CG Electronics
IME Life
NIMB

नेपालमै उत्पादित ब्रस र मन्जनले मुख सफा गर्ने अवस्था छैन् : प्रधानमन्त्री ओली

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी उत्पादनलाई वृद्धि गर्नका साथै उत्पादित वस्तुको प्रयोग पनि बढाउन आवश्यक रहेको बताएका छन् ।

शुक्रबार नेकपा (एमाले) को जनसंगठन नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय उत्पादन र प्रयोगमा जोड दिँदै देशलाई आत्मनिर्भर बनाउन आग्रह समेत गरे।

उनले भने,‘राष्ट्रिय उत्पादनमा जोड र हाम्रा आवश्यकताहरु उपभोग्य वस्तुहरु हामी आफै तयार गर्न सकौं भन्ने हो । आत्मानिर्भरतामा देशलाई लैजान सकौं भन्ने जोड र निर्यातलाई जोड, आयातलाई प्रतिस्थापन गर्नका लागि धागो उत्पादन कपडा र मोजा उत्पादन गर्न जरुरी छ ।

बिहान उठ्ने वित्तिकै आफ्नै देशको उत्पादन ब्रस र मन्जनले मुख सफा गर्न पाउँदा पनि कति खुसी हुन्थ्यो तर त्यो पनि स्थिति छैन । स्वदेशी उत्पादनलाई वृद्धि गर्नुपर्ने छ । हाम्रा उत्पादीत वस्तुहरुपनि प्रयोग गर्ने जनताले बानी बसालौं ।’

उनले कर्मवीरले असन्तुष्टि व्यक्त नगरी आफ्नो काममा ध्यान दिने उल्लेख गर्दै यस क्षेत्रमा स्वदेशी वस्तुको उत्पादनमा प्रोत्साहनका लागि सरकार तत्पर रहेकोे बताए ।
त्यस्तै उद्योग तथा वाणिज्य आपूर्ति मन्त्री दामोदर भण्डारीले विश्वबजारमा भइरहेको प्रतिस्पर्धाको होडबाजीको बेला नेपालले नेपालले न्युन वस्तुमात्र निर्यात गर्न सकेको गुनासो गरे ।

उनले भने,‘आजको विश्वबजारमा भइरहेको प्रतिस्पर्धा आफ्ना वस्तुको होडबाजी कस्ले कुन सामान बजारमा ल्यायो जस्ता प्रश्नहरुमा नेपालको ट्रेड प्रोमोसनका विषयहरु आज हामीले वस्तु आयात र निर्यातका समस्याहरुलाई हेर्दा न्युन वस्तु निर्यात भइरहेको छ ।’
त्यस्तै उनले सरकारले देशमा औधोगिक तथा व्यवसायीक वातावरण सहज बनाउन आर्थिक क्षेत्रसँग सम्बन्धित एक दर्जन ऐन संशोधन गरिसकेको जानकारी दिए ।

क्यान महासंघका कार्यवाहक अध्यक्षद्वारा नेपाललाई ‘ग्लोबल डिजिटल पावरहाउस’ बनाउने ५ बुँदे प्रतिबद्धता सार्वजनिक

क्यान महासंघका कार्यवाहक अध्यक्षद्वारा नेपाललाई ‘ग्लोबल डिजिटल...

वि.सं.२०८३ जेठ ११ सोमवार २०:४०

  काठमाडौँ।नेपालको सूचना तथा सञ्चार प्रविधि (ICT) क्षेत्रको सर्वोच्च छाता...

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:३१

  काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको गोवामा...

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल तालिका सार्वजनिक, विजेताले २२ हजार रिंगेट पाउने

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:२४

  काठमाडौं । मलेसियाको शाह आलमस्थित प्रसिद्ध पानासोनिक स्टेडियममा ‘दोस्रो...

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल महर्जनको प्रेरणादायी जीवनयात्रा

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:०१

काठमाडौँ । नेपालमा उपभोक्ता अधिकारको आवाज बुलन्द गर्ने अग्रणी व्यक्तित्वमध्ये एक...

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३७

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा...

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार : पूर्वउपाध्यक्ष अधिकारी

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३१

  काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शिवराज अधिकारीले हानिकारक...