CG Electronics
IME Life
NIMB

प्रविधिको प्रयोग गरेर विकास र उद्यमशीलतामा केन्द्रित हुन्छौं : प्रधानमन्त्री

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । सरकारले सन् २०२५–३५ लाई आन्तरिक रोजगार प्रवद्र्धन दशकको घोषणा गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा आज पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले आन्तरिक रोजगार प्रवद्र्धन दशकको शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रमको समेत शुभारम्भ भएको घोषणा गरिएको छ । उक्त कार्यक्रमको घोषणा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमशीलताको विकास तीव्रताका साथ गर्न आग्रह गरेका छन् । उनले प्रविधिको प्रयोग गरेर विकास र उद्यमशीलतामा केन्द्रित हुँदै अगाडि बढ्नुपर्ने धारणा राखेका हुन् ।

उनले भने, ‘रोजगारीका अवसरहरु सिर्जना गर्न हामीले उद्यमशिलतालाई जोड दिनुपर्छ । उद्यमशिलतार आधुनिकिकरण मार्फत मात्र रोजगारीको सम्भव छ । हामीले कृषिको आधुनिकिकरण गर्यौं भने त्यही बाट थप उद्यमशिलताको सिर्जना हुन्छ ।

त्यही बाट आम्दानी बढि हुन्छ । उद्यमशिलताको विकास गरौं, उद्यमशिलताको विकास तिव्रताका साथ गरौं, आधुनिकता तर्फको यात्रालाई तिव्रताका साथ अगाडि लगौं, उत्पादन, उत्पादोकत्व र विकासका लागि विज्ञान र प्रविधिको अधिकतम प्रयोग गरेर हाम्रो सम्पूर्ण जनशक्ति विकासमा केन्द्रित गरौं ।’

साथै उनले उद्यमशीलताको विकास बिना आन्तरिक रोजगारका लागि अवसर प्राप्त नहुने बताए । उनले रोजगार सिर्जना गर्न सरकारभन्दा नीजि क्षेत्र बढी क्रियाशिल रहने धारणा राखे । उनले समृद्ध नेपाल सुखी नेपाली विकासको भिजन बोकेर सरकार हिँडेको भन्दै राष्ट्रिय आकांक्षा सफल बनाउन सबैलाई एकजुट हुन आह्वान गरे ।

उनले भने , ‘आन्तरिक रोजगारी उद्यमशीलताको विकास बिना सम्भव छैन । सरकारी जागिर त सीमित छ । कहिले को रिटायर्ड हुन्छ र एउटा खाली हुन्छ । त्यो पनि लोकसेवाले परीक्षा हुनेगरी समानुकुल विज्ञापन आह्वान गर्छ । त्यसैले रोजगारीको सिर्जना गर्न उद्यमशीलताबाट मात्र सम्भव छ ।’
सोही अवसरमा ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले सम्मेलन सफलताको शुभकामना दिंदै रोजगारी अभिबृद्धिको वहस संसदमा पनि चल्नुपर्ने बताए ।

उनले भने,‘रोजगारी अभिबृद्धिको बहस संसदमा पनि चल्नु जरुरी छ । श्रम क्षेत्रलाई राज्यले प्राथमिकतामा राखे मात्र मुलुक समृद्ध हुनेछ,’ उनले अगाडि भने,‘राज्यले श्रमिकहरुको सामाजिक, आर्थिक र राजनीतिक रुपान्तरण हुने नीति ल्याइ कार्यान्वयन गरेमात्र यस्ताखाले सम्मेलनले सार्थकता पाउनेछन् ।’

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी असोजमा हुँदै

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:१५

  काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघ र...

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, अन्यलाई सम्मान

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:०५

  काठमाडौं । एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा...

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष अञ्जन श्रेष्ठ

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष...

वि.सं.२०८३ जेठ १६ शनिवार १५:५०

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अध्यक्ष अञ्जन...

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा कमजोरी : पूर्व अर्थमन्त्री पुन

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:४०

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान...

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका लागि आयो : दुर्गा प्रसाईं

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३३

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै...

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक संकेत, तर कार्यान्वयन प्रमुख चुनौती

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३०

  काठमाडौं । नेपाल डेरी एसोसिएसनका अध्यक्ष तथा कृषि अभियन्ता...