CG Electronics
IME Life
NIMB

बीमाङ्कीय विज्ञता विकासका लागि ललितपुरमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न

NIMB
Himalayan Bank

 

ललितपुर । नेपाल बीमा प्राधिकरण, संयुक्त अधिराज्यस्थित इन्स्टिच्युट एण्ड फ्याकल्टी अफ एक्च्युरिज (आईएफओए) र एक्च्युरियल सोसाइटी अफ नेपालको संयुक्त आयोजनामा नेपालमा बीमाङ्कीय विज्ञताको विकाससम्बन्धी अन्तक्र्रिया कार्यक्रम आज ललितपुरमा सम्पन्न भएको छ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरण, आईएफओए, ग्लोवल एक्च्युरियल इनिसिटिभ (जीएआईएन), बीमा कम्पनीका प्रतिनिधि, एक्च्युरियल सोसाइटी अफ नेपालका सदस्य तथा बीमाङ्कीय विश्लेषकहरूबीच बीमाङ्कीय विज्ञताको विकास र नेपालमा यसको आवश्यकताका बारेमा गहन छलफल गरिएको थियो।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमाङ्कीहरूको भूमिका बीमा व्यवसायको प्रकृति र जटिलताका कारण झनै महत्वपूर्ण रहेको उल्लेख गर्दै बीमा व्यवसायलाई थप गति दिन तथा बीमितहरूलाई विश्वसनीय वातावरण उपलब्ध गराउन सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो। उहाँले कार्यक्रममा व्यक्त भएका नयाँ दृष्टिकोण र विचारहरूले बीमाङ्कीय पेशालाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा क्षेत्रमा वित्तीय स्थायित्व सुनिश्चित गर्न, जोखिम व्यवस्थापनलाई प्रभावकारी बनाउन तथा दिगो वृद्धि हासिल गर्न बीमाङ्कीहरूको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो। साथै, नेपालमा बीमाङ्कीहरूको न्यून संख्याका कारण देखिएका चुनौतीहरूलाई सम्बोधन गर्न प्राधिकरणले क्षमता अभिवृद्धि कार्यक्रम, अन्तर्राष्ट्रिय साझेदारी तथा नियामकीय संरचना सुदृढीकरणका पहलहरू गरिरहेको जानकारी दिनुभयो।

आईएफओएका अध्यक्ष कार्टिना ताहिर थोम्सनले नेपालमा बीमाङ्कीय विज्ञता विकासका लागि नेपाल बीमा प्राधिकरणले गरेका प्रयासहरूको प्रशंसा गर्दै आवश्यक सहयोगका लागि तत्पर रहेको बताउनुभयो। जीएआईएनका निर्देशक क्विनी चोउले नेपाल बीमा प्राधिकरणसँगको सहकार्यबाट आफूहरू उत्साहित रहेको जनाउँदै आगामी दिनमा यो सहकार्यलाई अझ सघन रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुंगेल (अधिकारी) ले नेपालमा बीमाङ्कीय दक्षता अभिवृद्धि गर्न प्राधिकरणले चालेका विभिन्न कदम तथा जीएआईएनसँगको सहकार्यबाट प्राप्त उपलब्धिहरूका बारेमा प्रस्तुति दिनुभएको थियो।

उक्त कार्यक्रममा नेपाल बीमा प्राधिकरणका पदाधिकारी, आईएफओएका प्रतिनिधि, ग्लोबल एक्च्युरियल इनिसिएटिभका सदस्य, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका पदाधिकारी, एक्च्युरियल सोसाइटी अफ नेपालका सदस्य, त्रिभुवन विश्वविद्यालयका एक्च्युरियल विज्ञानका विद्यार्थी, बीमा कम्पनी, लघुबीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका एक्च्युरियल प्रवन्धक र विश्लेषकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...

इनड्राइभको ‘क्रिएटर्स भेटघाट’: ६ उत्कृष्ट कन्टेन्ट आइडियालाई आर्थिक सहयोग गर्ने घोषणा

इनड्राइभको ‘क्रिएटर्स भेटघाट’: ६ उत्कृष्ट कन्टेन्ट आइडियालाई...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:००

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एक वर्षमा रु. ५ अर्ब ४२ करोड बीमा शुल्क संकलन, रु. ४ अर्ब ९६ करोड दाबी भुक्तानी

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एक वर्षमा रु. ५...

वि.सं.२०८३ साउन ११ सोमवार ०७:५४

  काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३...

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट सम्मानित महालक्ष्मी विकास बैंक

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट...

वि.सं.२०८३ साउन १० आइतवार २२:२६

  काठमाडौं । महालक्ष्मी विकास बैंकले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मान...

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

वि.सं.२०८३ साउन १० आइतवार २२:२३

  काठमाडौं । दक्षिण एसियाली नेटवर्क अपरेटर्स ग्रुप (सानोग)को ४४औं...

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा फेसलिफ्ट, प्रारम्भिक मूल्य ७.३९ लाख भारु

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा...

वि.सं.२०८३ साउन १० आइतवार २१:५२

काठमाडौं । मारुती सुजुकीले भारतीय बजारमा २०२६ ब्रेजा फेसलिफ्ट आधिकारिक...