Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

नाडा र भन्सार विभागबीच बजेट सम्बन्धी छलफल

Machhapuchchhre Bank Limited

 

काठमाडौं। नेपाल अटोमोबाइल डिलर्स एसोसिएशन (नाडा) को एक प्रतिनिधि मण्डलले आज भन्सार विभागका महानिर्देशक महेश भट्टराईसँग भेट गरी अटोमोबाइल क्षेत्रसम्बन्धी विभिन्न विषयहरूमा छलफल गरेको छ। नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सम्बन्धी सुझावहरू पेश गरेको छ।

यस अवसरमा महासचिव उप्रेतीले नाडाका विभिन्न समितिहरूमा छलफल गरी तयार पारिएका बजेट सुझावहरू प्रस्तुत गर्नुभएको छ। उनले नाडाले स्वच्छ व्यवसायका लागि अनुकूल वातावरण निर्माण गर्न सरकारलाई सुझाव दिँदै आएको बताउनुभयो। उप्रेतीले अटोमोबाइल क्षेत्रलाई प्रभाव पार्ने नीतिगत तथा कर सम्बन्धी मुद्दाहरूमा पनि ध्यान दिन आग्रह गर्नुभयो।

भन्सार विभागका महानिर्देशक महेश भट्टराईले व्यवसायीहरूले स्वच्छ व्यवसायलाई आत्मसात गर्नुपर्ने बताउनुभयो। उनले नाडाका सुझावहरूलाई गम्भीरतापूर्वक विचार गरिने बताउँदै सरकारले व्यवसायी समुदायको सहयोगमा नै नीतिगत सुधार गर्ने प्रतिवद्धता जनाउनुभयो।

यस भेटघाटमा नाडाका सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, लुब्रिकेन्टस् समितिका उपसभापति दिपक कुमार, सदस्य अमरज्योति रन्जितकर र अंकुर खनाल समेत उपस्थित थिए।

नाडाले पेश गरेका बजेट सुझावहरूमा अटोमोबाइल क्षेत्रलाई प्रोत्साहन दिने, कर नीतिमा सुधार गर्ने, र स्वच्छ व्यवसायलाई बढावा दिने जस्ता मुद्दाहरू समावेश छन्। यस छलफलले आगामी बजेटमा अटोमोबाइल क्षेत्रका लागि सकारात्मक नीतिहरू अवलम्बन गरिने अपेक्षा बढेको छ।

बीवाईडी सिगलले जित्यो २०२५ को “वर्ल्ड अर्बन कार अफ द इयर” अवार्ड

बीवाईडी सिगलले जित्यो २०२५ को “वर्ल्ड अर्बन...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:३३

  काठमाडौं । बीवाईडी सिगल अर्थात डल्फिन मिनीले प्रतिष्ठित वर्ल्ड...

रोयल इन्फिल्ड मिटिओर ३५० को तीन नयाँ भेरियन्ट नेपाली बजारमा सार्वजनिक, मूल्य रू ५.५० लाखदेखि सुरु

रोयल इन्फिल्ड मिटिओर ३५० को तीन नयाँ...

वि.सं.२०८२ वैशाख ४ बिहीवार २१:३१

  काठमाडौं । नेपाली मोटरसाइकल बजारमा प्रख्यात ब्रान्ड रोयल इन्फिल्ड...

बीवाईडी ईभीमा साइमेक्सले ल्यायो अटोमोबाइल उद्योगकै अग्रणी एक्सटेन्डेड वारेन्टी

बीवाईडी ईभीमा साइमेक्सले ल्यायो अटोमोबाइल उद्योगकै अग्रणी...

वि.सं.२०८२ वैशाख ३ बुधवार २१:५५

  काठमाडौं । बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक...

एनएआईएमएद्वारा नेपालको सबैभन्दा ठूलो मोबिलिटी शोको घोषणा

एनएआईएमएद्वारा नेपालको सबैभन्दा ठूलो मोबिलिटी शोको घोषणा

वि.सं.२०८२ वैशाख ३ बुधवार १९:४०

  काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यान्युफ्याक्चरर्स एसोसिएसनले नेपालको...

दिपलको नयाँ सोरुम चितवनमा: टेस्ट ड्राइभ, एक्सचेन्ज अफर र उपहारसहित इभी अनुभवको नयाँ सुरुआत

दिपलको नयाँ सोरुम चितवनमा: टेस्ट ड्राइभ, एक्सचेन्ज...

वि.सं.२०८१ चैत २९ शुक्रवार ११:५६

  चितवन । नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले...

‘स्काईवेल ड्राइभ २०२५’ : एसयुभी किन्ने जोडीलाई युरोप घुम्ने अवसर

‘स्काईवेल ड्राइभ २०२५’ : एसयुभी किन्ने जोडीलाई...

वि.सं.२०८१ चैत २९ शुक्रवार ११:४१

काठमाडौं । स्काईवेल एसयुभी किन्ने ग्राहकले युरोप भ्रमण गर्ने अवसर...