Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

नेपाल बीमा प्राधिकरणका अध्यक्ष ओझाले बीमा क्षेत्रलाई व्यवस्थित बनाउन सहकार्यको आह्वान

Machhapuchchhre Bank Limited

 

ललितपुर । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा क्षेत्रलाई सुव्यवस्थित, विश्वसनीय र पारदर्शी बनाउनु नै आफ्नो मुख्य प्राथमिकता रहेको बताउँदै यसका लागि सम्बन्धित सबै पक्षहरूसँग सहकार्य गर्न प्राधिकरण तयार रहेको जानकारी दिनुभयो। उहाँले बीमा ऐनले तोकेका जिम्मेवारीहरू पूरा गर्न कर्मचारी युनियनहरू, बीमा कम्पनीहरू र अन्य सरोकारवालाहरूको भूमिका महत्वपूर्ण रहने बताउनुभयो।

आज ललितपुरमा नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनको विशेष अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओझाले बीमा क्षेत्रका समस्याहरू सबै मिलेर समाधान गर्न सकिने बताउनुभयो। उहाँले सरकारले दिएको जिम्मेवारी कामबाट नै पूरा गर्ने र बीमा क्षेत्रमा असल अभ्यासलाई प्रवद्र्धन गर्न सबैसँग मिलेर काम गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो।

यसै कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले कर्मचारीहरूका हक र हितका विषयमा कर्मचारी युनियनहरूसँग सहकार्य गर्न व्यवस्थापन तयार रहेको बताउनुभयो। उहाँले कर्मचारी युनियनहरूले पनि संस्थागत विकासमा सकारात्मक भूमिका खेल्नुपर्ने आवश्यकता रेखाङ्कित गर्नुभयो।

कार्यक्रमको सभापतित्व नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष शम्भु प्रसाद मिश्रले गर्नुभएको थियो। उहाँले पनि बीमा क्षेत्रमा सहकार्य र समन्वयको आवश्यकता बताउँदै युनियनले प्राधिकरणसँग मिलेर काम गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो।

बीमा क्षेत्रलाई अझ पारदर्शी र विश्वसनीय बनाउने प्रयासमा नेपाल बीमा प्राधिकरणले सम्बन्धित सबै पक्षहरूसँग मिलेर काम गर्ने घोषणा गरेको छ। यसले बीमा क्षेत्रमा ग्राहकहरूको विश्वास बढाउन र दिगो विकासमा योगदान दिने अपेक्षा गरिएको छ।

सफल व्यवसायी मिलन बाबु मल्ल डिष्ट्रिक्ट ३२५ जे नेपालको गभर्नरमा निर्वाचित

सफल व्यवसायी मिलन बाबु मल्ल डिष्ट्रिक्ट ३२५...

वि.सं.२०८२ वैशाख ८ सोमवार ०८:४३

  काठमाडौं । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालको आगामी...

प्रभु बैंकको नाफामा वृद्धि, प्रतिशेयर आम्दानीमा सुधार

प्रभु बैंकको नाफामा वृद्धि, प्रतिशेयर आम्दानीमा सुधार

वि.सं.२०८२ वैशाख ८ सोमवार ००:११

  काठमाडौं । प्रभु बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो...

नेपालका वाणिज्य बैंकहरूमा खराब कर्जा बढ्दै, ९ बैंकको एनपिएल ५ प्रतिशत माथि

नेपालका वाणिज्य बैंकहरूमा खराब कर्जा बढ्दै, ९...

वि.सं.२०८२ वैशाख ८ सोमवार ००:०२

  काठमाडौँ। नेपाली बैंकिङ क्षेत्रमा ऋण असुलीको समस्या जटिल बन्दै...

‘रिलायबल समृद्धि योजना’को इकाई खरिदको आवेदन म्याद वैशाख १७ सम्म बढ्यो

‘रिलायबल समृद्धि योजना’को इकाई खरिदको आवेदन म्याद...

वि.सं.२०८२ वैशाख ७ आइतवार २३:५२

  काठमाडौं । ‘रिलायबल समृद्धि योजना’को इकाई खरिदका लागि आवेदन...

सानिमा रिलायन्सको १ लाख ७७ हजार कित्ता शेयर बिक्रीमा

सानिमा रिलायन्सको १ लाख ७७ हजार कित्ता...

वि.सं.२०८२ वैशाख ७ आइतवार २३:४५

  काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले १ लाख...

आईएमई लाइफले सुशिला रोकालाई बनायो बीमा योजनाको सद्भावनादूत

आईएमई लाइफले सुशिला रोकालाई बनायो बीमा योजनाको...

वि.सं.२०८२ वैशाख ७ आइतवार २३:३९

    काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘सरल...