CG Electronics
IME Life
NIMB

राष्ट्र बैंक नेतृत्वविहीन, गभर्नर नियुक्तिमा ढिलाइ

NIMB
Himalayan Bank

 

काठमाडौँ। आजदेखि नेपाल राष्ट्र बैंक नेतृत्वविहीन बनेको छ। शनिबारदेखि महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै राष्ट्र बैंक नेतृत्वविहीन भएको हो।

गभर्नरको कार्यकाल कायम रहेसम्म गभर्नरले आफ्नो अनुपस्थितिमा कामु गभर्नरको जिम्मेवारी दिने चलन थियो। अहिले गभर्नर नभएकोले सरकारले नै यो जिम्मेवारी दिनुपर्छ। तर, अहिलेसम्म सरकारले कामु गभर्नरको जिम्मेवारी तोकेको छैन।

उता गभर्नर बन्ने दौडधुप चलिरहँदा अहिलेसम्म छनोट समितिको बैठक बस्न सकेको छैन। समितिमा अर्थमन्त्री संयोजक हुने व्यवस्था छ भने सदस्यहरूमा विश्व पौडेल र पूर्व गभर्नर विजयनाथ भट्टराई नियुक्त भएका छन्।

तर, अहिलेसम्म समितिको बैठक बस्न सकेको छैन। गभर्नरका लागि अर्थमन्त्रीले नाम प्रस्ताव गर्ने समितिले त्यसलाई स्वीकृत गर्ने चलन छ। समितिका एक सदस्य भन्छन्, ‘नियुक्ति पत्र प्राप्त भएको छ, तर बैठक बसेको छैन, अघिल्लो पटक पनि एउटै बैठकबाट नाम स्वीकृत भएको हो, आपत्तिजनक नाम नभए अहिले पनि त्यही हुन्छ होला। यसमा अरू कुनै प्रक्रिया हुँदैन।’

समितिमा सहमति नजुटे के हुन्छ ?

अहिले गभर्नर आफ्नो अनुकूललाई बनाउन सत्तारुढ दुई दलबिच तानातानको अवस्था देखिन्छ। यस्तो अवस्थामा छनोट समितिमै सहमति जुट्न नसक्ने अवस्था समेत हुन सक्ने सम्भावना समेत देखिएको छ।

डेपुटी गभर्नरमध्ये एक जना अनिवार्य सिफारिस हुनुपर्ने व्यवस्था रहेकोमा दुईमध्ये कसको नाम सिफारिस गर्ने र बाँकी दुई जनामा कसलाई सिफारिस गर्ने भन्ने निर्णय समितिको हुन्छ। यद्यपि उक्त समितिभित्र सहमति नभए के हुन्छ भन्नेबारे भने ऐनमा केही उल्लेख छैन।

गभर्नरको रिक्ततासँगै अब बस्ने मन्त्रिपरिषद् बैठकमा नयाँ गभर्नर नियुक्ति हुने चर्चा छ। अहिले बजारमा चर्चा भएका नाममध्ये अर्थमन्त्रीले केही नाम अनौपचारिक रूपमा सर्टलिस्ट गरेको बताइन्छ। तर, छनोट समितिको बैठक भने अझै बस्न सकेको छैन।

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...