CG Electronics
IME Life
NIMB

कर्मचारी सञ्चय कोषले ५ अर्ब ३४ करोड मुनाफा वितरण

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८०/८१ मा आर्जन गरेको मुनाफाबाट सञ्चयकर्ता तथा योगदानकर्ताहरूलाई जम्मा ५ अर्ब ३४ करोड रुपैयाँ मुनाफा वितरण गरेको छ। कोषले सञ्चयकर्ताहरूको खातामा ५ अर्ब २७ करोड र योगदानकर्ताहरूको खातामा ६ करोड ४३ लाख रुपैयाँ मुनाफा जम्मा गरेको हो।

कोषको सञ्चालक समितिको चैत १७ गतेको बैठकले यो निर्णय गरेको हो। बैठकले कोषको वित्तीय विवरण स्वीकृत गर्दै सञ्चयकर्ता तथा योगदानकर्ताहरूको खातामा रहेको शुरुवाती रकममा १.१०% को दरले मुनाफा वितरण गर्ने निर्णय गरेको थियो।

कोषले प्रत्येक वर्ष आर्जन गरेको कूल मुनाफाको ९२% सञ्चयकर्ताहरूलाई मुनाफा र कल्याणकारी कार्यका लागि वितरण गर्छ भने बाँकी ८% जगेडा कोषमा राखिन्छ। यस वर्ष कोषले सञ्चयकर्ता तथा योगदानकर्ताहरूलाई सञ्चित रकममा ५.५०% को दरले व्याज दिने गरेको छ। यसका साथै उनीहरूले ६.६०% ब्याजदरमा सञ्चित रकमको ९०% सम्म विशेष सापटी लिन पाउँछन्।

कोषले सञ्चयकर्ताहरूलाई विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, स्वास्थ्य सुविधा, काजकिरिया अनुदान, सुत्केरी सुविधा, दुर्घटना बिमा लगायतका सामाजिक सुरक्षा योजनाहरू पनि उपलब्ध गराएको छ। गत आर्थिक वर्षमा कोषले १९,५२५ जनालाई सुत्केरी सुविधा, ७०६ जनालाई काजकिरिया अनुदान, १०७ जनालाई दुर्घटना क्षतिपूर्ति र ५,७३६ जनालाई स्वास्थ्य उपचार सहयोग गरेको थियो।

हाल कोषमा ५ लाख ७५ हजार सञ्चयकर्ता र ८० हजार ४ सय योगदानकर्ता रहेका छन्। अर्थतन्त्रमा शिथिलताको बावजुद पनि कोषले सदस्यहरूलाई ६.६०% को प्रतिफल दिन सफल भएको छ।

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...