Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

उपाय वेयरहाउजिङ्गको सुरुवात, वित्तीय व्यवस्थापन समापनको घोषणा

Machhapuchchhre Bank Limited

काठमाडौं । प्रविधिको प्रयोगबाट परिचालित लजिस्टिक कम्पनी उपायले आफ्नो थर्ड पार्टी लजिस्टिक्स (थ्री पिएल) वेयरहाउस व्यवसाय विस्तार गर्ने योजना सार्वज्निक गरेको छ । उपायको नयाँ थ्री पिएल वेयरहाउस बनेपा नगरपालिका, वडा नं १३, नेपाल प्रहरी स्कूल नजिकै, अरनिको राजमार्गसँगै करिब १८ रोपनी (लगभग १ लाख वर्गफुट) कम्पनीको आफ्नै जग्गामा हुनेछ।

नेपालको लजिस्टिक्स क्षेत्रमा प्रविधि र पूर्वाधारको कमीलाई महसुस गर्दै, उपायले आफ्नो पहिलो थ्री पिएल वेयरहाउस निर्माण गर्न लागेको हो। यो वेयरहाउसको निर्माण कार्य सन् २०२५ अप्रिलबाट शुरु हुने अपेक्षा गरिएको छ र २०२६ को अन्त्यसम्ममा सम्पन्न गर्ने लक्ष्य कम्पनीले राखेको छ।

उपायले निर्माण गर्न लागेको यो घएी वेयरहाउस परियोजनाको अनुमानित लागत १.२ अर्ब नेपाली रुपैयाँ (१२० करोड रुपैयाँ) रहेको छ। कम्पनीले यही कार्यक्रममा सिटिजन्स् बैंक इन्टरनेशनलको नेतृत्वमा माछापुच्छ्रे बैंकको सहभागिता सहित ९५ करोड रुपैयाँको कन्सोर्टियम ऋण व्यवस्थापनको सफल फाइनान्सियल क्लोजर सम्पन्न भएको घोषणा पनि गरेको छ।

 

यस वेयरहाउस परियोजनामा डोल्मा इम्प्याक्ट फण्ड-२ तथा अन्य लगानीकर्ताहरूले पुँजी लगानीमा सहभागिता जनाउने जानकारी पनि यस कार्यक्रम मार्फत दिइएको छ।

कार्यक्रममा कन्सोर्टियम ऋणका अगुवाई सिटिजन्स् बैंक इन्टरनेशनलका प्रमुख कार्यकारी गणेश राज पोखरेलले भने, “नेपालमा वेयरहाउस ईन्फ्रास्ट्रक्चरको अपार सम्भावना छ। यो परियोजना नेपालको पूर्वाधार क्षेत्रको विकासका लागि महत्वपूर्ण आधार बन्नेछ।”

उपायले निर्माण गर्न लागेको वेयरहाउसले विभिन्न प्रकारका ग्राहक जस्तै फास्ट मुभिङ्ग कनज्युमर गुड्स, फास्ट मुभिङ्ग कनज्युमर ड्यूरेबल्स, ई-कमर्स, क्विक कमर्स, खुद्रा चेन स्टोर, लुगाफाटा र जुत्तार सौन्दर्य सामग्री, इलेक्ट्रोनिक्स, तथा अटो पार्ट्सको ईन्भेन्टरी व्यवस्थापनको कार्य गर्नेछ।

प्रस्तावित वेयरहाउसको ग्राउन्ड कभरेज ४५,००० वर्गफुट हुनेछ र कुल भण्डारण क्षमता १ लाख वर्गफुटभन्दा बढी रहनेछ। उपायको थ्री पिएल वेयरहाउस अत्याधुनिक पूर्वाधारयुक्त हुनेछ, जसमा ए ग्रेड प्रि-इन्जिनियर्ड बिल्डिङ स्टिल संरचना प्रयोग गरिनेछ, जसले भूकम्पबाट हुने क्षति न्यूनिकरण समेत गर्नेछ।

साथै, यसमा हाई डेन्सिटी स्याकिङ् र मल्टी टायर सिल्भिकसहित ग्राहकहरूको आवश्यकता अनुसार डिजाइन गर्न मिल्ने ‘विल्ट टु सुट’ सुविधा उपलब्ध गराइनेछ।

वार्षिकोत्सवमा सिटिजन्स बैंकको सेवा : घरबारविहीनलाई १८ दिन भोजन, सातै प्रदेशमा स्वास्थ्य सेवा

वार्षिकोत्सवमा सिटिजन्स बैंकको सेवा : घरबारविहीनलाई १८...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:५६

  काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १८ औं...

गणित सिक्ने तरिकालाई रूपान्तरण गर्दै इम्बार्क अनम्याथ

गणित सिक्ने तरिकालाई रूपान्तरण गर्दै इम्बार्क अनम्याथ

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:५२

  काठमाडौँ । गणित विषयलाई अझै पनि परम्परागत रूपमा नै...

बीवाईडी सिगलले जित्यो २०२५ को “वर्ल्ड अर्बन कार अफ द इयर” अवार्ड

बीवाईडी सिगलले जित्यो २०२५ को “वर्ल्ड अर्बन...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:३३

  काठमाडौं । बीवाईडी सिगल अर्थात डल्फिन मिनीले प्रतिष्ठित वर्ल्ड...

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा पाइने

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:२४

काठमाडौं । एनसेलका ग्राहकहरूले एनसेल एपमार्फत अब प्रत्येक रु १००...

फोनपे र टपअप गरौं, आइफोन १६ जितौं : कुमारी बैंक

फोनपे र टपअप गरौं, आइफोन १६ जितौं...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २०:४९

    काठमाडौं । कुमारी बैंक लिमिटेडले नयाँ वर्ष २०८२...

सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा मूल्य समायोजन

सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा मूल्य...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ०९:३६

  काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सन नेपाल...