Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

प्रेस चौतारी प्रतिष्ठान प्रदेशको अध्यक्षमा ढुङ्गेल, महासचिवमा लामिछाने

 

काठमाडौँ, फागुन २८ गते । प्रेस चौतारी प्रतिष्ठान प्रदेशका दोस्रो अधिवेशनले पुनः सरोज ढुङ्गेलको अध्यक्षतामा सर्वसम्मत रुपमा २४ सदस्यीय नयाँ कार्य समिति निर्वाचित हुनु भएको छ । बुधबार सम्पन्न भएको प्रेस चौतारी नेपाल प्रतिष्ठान प्रदेशको दोस्रो अधिवेशनबाट ढुङ्गेल अध्यक्षमा २४ सदस्यीय नयाँ कार्य समिति निर्वाचित हो । ढुङ्गेल यस अगाडि पनि अध्यक्षको जिम्मेवारीमा रहनु भएको थियो ।

उपाध्यक्षमा अर्जुन सापकोटा र सर्मिला थापा, महासचिवमा रमेश लामिछाने, कोषाध्यक्षमा जश्विन थापा, छ जना सचिवमा क्रमशः पुरुषोत्तम घिमिरे, विन्दु शर्मा, महेश निरौला, शेखर चौलागाई, सविना चेपाङ र परमानन्द राय निर्वाचित हुनु भएको छ ।यस्तै सदस्यहरुमा रविन रोकाहा, सञ्जिता आचार्य,शर्मिला पाठक,अमृता गाहा मगर, मञ्जिल घिमिरे,सविन बजगाँइ, विनु श्रेष्ठ, सुसन धमला, कृष्ण आचार्य,पोषक बहादुर खड्का र सञ्जिव मगर निर्वाचित हुनुभएको छ।

कार्यक्रममा नेकपा (एमाले) जनसङ्गठन संयन्त्र प्रमुख भानुभक्त ढकालले व्यावसायिक र मर्मादित पत्रकारितामा लाग्ने प्रेस चौतारीलाई आग्रह गर्नुभयो । उहाँले समाजमा अस्थिरता मच्चाउन खोज्ने केही झुण्डहरु एकै ठाउँमा आउन सक्ने भन्दै त्यस्ता झुण्डदेखि सचेत रहनुपर्नेमा जोड दिनुभयो ।

नेकपा (एमाले) प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले पत्रकारिताको मूल्य र मान्यतालाई आत्मसाथ गर्दै पत्रकारले साङ्ठनिक क्रियाकलापमा पनि सक्रिय भएर लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले पत्रकारले आफ्नो लेखन शैलिलाई समयानुकुल परिमार्जन गरी सङ्गठनिक गतिविधिमा लाग्न प्रेस चौतारीसँग सम्बद्ध पत्रकारहरु सक्रिय हुनुपर्नेमा जोडदिनुभयो ।

केही पाइन्छ कि भनेर १० करोडको भवन हस्तान्तरण गरेको होइन : मीन बहादुर गुरुङ

केही पाइन्छ कि भनेर १० करोडको भवन...

वि.सं.२०८२ असार ३१ मंगलवार ०८:२०

  काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक एवम उद्योगी मीन...

नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्य बनाउन राष्ट्रपतिको आग्रह

नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्य बनाउन राष्ट्रपतिको...

वि.सं.२०८२ असार ३० सोमवार १८:४७

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई चलचित्र पर्यटनको आकर्षक...

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै : मन्त्री पाण्डे

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै :...

वि.सं.२०८२ असार ३० सोमवार १७:१८

  काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले...

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको उत्साह

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको...

वि.सं.२०८२ असार ३० सोमवार १७:१५

काठमाडौं । मौद्रिक नीतिको उत्साह एक दिन पनि टिक्न नसकेपछि...

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो सार्वजनिक

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो...

वि.सं.२०८२ असार ३० सोमवार १७:०७

काठमाडौं । शिवम् सिमेन्टले आफ्नो ब्रान्ड क्याम्पेन ‘क्वालिटीको मामिलामा नो...

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

वि.सं.२०८२ असार ३० सोमवार १६:५०

काठमाडौं । विश्वव्यापी रूपमा परिचित खड्लज परफ्यूम आधिकारिक रूपमा नेपाली...