Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

बीमाङ्कीय विज्ञता विकासका लागि ललितपुरमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

 

ललितपुर । नेपाल बीमा प्राधिकरण, संयुक्त अधिराज्यस्थित इन्स्टिच्युट एण्ड फ्याकल्टी अफ एक्च्युरिज (आईएफओए) र एक्च्युरियल सोसाइटी अफ नेपालको संयुक्त आयोजनामा नेपालमा बीमाङ्कीय विज्ञताको विकाससम्बन्धी अन्तक्र्रिया कार्यक्रम आज ललितपुरमा सम्पन्न भएको छ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरण, आईएफओए, ग्लोवल एक्च्युरियल इनिसिटिभ (जीएआईएन), बीमा कम्पनीका प्रतिनिधि, एक्च्युरियल सोसाइटी अफ नेपालका सदस्य तथा बीमाङ्कीय विश्लेषकहरूबीच बीमाङ्कीय विज्ञताको विकास र नेपालमा यसको आवश्यकताका बारेमा गहन छलफल गरिएको थियो।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमाङ्कीहरूको भूमिका बीमा व्यवसायको प्रकृति र जटिलताका कारण झनै महत्वपूर्ण रहेको उल्लेख गर्दै बीमा व्यवसायलाई थप गति दिन तथा बीमितहरूलाई विश्वसनीय वातावरण उपलब्ध गराउन सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो। उहाँले कार्यक्रममा व्यक्त भएका नयाँ दृष्टिकोण र विचारहरूले बीमाङ्कीय पेशालाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा क्षेत्रमा वित्तीय स्थायित्व सुनिश्चित गर्न, जोखिम व्यवस्थापनलाई प्रभावकारी बनाउन तथा दिगो वृद्धि हासिल गर्न बीमाङ्कीहरूको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो। साथै, नेपालमा बीमाङ्कीहरूको न्यून संख्याका कारण देखिएका चुनौतीहरूलाई सम्बोधन गर्न प्राधिकरणले क्षमता अभिवृद्धि कार्यक्रम, अन्तर्राष्ट्रिय साझेदारी तथा नियामकीय संरचना सुदृढीकरणका पहलहरू गरिरहेको जानकारी दिनुभयो।

आईएफओएका अध्यक्ष कार्टिना ताहिर थोम्सनले नेपालमा बीमाङ्कीय विज्ञता विकासका लागि नेपाल बीमा प्राधिकरणले गरेका प्रयासहरूको प्रशंसा गर्दै आवश्यक सहयोगका लागि तत्पर रहेको बताउनुभयो। जीएआईएनका निर्देशक क्विनी चोउले नेपाल बीमा प्राधिकरणसँगको सहकार्यबाट आफूहरू उत्साहित रहेको जनाउँदै आगामी दिनमा यो सहकार्यलाई अझ सघन रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुंगेल (अधिकारी) ले नेपालमा बीमाङ्कीय दक्षता अभिवृद्धि गर्न प्राधिकरणले चालेका विभिन्न कदम तथा जीएआईएनसँगको सहकार्यबाट प्राप्त उपलब्धिहरूका बारेमा प्रस्तुति दिनुभएको थियो।

उक्त कार्यक्रममा नेपाल बीमा प्राधिकरणका पदाधिकारी, आईएफओएका प्रतिनिधि, ग्लोबल एक्च्युरियल इनिसिएटिभका सदस्य, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका पदाधिकारी, एक्च्युरियल सोसाइटी अफ नेपालका सदस्य, त्रिभुवन विश्वविद्यालयका एक्च्युरियल विज्ञानका विद्यार्थी, बीमा कम्पनी, लघुबीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका एक्च्युरियल प्रवन्धक र विश्लेषकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सेवा हाईड्रो लिमिटेडले आईपीओ निष्कासनका लागि विशेष प्रस्तावसहित साधारण सभा बोलायो

सेवा हाईड्रो लिमिटेडले आईपीओ निष्कासनका लागि विशेष...

वि.सं.२०८२ मंसिर ३ बुधवार ०८:२९

काठमाडौं । सेवा हाईड्रो लिमिटेडले आईपीओ निष्कासनसम्बन्धी विशेष प्रस्ताव पारित...

ग्रीनेदी इनर्जी लिमिटेडले आईपीओ निष्कासनका लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त

ग्रीनेदी इनर्जी लिमिटेडले आईपीओ निष्कासनका लागि प्रभु...

वि.सं.२०८२ मंसिर ३ बुधवार ०८:२३

  काठमाडौँ । ग्रीनेदी इनर्जी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)...

अल्टिमेट एआई पार्टी फोन – रियलमी १५ प्रो ५जी नेपालमा सार्वजनिक

अल्टिमेट एआई पार्टी फोन – रियलमी १५...

वि.सं.२०८२ मंसिर २ मंगलवार २३:२८

काठमाडौं, नेपाल — विश्वप्रसिद्ध स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नयाँ मोडेल...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उत्कृष्ट करदाता सम्मानित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उत्कृष्ट करदाता सम्मानित

वि.सं.२०८२ मंसिर १ सोमवार २३:२२

  काठमाडौं । बैंक, वित्तीय संस्था र बीमा क्षेत्रमा उत्कृष्ट...

क्यान अध्यक्ष पाण्डेको विधान विपरित कार्यबाहक नियुक्ति विवादमा

क्यान अध्यक्ष पाण्डेको विधान विपरित कार्यबाहक नियुक्ति...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:३९

  काठमाडौं — कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघकी अध्यक्ष...

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस : चन्द्र ढकाल

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:२३

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले...