ntc.net.np
Ncell NPL
NIMB

इटहरीको व्यापारिक भवनमा ६ घण्टासम्म दन्किएको आगो, दिनभर के के भयो ?

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

इटहरी । कोशी प्रदेशको प्रमुख मध्येको एक व्यापारिक केन्द्र इटहरीको व्यापारिक भवन (सेन्ट्रल प्लाजा)मा बिहान ९ बजेपछि आगलागी सुरु भयो । प्लाजाको पाँचौँ तलामा लागेको आगो पूर्णरुपमा नियन्त्रणमा आउन ६ घण्टा लागेको थियो ।

जुन तलाको संरचना आगोका कारण पूर्णरूपमा क्षतिग्रस्त हुनुका साथै आगलागीका कारण भवन भित्रका अन्य संरचनाहरूमा समेत असर गरेको छ ।

इलाका प्रहरी कार्यालय भन्दा २५० मिटर पश्चिममा लागेको आगो नियन्त्रणको लागी इलाका प्रहरी कार्यालयबाट डिएसपी लक्ष्मी भण्डारीको नेतृत्वमा २५ जनाको प्रहरी टोली तत्काल खटिएको थियो ।

आगलागी भए लगतै २०० मिटरको दुरीमा रहेको इटहरी उपमहानगरपालिकाको २ वटा दमकल र एउटा रोड वासर समेतको साहयताले आगो निभाउने प्रयास गर्याे । तर, नियन्त्रणका लागि सम्भव भएन ।

आगो दन्किँदै गएपछि भवन बाहिरपट्टिको सिसा फुट्न थाल्यो दमकलले सिसा फुटेको स्थानहरूबाट पानी त हाल्यो तर पानी मुनिबाट माथितर्फ हालिएकोले गर्दा प्रभावकारी रूपमा भित्र सम्म पुग्न सकेन ।

इटहरी उपमहानगरपालिकाको २ वटै दमकलले पानी हालिसक्दा पनि आगो निभाउन सकिएन । त्यस पश्चात् सुनसरी र मोरङका विभिन्न पालिकाहरूका दमकल आउन थाले । अग्लो तलामा आगो लागेकाले तलबाट फोर्स सहित हालेको पानीले आगो निभाउन सकेन । विभिन्न पालिकाका करिब आधा दर्जन दमकलले इटहरी उपमहानगरपालिका परिसरको मेची काली पोखरीबाट पानी भर्दै आगोमा पानी हाल्दै गए तर आगो नियन्त्रणमा आउनुको साटो दन्किरह्यो ।

आगलागीको एक घण्टा बितिसक्दा समेत दमकलको पानीले नियन्त्रणमा नआएपछि थप मद्दत गर्न कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट प्रहरी वरिष्ठ उपरीक्षक भीम दाहाल, जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाको नेतृत्वमा ७० जना प्रहरी खटिएका थिए ।

त्यसैगरी, सशस्त्र प्रहरी ४ नं. हेडक्वार्टरबाट प्रहरी उपरीक्षक निर्मल कुमार थापाको कमान्डमा ७७ जना, नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीबाट प्रहरी उपरीक्षक विनोद घिमिरेको कमान्डमा ७५ जना, नेपाली सेनाको भगवती दल इटहरीबाट सेनानी शुभसम्शेर जबरा नेतृत्वमा ५० जना र नेपाल प्रहरी विशेष सुरक्षा गण, दुहबीबाट प्रहरी निरीक्षक गजेन्द्र कटवाल नेतृत्वमा ५० जना थप सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

इटहरीमै रहेको पूर्वी पृतना र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरू आएपछि आगलागी भएका माथिल्ला तलाहरूमा फसेका व्यक्तिहरूको उद्धारको लागी प्रयास थालियो । दिनभरको प्रयासबाट ११ जनाको उद्धार समेत भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।

उद्धारका लागी काठमाडौँबाट हेलिकप्टर समेत आएको थियो । भवनको सबैभन्दा माथिको भागमा मानिसहरू रहेको हुनसक्ने आशङ्का गर्दै नेपाली सेनाको हेलिकप्टर झिकाइएको थियो ।

