Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

विदेशमा रहेका नेपालीलाई निराश नहुन मन्त्री दाहालको आग्रह

Machhapuchchhre Bank Limited

काठमाडौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रवाश तथा विदेशमा रहेका नेपालीहरुलाई निराश नहुन आग्रह गर्नु भएको छ । अमेरीकाको टेक्सासमा रहेका नेपालीहरुको संस्था नेपाली समाज टेक्सासले गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई संवोधनका क्रममा उहाँले नेपालमा केहि भएन भनेर गलत भाष्य निर्माण गर्न खोजिएको भन्दै त्यस्तो गलत प्रचारबाट निराश नहुन आग्रह गर्नु भएको हो ।

पछिल्लो समय पूर्वराजावादीहरुले लोकतान्त्रिक व्यवस्थालाई जिस्क्याउने दुष्प्रयास गरि रहेको भन्दै गणतन्त्र र लोकतन्त्रलेनै नेपालमा सामाजिक तथा भौतिक विकासको गति दिएको उल्लेख गर्नुभयो । गणतन्त्रलेनै नेपालका सवै क्षेत्र, भुगोल, बर्ग, जातजातीका नागरिकको अधिकारको प्रत्याभूत गरेको, राज्य व्यवस्थामा पहुँच स्थापित गरि रहेको, स्वास्थ्य–शिक्षा जस्ता आधारभूत क्षेत्रमा सेवा विस्तार भई रहेको र भौतिक पूर्वाधारको विकासले समेत तिव्रता पाई रहेको अवस्थामा देशमा केहि भएन भनेर भ्रम छर्नु कुनै पनि नेपाली र विश्वजगतले नपत्याउने कुरा भएको उहाँको भनाई थियो ।

अमेरिकाको टेक्सास राज्यमा नेपालीहरुको संख्या सबैभन्दा बढी भएकोले नेपाल सरकारले कन्सुलेट कार्यालय राख्ने निर्णय गरेको र यतिवेला अमेरिका सरकार समक्ष सो निर्णय जानकारी गराईएको भन्दै मन्त्री दाहालले अमेरिकाले एग्रीमो दिने वित्तिकै कार्यालय राख्ने लगायतका काम हुने जनाउनुभयो ।
यस्तै गैर आवासिय नेपालीहरुलाई १० बर्षको भिसा दिने निर्णय पनि वर्तमानमा ठिकै रहेको र भविश्यमा नागरिकताको सम्वन्धमा कानुन निर्माण गर्दा उचित निर्णय गरिने उहाँको भनाई थियो । कार्यक्रममा एनआरएनए टेक्सास, प्रवासी नेपाली मञ्च,नेपाली जन संम्पर्क मञ्च, पानस अमेरीका लगायतले मन्त्री दाहाल मार्फत नेपाल सरकारलाई आफ्ना सुझाव तथा जिज्ञासा राखेका थिए ।

मन्त्री दाहाल अमेरीका भ्रमणकै क्रममा अमेरिका स्थित नेपालको राजदुतावासमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम समेत सहभागी हुनु भयो । सो कार्यक्रममा अमेरिकामा बस्ने नेपालीहरुका समस्या, नेपाल र अमेरिका विचको सम्वन्ध, नेपालको लागी अमेरिका सँगका व्यापारिक सम्भावनाहरु र दुतावासका आन्तरीक समस्याहरु लगायतका बारेमा छलफल भएको थियो ।

यातायात सम्वन्धि कार्यक्रममा सहभागी हुन अमेरीका जानु भएका मन्त्री दाहाल आज (बिहिबार) स्वदेश फर्कदै हुनुहुन्छ ।

दूरसञ्चार प्राधिकरण अध्यक्ष भण्डारीविरुद्ध अख्तियारमा उजुरी, कार्यअनुभव कागजात शंकास्पद भन्दै छानबिनको माग

दूरसञ्चार प्राधिकरण अध्यक्ष भण्डारीविरुद्ध अख्तियारमा उजुरी, कार्यअनुभव...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १९:४१

  काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीविरुद्ध अख्तियार...

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक, राजीनामामाथि निर्णय हुने

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक,...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १९:२३

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक, राजीनामामाथि निर्णय हुनेकाठमाडौँ...

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक सहमतिपछि निर्णयमा पुगे

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १७:२४

  काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको तयारी अन्तिम...

गुणाकर भट्टको नामले राष्ट्र बैंकमा तरंग, गर्भनर नियुक्तिमा अन्योल

गुणाकर भट्टको नामले राष्ट्र बैंकमा तरंग, गर्भनर...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १७:०१

  काठमाडौँ । नेपाल राष्ट्र बैंकको गर्भनर पद रिक्त भएको...

फेसबुक– ट्विटर नेपालमा दर्ता हुनुपर्छ, कानुन पालना गर्नुपर्छ : संचारमन्त्री

फेसबुक– ट्विटर नेपालमा दर्ता हुनुपर्छ, कानुन पालना...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १६:५१

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चार...

विज्ञापन बोर्डको अध्यक्ष पदमा दरखास्त आह्वान

विज्ञापन बोर्डको अध्यक्ष पदमा दरखास्त आह्वान

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ०९:१३

  काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञापन बोर्डको...