Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

नबिल बैंकका पाँच भिसा कार्डवाहकले जिते भिसा कार्ड इन्टरनेसनलबाट उपहार

Machhapuchchhre Bank Limited

 

काठमाडौँ । भिसा कार्ड इन्टरनेसनलले २०८१ सालको दशैंलाई लक्षित गरी सञ्चालन गरेको ‘Best 25 Visa Spender Campaign’ मा नबिल बैंकका पाँच जना भिसा कार्डवाहक परेका छन् । भिसा कार्डमार्फत सबैभन्दा बढी खर्च गर्ने कार्डवाहकहरू शीर्ष २५ मा परेका हुन् । भाग्यशाली विजेताहरुले एक जोडीका लागि विदेश भ्रमणको दुईतर्फी टिकट प्राप्त गरेको भिसा कार्ड इन्टरनेसनलले बैंकलाई जनाएको छ ।

बैंकले एक कार्यक्रमको आयोजना गरी पाँच विजेताहरुलाई सम्मान तथा उपहार वितरण गरेको थियो । कार्यक्रममा बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य, वरिष्ठ डेपुटी सिइओ मनोजकुमार ज्ञवाली, डेपुटी सिइओ भुपेन्द्र पाण्डे, रिटेल कारोबार प्रमुख निरज शर्माका साथ भिसा कार्ड प्रतिनिधि आशीष चक्रवर्ती लगायतको उपस्थिति थियो ।

नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक हो । बैंकले २४ लाख भन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३२० एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकले ४० वर्ष देखि नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाहरूको सुरुवात गर्दै महत्वपूर्ण भूमिका खेलेको छ । बैंकले नेपालको बैंकिङ विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । बैंकले आधुनिक बैंकिङ युगको सुरुआत गर्दै ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नेतर्फ आफ्नो व्यवसाय केन्द्रित गर्दै आएको छ ।

वार्षिकोत्सवमा सिटिजन्स बैंकको सेवा : घरबारविहीनलाई १८ दिन भोजन, सातै प्रदेशमा स्वास्थ्य सेवा

वार्षिकोत्सवमा सिटिजन्स बैंकको सेवा : घरबारविहीनलाई १८...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:५६

  काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १८ औं...

गणित सिक्ने तरिकालाई रूपान्तरण गर्दै इम्बार्क अनम्याथ

गणित सिक्ने तरिकालाई रूपान्तरण गर्दै इम्बार्क अनम्याथ

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:५२

  काठमाडौँ । गणित विषयलाई अझै पनि परम्परागत रूपमा नै...

बीवाईडी सिगलले जित्यो २०२५ को “वर्ल्ड अर्बन कार अफ द इयर” अवार्ड

बीवाईडी सिगलले जित्यो २०२५ को “वर्ल्ड अर्बन...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:३३

  काठमाडौं । बीवाईडी सिगल अर्थात डल्फिन मिनीले प्रतिष्ठित वर्ल्ड...

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा पाइने

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:२४

काठमाडौं । एनसेलका ग्राहकहरूले एनसेल एपमार्फत अब प्रत्येक रु १००...

फोनपे र टपअप गरौं, आइफोन १६ जितौं : कुमारी बैंक

फोनपे र टपअप गरौं, आइफोन १६ जितौं...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २०:४९

    काठमाडौं । कुमारी बैंक लिमिटेडले नयाँ वर्ष २०८२...

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक सहमतिपछि निर्णयमा पुगे

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १७:२४

  काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको तयारी अन्तिम...