आगो निभाउन इटहरी, दुहबी, रामधुनी, धरान, बेलबारी, इनरुवा, वराहक्षेत्र, विराटनगर लगायतका १२ वटा दमकलको प्रयोग गरिएको थियो ।
अन्ततः करिब ६ घण्टापछि १२ वटा दमकल र ३४७ जना सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।

कोशी प्रदेशकै मुटुमा रहेको इटहरीको व्यापारिक भवनमा लागेको आगो नियन्त्रणमा लिन ६ घण्टासम्म लाग्नुले विपद् नियन्त्रणमा सरकारको क्षमता नरहेको इटहरीका स्थानीयले गुनासो गरेका छन् ।

इटहरीमा लामो समय देखी व्यापार गर्दै आएका एक व्यवसायी आगलागी नियन्त्रणको लागी तलबाट पनि हाल्दा ननिभेपछि क्रेन बोलाएको बताउँछन् ।

४ घण्टा पछि मात्र क्रेन आउँदा आगो निभाउन समस्या भएको र आगो नियन्त्रणका लागि स्थानीय तथा कोशी प्रदेश सरकारसँग पर्याप्त स्रोत साधन नहुँदा धेरै क्षति भएको गुनासो उनले गरे ।

प्रहरीले भने आगलागी नियन्त्रणमा आएपछि क्षतिको विवरण सङ्कलन गरिरहेको जनाएको छ ।

अटिजम केयर नेपालः अटिजम भएका र अभिभावकको भरोसाको सारथी

अटिजम केयर नेपालः अटिजम भएका र अभिभावकको...

वि.सं.२०८२ चैत २९ आइतवार १३:५६

काठमाडौं । हरेक बिहान एउटा आमा आफ्नो बच्चालाई स्कुल जान...

कानुन निर्माण र संसोधनको काम फाष्ट ट्रयाकमा हुन्छ :सभामुख अर्याल

कानुन निर्माण र संसोधनको काम फाष्ट ट्रयाकमा...

वि.सं.२०८२ चैत २९ आइतवार १३:३१

  काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले अब कानुन निर्माण र...

एकता शाहको एमबिबिएस अध्ययनको विषयमा सम्प्रेषित समाचारप्रति शिक्षा मन्त्रालयको ध्यानाकर्षण

एकता शाहको एमबिबिएस अध्ययनको विषयमा सम्प्रेषित समाचारप्रति...

वि.सं.२०८२ चैत २८ शनिवार २०:०९

  काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जेनजी आन्दोलनमा...

अर्थतन्त्रमा ‘जेन–जी’ आन्दोलन र बाह्य द्वन्द्वको असरः आर्थिक वृद्धिदर २.७ प्रतिशतमा खुम्चिँदै

अर्थतन्त्रमा ‘जेन–जी’ आन्दोलन र बाह्य द्वन्द्वको असरः...

वि.सं.२०८२ चैत २८ शनिवार १९:२१

  काठमाडौं । नेपालको अर्थतन्त्रले पछिल्लो समय आन्तरिक राजनीतिक हलचल...

इस्लामाबादमा अमेरिका–इरान ऐतिहासिक वार्ताको तयारी, युद्ध रोक्ने प्रयास

इस्लामाबादमा अमेरिका–इरान ऐतिहासिक वार्ताको तयारी, युद्ध रोक्ने...

वि.सं.२०८२ चैत २७ शुक्रवार २१:१०

  एजेन्सी । हालै घोषणा गरिएको दुई हप्ताको युद्धविरामपछि मध्यपूर्वमा...

मंगलबजारमा छुरा प्रहार प्रकरण : रिस नियन्त्रण गर्न नसक्दाको घातक परिणाम

मंगलबजारमा छुरा प्रहार प्रकरण : रिस नियन्त्रण...

वि.सं.२०८२ चैत २७ शुक्रवार २०:५२

काठमाडौं । ललितपुर महानगरपालिका–१२ मंगलबजारस्थित कृष्ण मन्दिर अगाडि बुधबार एक...