CG Electronics
IME Life
NIMB

रियलमी सि ७५ नेपालमा सार्वजनिक

NIMB
Himalayan Bank

 

काठमाडौं । विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले नयाँ रियलमी सि ७५ नेपालमा सार्वजनिक गरेको छ । अत्याधिक मजबुत बनावट, उच्च प्रदर्शन र आधुनिक विशेषताहरू सहितको रियलमी सि ७५ ले यस सेग्मेन्टमा नयाँ मापदण्ड कायम गर्नेछ ।

अत्याधिक टिकाउपन
रियलमी सि ७५ लाई जस्तो सुकै परिस्थितिहरू सामना गर्न निर्माण गरिएको छ । आईपी ६९ प्रमाणीकरण प्राप्त यो स्मार्टफोन धुलो र पानी प्रतिरोधी रहेको छ । आर्मरसियल ग्लासले यसलाई २६०% बढी ड्रप रेजिस्ट्यान्ट र ४००% बढी स्क्राच रेजिस्ट्यान्ट बनाउँछ । साथै यो स्मार्टफोन एक्कासी खस्दा, कम्पन हुँदा र चरम तापक्रमहरु पनि सहन सक्षम रहेको कम्पनीको दाबी छ ।

६००० एमएएच ब्याट्री र ४५ वाट फास्ट चार्जिङ
रियलमी सि ७५ मा रहेको ६००० एमएएच ब्याट्रीले ५० घण्टाभन्दा बढी कल टाइम, १८ घण्टा भिडियो प्लेब्याक, र ६० दिनको स्ट्यान्डबाई टाइम प्रदान गर्छ । साथमा यसको ४५ वाटको फास्ट चार्जिङ प्रविधिले मात्र ३० मिनेटमै यसलाई ५०% चार्ज गर्न सक्छ ।

शक्तिशाली प्रदर्शन
रियलमी सि ७५ ले मेडियाटेक हेलियो जि ९२ म्याक्स प्रोसेसर प्रयोग गरिएको छ जसले सहजै गेमिङ गर्न, छिटो एप चलाउन र सहज रूपमा अन्य धेरै कार्य गर्न मद्दत गर्छ । यसमा ८ गिगाबाइट डाइनामिक मेमोरीको साथमा १६ जिबीसम्म मेमोरी विस्तार गर्न सकिने विशेषता रहेको छ । १२८ जीबी र २५६ जीबी स्टोरेज अपसन रहेको यस स्मार्टफोनले माइक्रोएसडी कार्ड पनि समर्थन गर्दछ ।

स्मूथ र इमर्सिभ अनुभव
६.७२ इन्चको फुल एचडी डिस्प्ले सहितको रियलमी सि ७५ ले ९० हर्जको रिफ्रेस रेट प्रदान गर्छ जसले स्मूथ स्क्रोलिङ, जीवन्त कदरहरू र उत्कृष्ट भिजुअल अनुभव सुनिश्चित गर्छ । ६८० निट्सको उच्चतम ब्राइटनेसले प्रत्यक्ष घाममा पनि उत्कृष्ट डिस्प्ले प्रदान गर्छ ।

एआई फोटोग्राफी
५० मेगापिक्सेलको एआई क्यामाराले उच्च–रेजोल्युसन, स्पष्ट र भाइब्रान्ट फोटोहरू प्रदान गर्दछ । एआई नाइट मोडले कम लाइटिङमा समेत उत्कृष्ट फोटोग्राफी अनुभव प्रदान गर्छ । ८ मेगापिक्सेलको एआई ब्युटी प्रन्ट क्यामाराले प्राकृतिक र उत्कृष्ट सेल्फीहरू खिच्न मद्दत गर्छ ।

एआई स्मार्ट अनुभव
रियलमी सि ७५ का अन्य एआई फिचरले यस स्मार्टफोन प्रयोग गर्न बग्लै अनुभव प्रदान गर्दछ । एआई स्मार्ट लूपले ब्याकग्राउन्डमा चल्ने प्रक्रियाहरूलाई व्यवस्थापन गरेर ब्याट्री जीवनमा सुधार ल्याउँछ । एआई क्लियर फेसले भिडियो कलमा अनुहार अझ स्पष्ट देखाउँछ । एआई स्मार्ट मोसन जेस्चरको साथमा सामान्य हातको संकेतहरूबाट फोन नियन्त्रण गर्न सकिन्छ ।

 

 

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र बुझाइयो

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र...

वि.सं.२०८३ असार २९ सोमवार २१:५३

  काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा...

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...