CG Electronics
IME Life
NIMB

उपाय वेयरहाउजिङ्गको सुरुवात, वित्तीय व्यवस्थापन समापनको घोषणा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । प्रविधिको प्रयोगबाट परिचालित लजिस्टिक कम्पनी उपायले आफ्नो थर्ड पार्टी लजिस्टिक्स (थ्री पिएल) वेयरहाउस व्यवसाय विस्तार गर्ने योजना सार्वज्निक गरेको छ । उपायको नयाँ थ्री पिएल वेयरहाउस बनेपा नगरपालिका, वडा नं १३, नेपाल प्रहरी स्कूल नजिकै, अरनिको राजमार्गसँगै करिब १८ रोपनी (लगभग १ लाख वर्गफुट) कम्पनीको आफ्नै जग्गामा हुनेछ।

नेपालको लजिस्टिक्स क्षेत्रमा प्रविधि र पूर्वाधारको कमीलाई महसुस गर्दै, उपायले आफ्नो पहिलो थ्री पिएल वेयरहाउस निर्माण गर्न लागेको हो। यो वेयरहाउसको निर्माण कार्य सन् २०२५ अप्रिलबाट शुरु हुने अपेक्षा गरिएको छ र २०२६ को अन्त्यसम्ममा सम्पन्न गर्ने लक्ष्य कम्पनीले राखेको छ।

उपायले निर्माण गर्न लागेको यो घएी वेयरहाउस परियोजनाको अनुमानित लागत १.२ अर्ब नेपाली रुपैयाँ (१२० करोड रुपैयाँ) रहेको छ। कम्पनीले यही कार्यक्रममा सिटिजन्स् बैंक इन्टरनेशनलको नेतृत्वमा माछापुच्छ्रे बैंकको सहभागिता सहित ९५ करोड रुपैयाँको कन्सोर्टियम ऋण व्यवस्थापनको सफल फाइनान्सियल क्लोजर सम्पन्न भएको घोषणा पनि गरेको छ।

 

यस वेयरहाउस परियोजनामा डोल्मा इम्प्याक्ट फण्ड-२ तथा अन्य लगानीकर्ताहरूले पुँजी लगानीमा सहभागिता जनाउने जानकारी पनि यस कार्यक्रम मार्फत दिइएको छ।

कार्यक्रममा कन्सोर्टियम ऋणका अगुवाई सिटिजन्स् बैंक इन्टरनेशनलका प्रमुख कार्यकारी गणेश राज पोखरेलले भने, “नेपालमा वेयरहाउस ईन्फ्रास्ट्रक्चरको अपार सम्भावना छ। यो परियोजना नेपालको पूर्वाधार क्षेत्रको विकासका लागि महत्वपूर्ण आधार बन्नेछ।”

उपायले निर्माण गर्न लागेको वेयरहाउसले विभिन्न प्रकारका ग्राहक जस्तै फास्ट मुभिङ्ग कनज्युमर गुड्स, फास्ट मुभिङ्ग कनज्युमर ड्यूरेबल्स, ई-कमर्स, क्विक कमर्स, खुद्रा चेन स्टोर, लुगाफाटा र जुत्तार सौन्दर्य सामग्री, इलेक्ट्रोनिक्स, तथा अटो पार्ट्सको ईन्भेन्टरी व्यवस्थापनको कार्य गर्नेछ।

प्रस्तावित वेयरहाउसको ग्राउन्ड कभरेज ४५,००० वर्गफुट हुनेछ र कुल भण्डारण क्षमता १ लाख वर्गफुटभन्दा बढी रहनेछ। उपायको थ्री पिएल वेयरहाउस अत्याधुनिक पूर्वाधारयुक्त हुनेछ, जसमा ए ग्रेड प्रि-इन्जिनियर्ड बिल्डिङ स्टिल संरचना प्रयोग गरिनेछ, जसले भूकम्पबाट हुने क्षति न्यूनिकरण समेत गर्नेछ।

साथै, यसमा हाई डेन्सिटी स्याकिङ् र मल्टी टायर सिल्भिकसहित ग्राहकहरूको आवश्यकता अनुसार डिजाइन गर्न मिल्ने ‘विल्ट टु सुट’ सुविधा उपलब्ध गराइनेछ।

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...