Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

जागिर खोज्नेहरुका लागि लर्डबुद्धको नयाँ वेबसाइट उपहार

Machhapuchchhre Bank Limited

काठमाडौं । नेपालको पहिलो आईटी कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेसनले रोजगारीमूलक नयाँ वेबसाइट शुभारम्भ गरेको छ । वेबसाइटले विद्यार्थीलाई आफूसँग मेल खाने रोजगारी अवसर खोज्न सहज बनाउनेछ। कम्पनीहरूलाई आवश्यक दक्षता उल्लेख गर्दै जागिरको अवसर प्रकाशित गर्ने सुविधा पनि यस वेबसाइटले प्रदान गर्छ। साथै, विद्यार्थीले आवश्यक सीप अभाव महसुस गरेमा वेबसाइटमै उपलब्ध सीपमूलक पाठ्यक्रमहरू पूरा गरेर आफूलाई रोजगारीका लागि योग्य बनाउन सक्नेछन्। वेबसाइटमै अन्तरवार्ताको तयारी पनि गर्न सकिनेछ।

लर्डबुद्ध एजुकेशन फाउण्डेसनको मैतिदेवीस्थित क्याम्पसमा आयोजित ‘ईम्पावरिङ फ्युचर्स’ कार्यक्रममा श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले सो वेबसाइट (evolvetoday.info) सार्वजनिक गरेका हुन् ।

उनले रोजगारी र सीपको महत्वबारे चर्चा गर्दै एलबीईएफ कलेजको यो कदम शिक्षा र उद्योगबीचको दूरी घटाउने महत्वपूर्ण पहल भएको बताए । यस प्रकारको कार्यक्रमले रोजगारी खोजिरहेका व्यक्तिहरूलाई सक्षम बनाउने, अवसरहरू प्रदान गर्ने, तथा उज्ज्वल भविष्य निर्माण गर्न मद्दत गर्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।

लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका अध्यक्ष ई. पंकज जालानले बजारमा काम गर्ने कालिगढको कमी भएको भन्दै कामलाई ठूलो र सानो भनेर मुल्यांकन गर्ने प्रवृत्ति अन्त्य गर्न आवश्यक रहेको बताए । उनले नयाँ वेबसाइट र यस किसिमका रोजगारमूलक गतिविधिहरूले विद्यार्थीहरूलाई सही सीप, अवसर र उद्योगसँगको सम्बन्ध निर्माण गर्न सघाउने विश्वास व्यक्त गरे।

कार्यक्रममा आईटी क्षेत्रका साझेदार कम्पनीहरूलाई सम्मान समेत गरिएको थियो।

विदेशिएका श्रमिकको स्वास्थ्य बलियो बनाउन थप कार्यक्रम ल्याइने मन्त्री पौडेलको घोषणा

विदेशिएका श्रमिकको स्वास्थ्य बलियो बनाउन थप कार्यक्रम...

वि.सं.२०८२ वैशाख ८ सोमवार २०:३८

  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले युएईमा...

शिक्षकहरु चित्त नदुखाई फर्किनुहोला, यो आन्दोलन गर्ने समय होइन् : ओली

शिक्षकहरु चित्त नदुखाई फर्किनुहोला, यो आन्दोलन गर्ने...

वि.सं.२०८२ वैशाख ८ सोमवार २०:३३

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको समय हानिकारक...

विदेशमा सिकेको सिपबाट स्वदेशमै अवसरहरू सिर्जना गर्नु पर्ने महासंघ अध्यक्ष ढकालको जोड

विदेशमा सिकेको सिपबाट स्वदेशमै अवसरहरू सिर्जना गर्नु...

वि.सं.२०८२ वैशाख ८ सोमवार १७:२९

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र...

निशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न

निशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न

वि.सं.२०८२ वैशाख ८ सोमवार ०८:४६

  काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनको ३५ औं स्थापना...

जुम्लावासीका समस्या समाधानका लागि संघीय सरकार प्रतिबद्ध छ : मन्त्री यादव

जुम्लावासीका समस्या समाधानका लागि संघीय सरकार प्रतिबद्ध...

वि.सं.२०८२ वैशाख ७ आइतवार १९:२८

  जुम्ला । खानेपानी मन्त्री प्रदीप यादवले कर्णाली प्रदेशको जुम्लावासीका...

अरूले आएर देश बनाइदिँदैन, सबै मिलेर विकास गर्नुपर्छ : प्रधानमन्त्री ओली

अरूले आएर देश बनाइदिँदैन, सबै मिलेर विकास...

वि.सं.२०८२ वैशाख ७ आइतवार १९:१३

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासका लागि सबै...