Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

सानिमा रिलायन्सको आठौं वार्षिक साधारण सभा सम्पन्न

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

 

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको आठौं वार्षिक साधारण सभा शुक्रबार नयाँ बानेश्वरस्थित अनमोल बैंक्वेटमा सम्पन्न भएको छ । सभामा सञ्चालक समितिका अध्यक्ष रतनलाल केडियाको अध्यक्षतामा भएको सभाले आर्थिक वर्ष ०८०/८१ को लेखापरिक्षण प्रतिवेदन, वार्षिक प्रतिवेदन र वित्तीय विवरण सर्वसम्मतिले पारित गरेको हो ।

सभाले सञ्चालक समितिद्वारा प्रस्तावित ८ प्रतिशत नगद लाभांश (करसहित) तथा १.२४८९ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ। यस निर्णयअनुसार कम्पनीको चुक्ता पूँजी ५ अर्ब १ करोड ४९ लाख रुपैयाँसम्म पुग्नेछ । साथै, सोही अनुसार प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित गरिएको छ ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले बीमा व्यवसायमा गुणस्तरीय सेवा र दीर्घकालीन रणनीतिमा कम्पनीको फोकस रहेको बताए । उनले हालै सम्पन्न मर्जरपछि उत्पन्न चुनौतीहरूलाई सन्तुलित ढंगले व्यवस्थापन गर्दै कम्पनीलाई अझ सशक्त र विश्वसनीय बनाउनेतर्फ लागिएको जानकारी दिए ।

सभामा अध्यक्ष केडियाले कम्पनीको मूल्य मान्यता, सुशासनको अभ्यास र दक्ष जनशक्तिको प्रयोगले संस्थालाई बीमा बजारमा फरक पहिचान दिलाउने प्रतिबद्धता व्यक्त गरे। सभाले लेखापरीक्षकको नियुक्ति, नयाँ रजिष्टर्ड कार्यालयको स्थानान्तरण (नयाँ बानेश्वरबाट नक्साल) र सम्बन्धित प्रबन्धपत्र संशोधनसमेत पारित गरेको छ ।

सेवा हाईड्रो लिमिटेडले आईपीओ निष्कासनका लागि विशेष प्रस्तावसहित साधारण सभा बोलायो

सेवा हाईड्रो लिमिटेडले आईपीओ निष्कासनका लागि विशेष...

वि.सं.२०८२ मंसिर ३ बुधवार ०८:२९

काठमाडौं । सेवा हाईड्रो लिमिटेडले आईपीओ निष्कासनसम्बन्धी विशेष प्रस्ताव पारित...

ग्रीनेदी इनर्जी लिमिटेडले आईपीओ निष्कासनका लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त

ग्रीनेदी इनर्जी लिमिटेडले आईपीओ निष्कासनका लागि प्रभु...

वि.सं.२०८२ मंसिर ३ बुधवार ०८:२३

  काठमाडौँ । ग्रीनेदी इनर्जी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)...

अल्टिमेट एआई पार्टी फोन – रियलमी १५ प्रो ५जी नेपालमा सार्वजनिक

अल्टिमेट एआई पार्टी फोन – रियलमी १५...

वि.सं.२०८२ मंसिर २ मंगलवार २३:२८

काठमाडौं, नेपाल — विश्वप्रसिद्ध स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नयाँ मोडेल...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उत्कृष्ट करदाता सम्मानित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उत्कृष्ट करदाता सम्मानित

वि.सं.२०८२ मंसिर १ सोमवार २३:२२

  काठमाडौं । बैंक, वित्तीय संस्था र बीमा क्षेत्रमा उत्कृष्ट...

क्यान अध्यक्ष पाण्डेको विधान विपरित कार्यबाहक नियुक्ति विवादमा

क्यान अध्यक्ष पाण्डेको विधान विपरित कार्यबाहक नियुक्ति...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:३९

  काठमाडौं — कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघकी अध्यक्ष...

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस : चन्द्र ढकाल

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:२३

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले...