Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

किया एक्सचेन्ज कार्निभल सुरुः गाडी खरिद गर्दा ६ लाखसम्म छुट

 

काठमाडौँ । नेपालका लागि कियाको आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङ्ग इन्टरप्राइजेज प्रा.लि.ले काठमाडौंको गैरीधारास्थित सिल्भर ओक बैंक्वेटमा शुक्रबार किया एक्सचेन्ज कार्निभल सुरु गरेको छ । आइतबारसम्म चल्ने कार्निभलले सवारी साधनका पारखीलाई कियाको उन्नत विद्युतीय वा भरपर्दा आईसीई गाडीमा अपग्रेड हुने अद्वितीय अवसर प्रदान गर्ने कम्पनीको विश्वास छ ।

कार्निभलका अवसरमा जुनसुकै ब्रान्डका पुराना गाडी आकर्षक मूल्यमा बिक्री गरी कियाका गाडी लिन सकिने कम्पनीले जनाएको छ ।

 

कार्निभलमा कियाका गाडीहरुको टेस्ट ड्राइभमा सहभागीका लागि कम्पनीले विशेष उपहारको व्यवस्था गरेको छ । कार्निभलमा एक्सचेन्ज बोनसबापत ६ लाख रुपैयाँसम्म र नगद भुक्तानी गरेर गाडी किन्दा ६ लाख रुपैयाँसम्म छुट पाइनेछ ।

त्यसैगरी गाडी खरिदकर्तालाई सहज तरिकाले बैंक, वित्तीय संस्थाबाट फाइनान्सको व्यवस्था मिलाइएको छ । कम्पनीले बिक्री गर्ने गाडीमा एक वर्षसम्मको सडक कर र एक वर्षको पूर्ण बीमा आफैंले बेहोर्ने नीति लिएको छ ।

कार्निभलमा ग्राहकले एक्सचेन्ज गर्ने सवारी साधनको आकर्षक मूल्यांकन पाउने र एक्सचेन्ज बोनसको समेत लाभ उठाउन सक्नुहुनेछ ।

कियाका सवारीसाधनहरु ३० वर्षदेखि नेपाली सडकमा गुडिरहेका छन् । कियाका इन्धनबाट चल्ने र विद्युतीय दुवै सवारी साधनहरुले विश्वबजारमा ख्याति कमाएका छन् ।

 

कियाले कार्निभलमा सोनेट र सेल्टोसका ४–४ भेरियन्ट, कारेन्सको ग्राभिटी एडिसन (२०२५), तथा इभी६ र इभी९ प्रस्तुत गरेको छ ।

जगदम्बा मोटर्सले सार्वजनिक गर्यो जुपिटर ११० स्कूटर

जगदम्बा मोटर्सले सार्वजनिक गर्यो जुपिटर ११० स्कूटर

वि.सं.२०८२ असार २३ सोमवार २३:२५

काठमाडौं । विश्वव्यापी रूपमा दुई तथा तीन पाङ्ग्रे सवारीसाधन निर्माण...

यामाहाले ग्लोबलको ७०औँ वार्षिकोत्सव नेपालमा पनि मनाइयो

यामाहाले ग्लोबलको ७०औँ वार्षिकोत्सव नेपालमा पनि मनाइयो

वि.सं.२०८२ असार २२ आइतवार २१:१२

  काठमाडौं । यामाहा नेपालले गौरवका साथ यामाहा ग्लोबलको ७०...

नाडा अटो शो २०२५ को स्टल एलोकेसन उत्साहपूर्वक सम्पन्न

नाडा अटो शो २०२५ को स्टल एलोकेसन...

वि.सं.२०८२ असार २० शुक्रवार १४:५५

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालको ‘नाडा अटो शो...

एमएडब्लूले बालकुमारी र बसुन्धरामा अत्याधुनिक ईभी सर्भिस सेन्टर सञ्चालन गर्ने

एमएडब्लूले बालकुमारी र बसुन्धरामा अत्याधुनिक ईभी सर्भिस...

वि.सं.२०८२ असार २० शुक्रवार १४:१५

काठमाडौं । ग्राहकलाई अझ राम्रो सेवा दिन र आफ्टर सेल्स...

शार्क ट्याङ्क नेपालको पहिलो सिजनको ‘पावर्ड बाइ’ प्रायोजक बन्यो टीभीएस अपाचे

शार्क ट्याङ्क नेपालको पहिलो सिजनको ‘पावर्ड बाइ’...

वि.सं.२०८२ असार १८ बुधवार १८:०५

काठमाडौं । विश्वभर चर्चित अमेरिकी रियालिटी शोको नेपाली संस्करण शार्क...

यातायात व्यवस्था विभागका महानिर्देशकसंग सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी प्रस्तावित निर्देशिकाका सम्बन्धमा छलफल

यातायात व्यवस्था विभागका महानिर्देशकसंग सवारी साधन आयात,...

वि.सं.२०८२ असार १८ बुधवार १२:५६

काठमाडौं । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी...