Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

रघु त्रिपाठीको नेतृत्वमा नेपाल मोबाइल वितरक संघको नयाँ कार्यसमिति निर्विरोध चयन

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

 

काठमाडौं । मोबाइल व्यवसायमा सुधार र ऐक्यबद्धताको प्रतिबद्धता सहित रघु त्रिपाठी संघको अध्यक्षमा निर्विरोध निर्वाचित

नेपाल मोबाइल वितरक संघको अध्यक्षमा रघु त्रिपाठी निर्विरोध निर्वाचित
नयाँ कार्यसमिति चयन, व्यवसाय सशक्तिकरण र बेथिति विरुद्धको ऐक्यबद्धतासहित अगाडि बढ्ने प्रतिबद्धता

काठमाडौं — मोबाइललाई आजको युगमा समाजको अपरिहार्य उपभोग्य वस्तुको रूपमा लिइन्छ। त्यसको वितरण तथा आपूर्ति प्रणालीमा सक्रिय व्यवसायीहरूको छाता संस्था नेपाल मोबाइल वितरक संघको तेस्रो महाधिवेशनबाट रघु त्रिपाठी अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्।

नगरकोटस्थित रत्नागिरी होटलमा चैत २२ गते सम्पन्न महाधिवेशनले त्रिपाठीको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। नवगठित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा हरि केसी, उपाध्यक्षमा राम नारायण दास, महासचिवमा बाल नरसिंह कुँवर, सचिवमा नवीन बाँस्तोला, कोषाध्यक्षमा रामचन्द्र श्रेष्ठ तथा सह-कोषाध्यक्षमा विनोद केसी चयन भएका छन्।

त्यसैगरी, कार्यसमितिका सदस्यहरूमा दिपेन्द्र चौलागाईं, विजय चौधरी, निकित अग्रवाल, श्रीशान्त थापा, दीपक कोइराला, चित्र बस्नेत तथा निशान्त कुमार अग्रवाल निर्विरोध निर्वाचित भएका छन्।

कार्यभार सम्हाल्ने क्रममा अध्यक्ष त्रिपाठीले संघलाई थप जुझारु, सशक्त र सुसंगठित बनाउँदै मोबाइल व्यवसायमा देखिएको अव्यवस्था, अनियमितता र अवैध कारोबारलाई निरुत्साहित गर्न सम्पूर्ण व्यवसायीहरूलाई एकीकृत रूपमा अघि बढ्न आह्वान गरे। उनले भने, “मोबाइल फोन आयातकर्ता संघ तथा मोबाइल व्यवसायी महासंघसँग सहकार्य गरेर व्यवसायको न्यायोचित रक्षा, लगानीको सुरक्षा र स्थायीत्वका लागि संघ क्रियाशील रहनेछ।”

उनका अनुसार, करिब ९ वर्षअघि स्थापित यो संघ व्यवसायीहरूको लगानी सुरक्षित राख्न र व्यवसायिक हक–हितको संरक्षण गर्न क्रियाशील रहँदै आएको छ। बैंकबाट ऋण लिएर सञ्चालन भइरहेका मोबाइल व्यवसायहरू न्यून प्रतिफलको कारण धराशायी हुने अवस्थामा पुगेको र नयाँ व्यवसायीको सहभागिता घट्दो क्रममा रहेको उल्लेख गर्दै त्रिपाठीले थप सुधारका लागि सबै व्यवसायीहरूको एकता अपरिहार्य भएको बताए।

संघका नव–निर्वाचित सचिव नवीन बाँस्तोलाले संघको पदस्थापन कार्यक्रम, स्मारिका तथा क्यालेन्डर विमोचन, साथै पूर्व कार्यसमितिलाई सम्मान तथा बिदाइ कार्यक्रम २०८२ साल बैशाख २६ गते काठमाडौंमा एक भव्य समारोहका साथ आयोजना गरिने जानकारी दिए।

एनसेलले ल्यायो एनपीएल फ्यान प्याक, ग्राहकलाई आकर्षक सेवा सुविधा बोनस

एनसेलले ल्यायो एनपीएल फ्यान प्याक, ग्राहकलाई आकर्षक...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार २२:३३

  काठमाडौं। एनसेलले यही सोमबारबाट सुरु हुन गईरहेको ‘सिद्धार्थ बैंक...

इको प्यानल ट्रेडमार्कमा उद्योग विभागको महत्वपूर्ण निर्णय, एकल हक इन्टरनेशनल ग्रीन डेभलपर्सलाई

इको प्यानल ट्रेडमार्कमा उद्योग विभागको महत्वपूर्ण निर्णय,...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार २१:४७

  काठमाडौँ। इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रा.लि.को एकाधिकारमा रहेको "ECOPANEL"...

ओमोडा एन्ड जेइकोद्वारा एनपीएल ट्रफी टुर सम्पन्न, रोबोट डग ‘चंखे’ नाम सार्वजनिक

ओमोडा एन्ड जेइकोद्वारा एनपीएल ट्रफी टुर सम्पन्न,...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार २०:१८

  काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को ‘ड्रिभन...

नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको ट्रफी टुर सानिमा रिलायन्स लाईफमा

नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको ट्रफी टुर...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार १९:२५

काठमाडौँ । क्रिकेट असोसिएसन अफ नेपाल (CAN )द्वारा आयोजित नेपाल...

३८.६७ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुदनाफा, ईपीएस १६.२७ रुपैयाँ

३८.६७ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुदनाफा, ईपीएस...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:५२

काठमाडौँ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:५०

काठमाडौँ । डाबर नेपाल दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)...