CG Electronics
IME Life
NIMB

एनआरएन एकतालाई प्राथमिकता दिन मन्त्री पाण्डेको सुझाव

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले दिगो एकताका लागि एनआरएनएको नेतृत्वले ध्यान दिनुपर्ने बताएका छन् ।

मंगलबार गैरआवासीय नेपाली संघको १० औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनलाई कम्बोडियामा सम्बोधन गर्दै मन्त्री पाण्डेले भने,‘नेपाल सरकारले बडो तत्परताका साथ तपाईहरुका बीच एकता खोजिरहेको छ ।

संगम खोजिरहेको छ । विशेषगरि परराष्ट्र मन्त्रालयले बडो महत्वका साथ यो विषयलाई हल गर्ने, र एकताबद्ध गतिविधि सञ्चालन गर्ने, एकताबद्ध महाधिवेशन सम्पन्न गर्ने र दिगो एकताका लागि पहल गरिरहेको छ ।’

विदेशमा बसेर राजनीति नगरी सामाजिक भावले मात्रै एनआरएन अभियान अघि बढाउन सके नेपाललाई ग्लोबल ब्रान्डिङ गर्न सकिने उनको भनाई थियो । उनले भने,‘नेपाललाई ग्लोबल ब्रान्डिङ गर्ने काम एनआरनको हो ।’

संविधानले प्रदान गरेको अधिकार गैरआवासीय नेपालीहरुले प्राप्त गर्नेमा कुनै दुविधा नभएको उनको भनाई थियो । पर्यटकीय र धार्मिक दृष्टिकोणले थाइल्याण्ड र कम्बोडियालाई नेपालसँग जोड्न सकेको खण्डमा सांस्कृतिक, पर्यटकीय र आर्थिक रुपले पनि नेपाल लाभान्वित हुने मन्त्री पाण्डेको भनाई थियो ।

सोही अवसरमा सांसद एकनाथ ढकालले गैरआवासीय नेपाली संघलाई राजनीतिमुक्त बनाउन सके नेपालको समृद्धिमा यस संघले ठूलो योगदान दिनसक्ने बताए । पूर्वमन्त्री ढकालले भने,‘मातृभूमिको समृद्धि, हित चाहने हो भने यस संघलाई गैरराजनीतिक बनाऊनुस् ।

तपाईहरुले सामाजिक काममा जति योगदान पुर्याउनुभएको त्यो वास्तवमै अतुलनीय छ ।’
पूर्व कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरिले संविधानमै उल्लेखित गैरआवासीय नेपालीहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार दिन्न भन्ने अधिकार कसैलाई पनि नहुने बताए ।

उनले भने,‘संविधानमा हामीले राजनीतिक बाहेकका अधिकार दिन्छौँ भनेर लेखिसकेका छौँ अब त्यसमा हात कमाउनुपर्ने आवश्यकता छैन ।’

गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले उच्चस्तरीय समितिले नै महाधिवेशन गर्नुपर्ने हो भने पनि त्यसलाई अक्टोबरमै गर्न सकिने वैधानिक व्यवस्था रहेको बताए ।

उनले भने,‘यतिबेला हामी बृहत एकताका लागि हदैसम्म लचक छौँ तर हाम्रा एनसीसीको कार्यक्रम प्रभावित हुनु भएन । यदि उच्च स्तरिय समितिकै १३ जनाले महाधिवेशन गराउने भएपनि मे महिनामा त्यो सम्भव छैन तर त्यसको वैधानिक व्यवस्था छ ।’

एनआरएनएको आयोजनामा १०औं एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलन कम्बोडियामा मंगलबारबाट भएको हो । ‘संगम–एकता’ नाराका साथ आयोजना गरिएको सम्मेलनले गैरआवासीय नेपालीहरूबीच एकता, सहकार्य, र समृद्धिका विषयमा छलफल गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...