

तीन तहकै सरकारको समन्वयमा बजार अनुगमन तीब्र बनाइने

तीन तहकै सरकारको समन्वयमा बजार अनुगमन तीब्र...

वि.सं.२०८१ चैत १ शनिवार २१:५३

  काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले...

देशको न्यायप्रणाली दलहरुको भागबण्डामा चल्ने गरेको छ : सांसद सिंह

देशको न्यायप्रणाली दलहरुको भागबण्डामा चल्ने गरेको छ...

वि.सं.२०८१ चैत १ शनिवार २१:१४

  हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपकबहादुर सिंहले देशको...