CG Electronics
IME Life
NIMB

नेपाल बीमा प्राधिकरणका अध्यक्ष ओझाले बीमा क्षेत्रलाई व्यवस्थित बनाउन सहकार्यको आह्वान

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

ललितपुर । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा क्षेत्रलाई सुव्यवस्थित, विश्वसनीय र पारदर्शी बनाउनु नै आफ्नो मुख्य प्राथमिकता रहेको बताउँदै यसका लागि सम्बन्धित सबै पक्षहरूसँग सहकार्य गर्न प्राधिकरण तयार रहेको जानकारी दिनुभयो। उहाँले बीमा ऐनले तोकेका जिम्मेवारीहरू पूरा गर्न कर्मचारी युनियनहरू, बीमा कम्पनीहरू र अन्य सरोकारवालाहरूको भूमिका महत्वपूर्ण रहने बताउनुभयो।

आज ललितपुरमा नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनको विशेष अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओझाले बीमा क्षेत्रका समस्याहरू सबै मिलेर समाधान गर्न सकिने बताउनुभयो। उहाँले सरकारले दिएको जिम्मेवारी कामबाट नै पूरा गर्ने र बीमा क्षेत्रमा असल अभ्यासलाई प्रवद्र्धन गर्न सबैसँग मिलेर काम गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो।

यसै कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले कर्मचारीहरूका हक र हितका विषयमा कर्मचारी युनियनहरूसँग सहकार्य गर्न व्यवस्थापन तयार रहेको बताउनुभयो। उहाँले कर्मचारी युनियनहरूले पनि संस्थागत विकासमा सकारात्मक भूमिका खेल्नुपर्ने आवश्यकता रेखाङ्कित गर्नुभयो।

कार्यक्रमको सभापतित्व नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष शम्भु प्रसाद मिश्रले गर्नुभएको थियो। उहाँले पनि बीमा क्षेत्रमा सहकार्य र समन्वयको आवश्यकता बताउँदै युनियनले प्राधिकरणसँग मिलेर काम गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो।

बीमा क्षेत्रलाई अझ पारदर्शी र विश्वसनीय बनाउने प्रयासमा नेपाल बीमा प्राधिकरणले सम्बन्धित सबै पक्षहरूसँग मिलेर काम गर्ने घोषणा गरेको छ। यसले बीमा क्षेत्रमा ग्राहकहरूको विश्वास बढाउन र दिगो विकासमा योगदान दिने अपेक्षा गरिएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि,...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:५५

  काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:०४

काठमाडौं । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक...

एनएमबि बैंकद्वारा ४० जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

एनएमबि बैंकद्वारा ४० जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:००

  काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)...

टेलि डिजिटलद्वारा ‘द कनभरफरेन्स’ आयोजना, नेपालमा ह्वाट्सएप बिजनेस एपीआई विस्तारमा जोड

टेलि डिजिटलद्वारा ‘द कनभरफरेन्स’ आयोजना, नेपालमा ह्वाट्सएप...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:५१

  काठमाडौँ । टेलि डिजिटल सर्भिसेस प्रालि ले मेटासँगको सहकार्यमा...

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता, स्वास्थ्य शिविरदेखि रक्तदानसम्मका कार्यक्रम सम्पन्न

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता,...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:३८

  काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेड ले ३२औँ वार्षिकोत्सवको...

पाल्पामा सहकारी सञ्चालकलाई निर्जीवन बीमासम्बन्धी सचेतना

पाल्पामा सहकारी सञ्चालकलाई निर्जीवन बीमासम्बन्धी सचेतना

वि.सं.२०८३ जेठ ११ सोमवार २१:३१

  पाल्पा । सहकारी संस्थाको संस्थागत संरक्षण, निर्जीवन बीमा सचेतना...