CG Electronics
IME Life
NIMB

विदेशमा रहेका नेपालीलाई निराश नहुन मन्त्री दाहालको आग्रह

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रवाश तथा विदेशमा रहेका नेपालीहरुलाई निराश नहुन आग्रह गर्नु भएको छ । अमेरीकाको टेक्सासमा रहेका नेपालीहरुको संस्था नेपाली समाज टेक्सासले गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई संवोधनका क्रममा उहाँले नेपालमा केहि भएन भनेर गलत भाष्य निर्माण गर्न खोजिएको भन्दै त्यस्तो गलत प्रचारबाट निराश नहुन आग्रह गर्नु भएको हो ।

पछिल्लो समय पूर्वराजावादीहरुले लोकतान्त्रिक व्यवस्थालाई जिस्क्याउने दुष्प्रयास गरि रहेको भन्दै गणतन्त्र र लोकतन्त्रलेनै नेपालमा सामाजिक तथा भौतिक विकासको गति दिएको उल्लेख गर्नुभयो । गणतन्त्रलेनै नेपालका सवै क्षेत्र, भुगोल, बर्ग, जातजातीका नागरिकको अधिकारको प्रत्याभूत गरेको, राज्य व्यवस्थामा पहुँच स्थापित गरि रहेको, स्वास्थ्य–शिक्षा जस्ता आधारभूत क्षेत्रमा सेवा विस्तार भई रहेको र भौतिक पूर्वाधारको विकासले समेत तिव्रता पाई रहेको अवस्थामा देशमा केहि भएन भनेर भ्रम छर्नु कुनै पनि नेपाली र विश्वजगतले नपत्याउने कुरा भएको उहाँको भनाई थियो ।

अमेरिकाको टेक्सास राज्यमा नेपालीहरुको संख्या सबैभन्दा बढी भएकोले नेपाल सरकारले कन्सुलेट कार्यालय राख्ने निर्णय गरेको र यतिवेला अमेरिका सरकार समक्ष सो निर्णय जानकारी गराईएको भन्दै मन्त्री दाहालले अमेरिकाले एग्रीमो दिने वित्तिकै कार्यालय राख्ने लगायतका काम हुने जनाउनुभयो ।
यस्तै गैर आवासिय नेपालीहरुलाई १० बर्षको भिसा दिने निर्णय पनि वर्तमानमा ठिकै रहेको र भविश्यमा नागरिकताको सम्वन्धमा कानुन निर्माण गर्दा उचित निर्णय गरिने उहाँको भनाई थियो । कार्यक्रममा एनआरएनए टेक्सास, प्रवासी नेपाली मञ्च,नेपाली जन संम्पर्क मञ्च, पानस अमेरीका लगायतले मन्त्री दाहाल मार्फत नेपाल सरकारलाई आफ्ना सुझाव तथा जिज्ञासा राखेका थिए ।

मन्त्री दाहाल अमेरीका भ्रमणकै क्रममा अमेरिका स्थित नेपालको राजदुतावासमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम समेत सहभागी हुनु भयो । सो कार्यक्रममा अमेरिकामा बस्ने नेपालीहरुका समस्या, नेपाल र अमेरिका विचको सम्वन्ध, नेपालको लागी अमेरिका सँगका व्यापारिक सम्भावनाहरु र दुतावासका आन्तरीक समस्याहरु लगायतका बारेमा छलफल भएको थियो ।

यातायात सम्वन्धि कार्यक्रममा सहभागी हुन अमेरीका जानु भएका मन्त्री दाहाल आज (बिहिबार) स्वदेश फर्कदै हुनुहुन्छ ।

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...