Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

नेपालमै उत्पादित ब्रस र मन्जनले मुख सफा गर्ने अवस्था छैन् : प्रधानमन्त्री ओली

Machhapuchchhre Bank Limited

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी उत्पादनलाई वृद्धि गर्नका साथै उत्पादित वस्तुको प्रयोग पनि बढाउन आवश्यक रहेको बताएका छन् ।

शुक्रबार नेकपा (एमाले) को जनसंगठन नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय उत्पादन र प्रयोगमा जोड दिँदै देशलाई आत्मनिर्भर बनाउन आग्रह समेत गरे।

उनले भने,‘राष्ट्रिय उत्पादनमा जोड र हाम्रा आवश्यकताहरु उपभोग्य वस्तुहरु हामी आफै तयार गर्न सकौं भन्ने हो । आत्मानिर्भरतामा देशलाई लैजान सकौं भन्ने जोड र निर्यातलाई जोड, आयातलाई प्रतिस्थापन गर्नका लागि धागो उत्पादन कपडा र मोजा उत्पादन गर्न जरुरी छ ।

बिहान उठ्ने वित्तिकै आफ्नै देशको उत्पादन ब्रस र मन्जनले मुख सफा गर्न पाउँदा पनि कति खुसी हुन्थ्यो तर त्यो पनि स्थिति छैन । स्वदेशी उत्पादनलाई वृद्धि गर्नुपर्ने छ । हाम्रा उत्पादीत वस्तुहरुपनि प्रयोग गर्ने जनताले बानी बसालौं ।’

उनले कर्मवीरले असन्तुष्टि व्यक्त नगरी आफ्नो काममा ध्यान दिने उल्लेख गर्दै यस क्षेत्रमा स्वदेशी वस्तुको उत्पादनमा प्रोत्साहनका लागि सरकार तत्पर रहेकोे बताए ।
त्यस्तै उद्योग तथा वाणिज्य आपूर्ति मन्त्री दामोदर भण्डारीले विश्वबजारमा भइरहेको प्रतिस्पर्धाको होडबाजीको बेला नेपालले नेपालले न्युन वस्तुमात्र निर्यात गर्न सकेको गुनासो गरे ।

उनले भने,‘आजको विश्वबजारमा भइरहेको प्रतिस्पर्धा आफ्ना वस्तुको होडबाजी कस्ले कुन सामान बजारमा ल्यायो जस्ता प्रश्नहरुमा नेपालको ट्रेड प्रोमोसनका विषयहरु आज हामीले वस्तु आयात र निर्यातका समस्याहरुलाई हेर्दा न्युन वस्तु निर्यात भइरहेको छ ।’
त्यस्तै उनले सरकारले देशमा औधोगिक तथा व्यवसायीक वातावरण सहज बनाउन आर्थिक क्षेत्रसँग सम्बन्धित एक दर्जन ऐन संशोधन गरिसकेको जानकारी दिए ।

दूरसञ्चार प्राधिकरण अध्यक्ष भण्डारीविरुद्ध अख्तियारमा उजुरी, कार्यअनुभव कागजात शंकास्पद भन्दै छानबिनको माग

दूरसञ्चार प्राधिकरण अध्यक्ष भण्डारीविरुद्ध अख्तियारमा उजुरी, कार्यअनुभव...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १९:४१

  काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीविरुद्ध अख्तियार...

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक, राजीनामामाथि निर्णय हुने

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक,...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १९:२३

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक, राजीनामामाथि निर्णय हुनेकाठमाडौँ...

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक सहमतिपछि निर्णयमा पुगे

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १७:२४

  काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको तयारी अन्तिम...

गुणाकर भट्टको नामले राष्ट्र बैंकमा तरंग, गर्भनर नियुक्तिमा अन्योल

गुणाकर भट्टको नामले राष्ट्र बैंकमा तरंग, गर्भनर...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १७:०१

  काठमाडौँ । नेपाल राष्ट्र बैंकको गर्भनर पद रिक्त भएको...

फेसबुक– ट्विटर नेपालमा दर्ता हुनुपर्छ, कानुन पालना गर्नुपर्छ : संचारमन्त्री

फेसबुक– ट्विटर नेपालमा दर्ता हुनुपर्छ, कानुन पालना...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १६:५१

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चार...

विज्ञापन बोर्डको अध्यक्ष पदमा दरखास्त आह्वान

विज्ञापन बोर्डको अध्यक्ष पदमा दरखास्त आह्वान

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ०९:१३

  काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञापन बोर्डको...