CG Electronics
IME Life
NIMB

वैदेशिक रोजगारीमा जानु नपर्ने अवस्थाको सिर्जना गर्नुपर्छ : युवराज खतिवडा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले एक दशकपछि कोही पनि वैदेशिक रोजगारीमा जानुनपर्ने अवस्थाको सिर्जना गर्नुपर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ मा बोल्दै उनले आर्थिक वृद्धिदरलाई ६ प्रतिशतभन्दामाथी निरन्तर उकासेर देशमै रोजगारीको सिर्जना गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘वैदेशिक रोजगारीमा जानु नपर्ने अवस्था सिर्जना गर्न सकिन्छ र सक्छौं, त्यसका केही सर्तहरू छन्, आर्थिक वृद्धिदरलाई ६ प्रतिशतभन्दामाथी निरन्तर उकास्नुपर्छ । वित्तीय स्रोत तथा साधनलाई काम र रोजगारी सिर्जनातर्फ लैजानुपर्छ । वैदेशिक रोजगारीबाट फर्केकाहरुलाई श्रम बजारमा आवद्ध गर्नुपर्ने र आर्जन गरेको आय आर्जनलाई स्वदेशमै लगाउने वातावरण सिर्जना गर्नुपर्छ ।’

साथै उनले नेपाल विकाससिल मुलुकबाट विकसित मुलुकमा नपुग्दै अहिलेका मानिस बुढ्यौलीमै जनसंख्या पुग्ने खतरा बढेको बताए ।

अहिले जनसांख्यिक अवसरको लाभ लिन बल गर्नुपर्ने र यस्तो अवसर लिन सकेन भने बुढ्यौलीको जनसंख्या र अर्ध विकासको अवस्थामा जोखिममा पर्ने उनले बताए ।

उनले भने, ‘कुल जनसख्यांको ६५‍.२ प्रतिशत जनसंख्या आर्थिक रुपमा सक्रिय छन्, त्यो जनसंख्या २ करोड भन्दा बढी छ, ती जनसंख्याले विभिन्न काम गरी आर्थिक वृद्धि गरेर ३० वर्षपछि हुने बुढ्यौलीलाई पाल्ने सक्ने अर्थतन्त्र हामीले निर्माण गर्नु पर्ने हुन्छ । विकासशील मुलुकमा रहँदा रहँदै बुढ्यौलीमै जनसंख्या भएको देशमा पुग्ने खतरा छ, अरु मुलुकमा बुढ्यौली जनसंख्यामा पुग्दा देश विकसित मुलुकमा पुगिसकेको छ ।’

सोही अवसरमा ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले सम्मेलन सफलताको शुभकामना दिंदै रोजगारी अभिबृद्धिको वहस संसदमा पनि चल्नुपर्ने बताए ।

उनले भने,‘रोजगारी अभिबृद्धिको बहस संसदमा पनि चल्नु जरुरी छ । श्रम क्षेत्रलाई राज्यले प्राथमिकतामा राखे मात्र मुलुक समृद्ध हुनेछ,’ उनले अगाडि भने,‘राज्यले श्रमिकहरुको सामाजिक, आर्थिक र राजनीतिक रुपान्तरण हुने नीति ल्याइ कार्यान्वयन गरेमात्र यस्ताखाले सम्मेलनले सार्थकता पाउनेछन् ।’

 

 

 

 

 

 

 

 

 

 

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी असोजमा हुँदै

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:१५

  काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघ र...

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, अन्यलाई सम्मान

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:०५

  काठमाडौं । एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा...

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष अञ्जन श्रेष्ठ

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष...

वि.सं.२०८३ जेठ १६ शनिवार १५:५०

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अध्यक्ष अञ्जन...

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा कमजोरी : पूर्व अर्थमन्त्री पुन

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:४०

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान...

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका लागि आयो : दुर्गा प्रसाईं

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३३

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै...

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक संकेत, तर कार्यान्वयन प्रमुख चुनौती

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३०

  काठमाडौं । नेपाल डेरी एसोसिएसनका अध्यक्ष तथा कृषि अभियन्ता...