Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

लर्ड बुद्ध एजुकेशन फाउण्डेशनलाई पायोनियर इन्टरनेशनल डिग्री कलेज विधामा पुरस्कार

Machhapuchchhre Bank Limited

 

काठमाडौँ। सूचना प्रविधि सम्बन्धी नेपालको पहिलो कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेशन पायोनियर इन्टरनेशनल डिग्री कलेज विधामा पुरस्कृत भएको छ । फेयर एक्सप्रेस मासिक पत्रिकाले आयोजना गरेको फेयर एक्सप्रेस इन्टरनेशनल एजुकेशन अवार्ड २०२५ मा लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले यो अवार्ड जितेको हो। कुल ४० विधामा उत्कृष्टता हासिल गर्ने शिक्षण संस्थाहरू र शिक्षा क्षेत्रका योगदानदाताहरूमध्ये लर्ड बुद्ध एजुकेशन फाउण्डेशन पायोनियर इन्टरनेशनल डिग्री कलेज विधामा उत्कृष्ट घोषित भएको हो। कार्यक्रममा लर्ड बुद्धसँगै शिक्षा क्षेत्रका अन्य विभिन्न व्यक्तित्व र संस्थाहरू पनि पुरस्कृत भएका थिए ।

कार्यक्रममा शिक्षा क्षेत्रका ६ जना व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। सम्मान प्राप्त गर्नेमा भाषा आयोगका पूर्व अध्यक्ष डा. लवदेव अवस्थी, शिक्षा सेवी इ. डा. मिथिलेश कुमार झा, एजुकेशनल कन्सल्टेन्सी एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष राजेन्द्र बराल, शिक्षाकर्मी डा. देवकान्त जोशी, शिक्षा पत्रकार समाजका पूर्व अध्यक्ष प्रकाश सिलवाल तथा नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठलाई सम्मान प्रदान गरिएको थियो।

कार्यक्रममा नेपालमा गुणस्तरीय शिक्षा सम्भव छ भन्ने घोषणा समेत गरिएको थियो। गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि संसदीय समितिका सभापति अम्बर बहादुर थापा, शिक्षाविद् विद्यानाथ कोइराला, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा, पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल तथा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसिले नेपालमा गुणस्तरीय शिक्षा सम्भव छ लेखिएको पम्पेल्टको प्रदर्शन गरी घोषणा गरेका हुन्।

अवार्ड समारोहमा २० वटा विधामा नेपालका माध्यमिक तथा उच्च शिक्षा अध्ययन अध्यापन गराइरहेको विभिन्न शैक्षिक संस्था तथा विदेश अध्ययनका लागि सहकार्य गर्ने एजुकेशन कन्सल्टेन्सीहरूलाई विभिन्न २० विधा गरी जम्मा ४० विधामा पुरस्कृत गरिएको थियो।

सफल व्यवसायी मिलन बाबु मल्ल डिष्ट्रिक्ट ३२५ जे नेपालको गभर्नरमा निर्वाचित

सफल व्यवसायी मिलन बाबु मल्ल डिष्ट्रिक्ट ३२५...

वि.सं.२०८२ वैशाख ८ सोमवार ०८:४३

  काठमाडौं । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालको आगामी...

प्रभु बैंकको नाफामा वृद्धि, प्रतिशेयर आम्दानीमा सुधार

प्रभु बैंकको नाफामा वृद्धि, प्रतिशेयर आम्दानीमा सुधार

वि.सं.२०८२ वैशाख ८ सोमवार ००:११

  काठमाडौं । प्रभु बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो...

नेपालका वाणिज्य बैंकहरूमा खराब कर्जा बढ्दै, ९ बैंकको एनपिएल ५ प्रतिशत माथि

नेपालका वाणिज्य बैंकहरूमा खराब कर्जा बढ्दै, ९...

वि.सं.२०८२ वैशाख ८ सोमवार ००:०२

  काठमाडौँ। नेपाली बैंकिङ क्षेत्रमा ऋण असुलीको समस्या जटिल बन्दै...

‘रिलायबल समृद्धि योजना’को इकाई खरिदको आवेदन म्याद वैशाख १७ सम्म बढ्यो

‘रिलायबल समृद्धि योजना’को इकाई खरिदको आवेदन म्याद...

वि.सं.२०८२ वैशाख ७ आइतवार २३:५२

  काठमाडौं । ‘रिलायबल समृद्धि योजना’को इकाई खरिदका लागि आवेदन...

सानिमा रिलायन्सको १ लाख ७७ हजार कित्ता शेयर बिक्रीमा

सानिमा रिलायन्सको १ लाख ७७ हजार कित्ता...

वि.सं.२०८२ वैशाख ७ आइतवार २३:४५

  काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले १ लाख...

आईएमई लाइफले सुशिला रोकालाई बनायो बीमा योजनाको सद्भावनादूत

आईएमई लाइफले सुशिला रोकालाई बनायो बीमा योजनाको...

वि.सं.२०८२ वैशाख ७ आइतवार २३:३९

    काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘सरल...