CG Electronics
IME Life
NIMB

नाडा र भन्सार विभागबीच बजेट सम्बन्धी छलफल

NIMB
Himalayan Bank

 

काठमाडौं। नेपाल अटोमोबाइल डिलर्स एसोसिएशन (नाडा) को एक प्रतिनिधि मण्डलले आज भन्सार विभागका महानिर्देशक महेश भट्टराईसँग भेट गरी अटोमोबाइल क्षेत्रसम्बन्धी विभिन्न विषयहरूमा छलफल गरेको छ। नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सम्बन्धी सुझावहरू पेश गरेको छ।

यस अवसरमा महासचिव उप्रेतीले नाडाका विभिन्न समितिहरूमा छलफल गरी तयार पारिएका बजेट सुझावहरू प्रस्तुत गर्नुभएको छ। उनले नाडाले स्वच्छ व्यवसायका लागि अनुकूल वातावरण निर्माण गर्न सरकारलाई सुझाव दिँदै आएको बताउनुभयो। उप्रेतीले अटोमोबाइल क्षेत्रलाई प्रभाव पार्ने नीतिगत तथा कर सम्बन्धी मुद्दाहरूमा पनि ध्यान दिन आग्रह गर्नुभयो।

भन्सार विभागका महानिर्देशक महेश भट्टराईले व्यवसायीहरूले स्वच्छ व्यवसायलाई आत्मसात गर्नुपर्ने बताउनुभयो। उनले नाडाका सुझावहरूलाई गम्भीरतापूर्वक विचार गरिने बताउँदै सरकारले व्यवसायी समुदायको सहयोगमा नै नीतिगत सुधार गर्ने प्रतिवद्धता जनाउनुभयो।

यस भेटघाटमा नाडाका सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, लुब्रिकेन्टस् समितिका उपसभापति दिपक कुमार, सदस्य अमरज्योति रन्जितकर र अंकुर खनाल समेत उपस्थित थिए।

नाडाले पेश गरेका बजेट सुझावहरूमा अटोमोबाइल क्षेत्रलाई प्रोत्साहन दिने, कर नीतिमा सुधार गर्ने, र स्वच्छ व्यवसायलाई बढावा दिने जस्ता मुद्दाहरू समावेश छन्। यस छलफलले आगामी बजेटमा अटोमोबाइल क्षेत्रका लागि सकारात्मक नीतिहरू अवलम्बन गरिने अपेक्षा बढेको छ।

२३ औँ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड भदौ १८ गते, मुख्य प्रायोजकमा गोल्छा ग्रुप

२३ औँ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड भदौ...

वि.सं.२०८३ साउन ९ शनिवार १७:१४

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष...

म्याक्ससको नयाँ इलेक्ट्रिक पिकअप ‘ई–टेरोन ९ कम्फर्ट’ नेपालमा, पहिलो ५० ग्राहकलाई ८८ लाखमै

म्याक्ससको नयाँ इलेक्ट्रिक पिकअप ‘ई–टेरोन ९ कम्फर्ट’...

वि.सं.२०८३ साउन ८ शुक्रवार ०७:५६

  काठमाडौं । हिमालय अर्गनाइजेसन अन्तर्गतको हिमालय मोट्रक्स प्रालिले नेपाली...

जीडब्लुएम ओरा–५ ले एक महिनामै बनायो प्रिमियम विद्युतीय एसयूभी बजारमा बलियो उपस्थिति

जीडब्लुएम ओरा–५ ले एक महिनामै बनायो प्रिमियम...

वि.सं.२०८३ साउन ७ बिहीवार २१:४३

  काठमाडौं। नेपालमा औपचारिक रूपमा सार्वजनिक भएको एक महिनामै जीडब्लुएम...

TVS मोटर कम्पनीले नेपालमा TVS ORBITER सार्वजनिक गर्‍यो – स्मार्ट, दिगो र सहरी EV यात्राको समाधान

TVS मोटर कम्पनीले नेपालमा TVS ORBITER सार्वजनिक...

वि.सं.२०८३ साउन ७ बिहीवार १७:३४

  • 158 km IDC रेन्ज, क्रुज कन्ट्रोल, हिल होल्ड...

साउदीबाट टिक्मोमार्फत आइएमई गरेर पैसा पठाउँदा विराटनगरका अभिषेकले जिते बीवाइडी अटो १ ईभी कार

साउदीबाट टिक्मोमार्फत आइएमई गरेर पैसा पठाउँदा विराटनगरका...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:४२

  काठमाडौं । साउदी अरेबियाबाट टिक्मोमार्फत आइएमई गरेर नेपाल पैसा...

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:५९

  काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा...