Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

बाथरोग र डाक्टरको सल्लाह

Machhapuchchhre Bank Limited

काठमाडौं । बाथरोग एक दीर्घ रोग हो र यो कयौं प्रकारको हुन्छ । प्रकार अनुसार रोगको लक्षण पनि अलग हुने गर्दछ । यद्यपि धेरैजसो बाथरोगमा सामान्यतया देखिने साझा लक्षण भनेको जोर्नी दुख्नु तथा सुन्निनु हो । रोगका अनेक लक्षणहरु हुन सक्छन । तर हाम्रो समाजमा मानिसहरु रोगको पहिचान भन्दा पनि अनुमानको भरमा घरेलु उपचार विधि अपनाउने गर्दछन् ।

जोर्नी दुख्ने समस्या बाथरोगको लक्षण हो तर जोर्नी दुख्ने वित्तिकै चिसोको कारणले वा खानपानको फेरबदलको कारणले दुखेको हुनसक्ने अनुमान लगाउँदै घरेलु उपचारमा मात्र सीमित रहँदा र समयमै रोगको पहिचान नहुँदा यसले समस्यालाई अरु बल्झाउने र जटिलतातर्फ उन्मुख गराउने काम गर्छ ।

त्यति मात्र होइन, जब दुखाई कम गर्ने उपाय स्वरुप अन्जानवश आफूखुशी अनेक औषधिहरुको प्रयोग हुन थाल्छ, त्यसले रोगीलाई अरु शिथिल मात्र बनाउँदैन, रोगलाई जटिल मोडतर्फ धकेल्न थाल्छ । फलस्वरुपः बिरामी डिप्रेशनमा जाने डर समेत हुन्छ । जबसम्म रोगको पहिचान हुँदैन, सामान्य रोग पनि असामान्य लाग्न थाल्छ र बिरामीमा मनोवैज्ञानिक असर पर्न थाल्छ । त्यतिखेर रोगले भन्दा पनि एक प्रकारको शंका र चिन्ताले बिरामीलाई अरु शिथिल बनाउन थाल्छ ।

बाथरोग सामान्यतयाः हाम्रो शरीरको रोग प्रतिरोधात्मक प्रणालीमा हुने गडबडीका कारणले हुन्छ । बाथरोग हराएर जाँदैन, तर यसलाई कम गर्ने अनेक उपायहरु छन् । यो रोगको समयमै पहिचान हुन सकेन भने शरीरका विभिन्न अङ्गहरुमा यसको असर र प्रभाव देखिन थाल्छ । यसका लागि बाथरोगका लक्षणहरु बुझ्नु निकै जरुरी हुन्छ । हात तथा खुट्टाका जोर्नीहरु सुन्निने, दुख्ने जुन प्राय बिहानीपख रहन्छ ।

चिसो पानी चलाउँदा आंैलाहरु निलो, फुस्रोे भएर जाने, औंलाका टुप्पामा घाउ आउने, आँखा÷मुख सुख्खा भइरहने, आँखामा बालुवा हालेजस्तो बिझाउने, घाममा बस्दा गाला अनुहार धेरै रातो हुने, कपाल झर्ने, छालामा डाबर घाउ खटिरा आइरहने, मुख, गुप्ताङ्ग वा शरीरका अरु भागमा घाउ–खटिरा निस्कने, लामो समयसम्म ज्वरो आइरहने, थकान हुने, जिउ धेरै गल्ने, आँखा रातो हुने, पाचन प्रणालीमा गडबडी हुने, ढाड दुख्ने र मध्यराति सुतेको अवस्थामा अर्को कोल्टो फर्किन कठिन हुने, गर्भावस्थामा बच्चा तुहिने इत्यादि सबै बाथरोगका लक्षण हुन सक्छन् ।

बाथ भन्ने बित्तिकै समामान्यतया हामीहरु जोर्नी दुख्ने रोग भनेर मात्र बुझ्छौ तर यसको असर शरीरका अन्य अङ्गहरुमा पनि देखिन सक्छ । यसले शरीरको हरेक अङ्ग जस्तै फोक्सो, मृगौला, नशा, मुटु, आँखा आदिमा पनि असर गर्न सक्छ ।
बाथरोग लाग्नुमा कुनै खास र विशेष कारणलाई दोष दिन सकिन्न । यो वंशानुगत पनि हुन सक्छ । वातावरणले समेत यसलाई बढाएको देखिन्छ । जोर्नी दुख्यो भन्दैमा अनुमानको भरमा यो बाथरोग हो भनेर पत्ता लगाउन सकिन्न । यसका लागि स्वास्थ्य परीक्षण अपरिहार्य हुन्छ । बाथका प्रकारहरु अलग अलग हुने भएकाले उपचार अघि कुन प्रकारको बाथ होे, पत्ता लगाउनु जरुरी हुन्छ ।

कसैकसैले बाथ त हो नि भन्दै अर्को बाथरोगीका लागि डाक्टरले सिफारिस गरेको औषधि सेवन गरेको समेत भेटिएको छ । यो सर्वथा गलत हो । यसले बिरामीको स्वास्थ्यमा अरु गम्भीर असर निम्त्याउन सक्छ ।
विगतमा हाम्रो समाजमा बाथरोग विशेषज्ञको अभावमा प्रायः बिरामीहरु छिमेकी देश वा त्यो भन्दा पर जानुपर्ने बाध्यता थियो भने आजको सन्दर्भमा नेपालमा नै बाथरोगको उपचार सम्भव छ । विभिन्न प्रकारका बाथरोगमा प्रयोग हुने औषधीहरु यही उपलब्ध छन् । जटिल अवस्थामा प्रयोग हुने बायोलोजिक्स सुईहरु समेत नेपालमै उपलब्ध छन् ।

बाथरोगका प्रकार, यसको उपचार विधि, बाथरोगले पार्ने असर अनि अपनाउनु पर्ने सावधानीका बारेमा सामान्य जानकारी हुनु जरुरी छ । उपचारमा औषधि सेवनको बारेमा मात्र जानकार हुनु पर्याप्त हुँदैन । बाथरोगको औषधि लामो समयसम्म सेवन गर्नुपर्छ । सक्रिय र स्वस्थ रहन चिकित्सकको निगरानीमा औषधी उपचार गर्नु अपरिहार्य हुन्छ । ९वरिष्ठ बाथरोग विशषज्ञ डा। पुडासैनी आरोग्य स्वास्थ्य सदन, नेपाल बाथरोग उपचार केन्द्र, जावलाखेलमा कार्यरत हुनुहुन्छ ।

दूरसञ्चार प्राधिकरण अध्यक्ष भण्डारीविरुद्ध अख्तियारमा उजुरी, कार्यअनुभव कागजात शंकास्पद भन्दै छानबिनको माग

दूरसञ्चार प्राधिकरण अध्यक्ष भण्डारीविरुद्ध अख्तियारमा उजुरी, कार्यअनुभव...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १९:४१

  काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीविरुद्ध अख्तियार...

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक, राजीनामामाथि निर्णय हुने

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक,...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १९:२३

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक, राजीनामामाथि निर्णय हुनेकाठमाडौँ...

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक सहमतिपछि निर्णयमा पुगे

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १७:२४

  काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको तयारी अन्तिम...

गुणाकर भट्टको नामले राष्ट्र बैंकमा तरंग, गर्भनर नियुक्तिमा अन्योल

गुणाकर भट्टको नामले राष्ट्र बैंकमा तरंग, गर्भनर...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १७:०१

  काठमाडौँ । नेपाल राष्ट्र बैंकको गर्भनर पद रिक्त भएको...

फेसबुक– ट्विटर नेपालमा दर्ता हुनुपर्छ, कानुन पालना गर्नुपर्छ : संचारमन्त्री

फेसबुक– ट्विटर नेपालमा दर्ता हुनुपर्छ, कानुन पालना...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १६:५१

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चार...

विज्ञापन बोर्डको अध्यक्ष पदमा दरखास्त आह्वान

विज्ञापन बोर्डको अध्यक्ष पदमा दरखास्त आह्वान

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ०९:१३

  काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञापन बोर्डको...