CG Electronics
IME Life
NIMB

बाथरोग र डाक्टरको सल्लाह

NIMB
Himalayan Bank

काठमाडौं । बाथरोग एक दीर्घ रोग हो र यो कयौं प्रकारको हुन्छ । प्रकार अनुसार रोगको लक्षण पनि अलग हुने गर्दछ । यद्यपि धेरैजसो बाथरोगमा सामान्यतया देखिने साझा लक्षण भनेको जोर्नी दुख्नु तथा सुन्निनु हो । रोगका अनेक लक्षणहरु हुन सक्छन । तर हाम्रो समाजमा मानिसहरु रोगको पहिचान भन्दा पनि अनुमानको भरमा घरेलु उपचार विधि अपनाउने गर्दछन् ।

जोर्नी दुख्ने समस्या बाथरोगको लक्षण हो तर जोर्नी दुख्ने वित्तिकै चिसोको कारणले वा खानपानको फेरबदलको कारणले दुखेको हुनसक्ने अनुमान लगाउँदै घरेलु उपचारमा मात्र सीमित रहँदा र समयमै रोगको पहिचान नहुँदा यसले समस्यालाई अरु बल्झाउने र जटिलतातर्फ उन्मुख गराउने काम गर्छ ।

त्यति मात्र होइन, जब दुखाई कम गर्ने उपाय स्वरुप अन्जानवश आफूखुशी अनेक औषधिहरुको प्रयोग हुन थाल्छ, त्यसले रोगीलाई अरु शिथिल मात्र बनाउँदैन, रोगलाई जटिल मोडतर्फ धकेल्न थाल्छ । फलस्वरुपः बिरामी डिप्रेशनमा जाने डर समेत हुन्छ । जबसम्म रोगको पहिचान हुँदैन, सामान्य रोग पनि असामान्य लाग्न थाल्छ र बिरामीमा मनोवैज्ञानिक असर पर्न थाल्छ । त्यतिखेर रोगले भन्दा पनि एक प्रकारको शंका र चिन्ताले बिरामीलाई अरु शिथिल बनाउन थाल्छ ।

बाथरोग सामान्यतयाः हाम्रो शरीरको रोग प्रतिरोधात्मक प्रणालीमा हुने गडबडीका कारणले हुन्छ । बाथरोग हराएर जाँदैन, तर यसलाई कम गर्ने अनेक उपायहरु छन् । यो रोगको समयमै पहिचान हुन सकेन भने शरीरका विभिन्न अङ्गहरुमा यसको असर र प्रभाव देखिन थाल्छ । यसका लागि बाथरोगका लक्षणहरु बुझ्नु निकै जरुरी हुन्छ । हात तथा खुट्टाका जोर्नीहरु सुन्निने, दुख्ने जुन प्राय बिहानीपख रहन्छ ।

चिसो पानी चलाउँदा आंैलाहरु निलो, फुस्रोे भएर जाने, औंलाका टुप्पामा घाउ आउने, आँखा÷मुख सुख्खा भइरहने, आँखामा बालुवा हालेजस्तो बिझाउने, घाममा बस्दा गाला अनुहार धेरै रातो हुने, कपाल झर्ने, छालामा डाबर घाउ खटिरा आइरहने, मुख, गुप्ताङ्ग वा शरीरका अरु भागमा घाउ–खटिरा निस्कने, लामो समयसम्म ज्वरो आइरहने, थकान हुने, जिउ धेरै गल्ने, आँखा रातो हुने, पाचन प्रणालीमा गडबडी हुने, ढाड दुख्ने र मध्यराति सुतेको अवस्थामा अर्को कोल्टो फर्किन कठिन हुने, गर्भावस्थामा बच्चा तुहिने इत्यादि सबै बाथरोगका लक्षण हुन सक्छन् ।

बाथ भन्ने बित्तिकै समामान्यतया हामीहरु जोर्नी दुख्ने रोग भनेर मात्र बुझ्छौ तर यसको असर शरीरका अन्य अङ्गहरुमा पनि देखिन सक्छ । यसले शरीरको हरेक अङ्ग जस्तै फोक्सो, मृगौला, नशा, मुटु, आँखा आदिमा पनि असर गर्न सक्छ ।
बाथरोग लाग्नुमा कुनै खास र विशेष कारणलाई दोष दिन सकिन्न । यो वंशानुगत पनि हुन सक्छ । वातावरणले समेत यसलाई बढाएको देखिन्छ । जोर्नी दुख्यो भन्दैमा अनुमानको भरमा यो बाथरोग हो भनेर पत्ता लगाउन सकिन्न । यसका लागि स्वास्थ्य परीक्षण अपरिहार्य हुन्छ । बाथका प्रकारहरु अलग अलग हुने भएकाले उपचार अघि कुन प्रकारको बाथ होे, पत्ता लगाउनु जरुरी हुन्छ ।

कसैकसैले बाथ त हो नि भन्दै अर्को बाथरोगीका लागि डाक्टरले सिफारिस गरेको औषधि सेवन गरेको समेत भेटिएको छ । यो सर्वथा गलत हो । यसले बिरामीको स्वास्थ्यमा अरु गम्भीर असर निम्त्याउन सक्छ ।
विगतमा हाम्रो समाजमा बाथरोग विशेषज्ञको अभावमा प्रायः बिरामीहरु छिमेकी देश वा त्यो भन्दा पर जानुपर्ने बाध्यता थियो भने आजको सन्दर्भमा नेपालमा नै बाथरोगको उपचार सम्भव छ । विभिन्न प्रकारका बाथरोगमा प्रयोग हुने औषधीहरु यही उपलब्ध छन् । जटिल अवस्थामा प्रयोग हुने बायोलोजिक्स सुईहरु समेत नेपालमै उपलब्ध छन् ।

बाथरोगका प्रकार, यसको उपचार विधि, बाथरोगले पार्ने असर अनि अपनाउनु पर्ने सावधानीका बारेमा सामान्य जानकारी हुनु जरुरी छ । उपचारमा औषधि सेवनको बारेमा मात्र जानकार हुनु पर्याप्त हुँदैन । बाथरोगको औषधि लामो समयसम्म सेवन गर्नुपर्छ । सक्रिय र स्वस्थ रहन चिकित्सकको निगरानीमा औषधी उपचार गर्नु अपरिहार्य हुन्छ । ९वरिष्ठ बाथरोग विशषज्ञ डा। पुडासैनी आरोग्य स्वास्थ्य सदन, नेपाल बाथरोग उपचार केन्द्र, जावलाखेलमा कार्यरत हुनुहुन्छ ।

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...