Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

स्वास्थ्य बीमा ऐन सामान्य संशोधन प्रक्रिया अन्तिम चरणमा

kumari  bank

 

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले स्वास्थ्य बीमा नियमावलीका केही नियमहरु संशोधन गर्ने प्रकिया अन्तिम चरणमा पुगेको बताएका छन् ।
आइतवार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले स्वास्थ्य बीमा ऐनमा सामान्य संशोधन र स्वास्थ्य विमा नियमावलीमा संशोधन गर्ने प्रकिया अन्तिम चरणमा पुगेको बताएका हुन् ।

‘स्वास्थ्य बीमा ऐनमा सामान्य संशोधन र स्वास्थ्य बीमा नियमावलीमा केही नियमहरु संशोधन गर्ने प्रकिया अन्तिम चरणमा पुगेका छन् । जसले सेवा प्रवाहलाई सवै पालिकासम्म पुर्याउन, स्रोत साधन जुटाउन, सेवा प्राप्त गर्नेक्रम अहिले रहेको प्रथम विन्दुको अप्ठारो छ त्यसलाई हटाउनको लागि महत्वपुर्ण भुमिका खेल्नेछ ।’

उनले प्रत्येक पालिकामा प्रथम सेवाविन्दु पुग्नेगरी सरकारले कानून नै संशोधन गरेर अगाडि बढेको भन्दै लक्षित वर्ग धेरै हुँदा भुक्तानीको भार धेरै भएको भन्ने विश्लेषण रहेकाले त्यस्तो अवस्था नरहेको पनि बताए ।

यस्तै स्वास्थ्य बीमा बोर्डको अध्यक्ष चन्द्र बहादुर थापा क्षेत्रीले छरिएका सामाजिक स्वास्थ्यका कार्यक्रमहरु स्वास्थ्य बीमा बोर्डबाट सुरु गरिएको बताए ।

‘नेपालमा औपचारिक क्षेत्रबाट सुरु हुनुपर्ने स्वास्थ्य बीमा अनौपचारिक क्षेत्रबाट लागु गरियो । त्यसका कारण खाडल जम्मा भएको छ । अव सही तरिकाले ऐनले व्यवस्था गरेको कुरालाई सम्पूर्ण क्षेत्रमा लागु गर्न हामी क्रियाशील छौ । राज्यबाट छरिएर रहेका विभिन्न सामाजिक स्वास्थ्यका कार्यक्रमहरु छन् । यसलाई एकद्धार प्रणालीबाट बीमा बोर्डबाट सञ्चालन गर्नेगरी हामीले काम सुरु गरिसकेका छौ,’ उनले भने ।

उनले बीमा बोर्डको जनशक्तिलाई सशक्तिकरण गर्न स्थाई कर्मचारीहरुलाई व्यवस्थित रुपमा कार्यान्वयन गर्ने बताए ।

प्रतिनिधि सभाको बैठक आज पनि जारी, अर्थमन्त्री पौडेलले छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने

प्रतिनिधि सभाको बैठक आज पनि जारी, अर्थमन्त्री...

वि.सं.२०८२ जेठ २ शुक्रवार ११:२८

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि...

गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री

गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ...

वि.सं.२०८२ जेठ २ शुक्रवार ११:२५

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैकको...

कृषि जानकारी साझा गर्न र स्मार्ट निर्णयहरू लिन योजना आवश्यक

कृषि जानकारी साझा गर्न र स्मार्ट निर्णयहरू...

वि.सं.२०८२ जेठ १ बिहीवार १३:२९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले सरकारले नयाँ...

राजस्व परामर्श समितिद्वारा अर्थमन्त्री समक्ष प्रतिवेदन पेश

राजस्व परामर्श समितिद्वारा अर्थमन्त्री समक्ष प्रतिवेदन पेश

वि.सं.२०८२ जेठ १ बिहीवार १३:१७

  काठमाडौं । राजस्व परामर्श समितिले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद...

डोल्पाको मुड्केचुला गाउँपालिका र भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध कायम

डोल्पाको मुड्केचुला गाउँपालिका र भरतपुर महानगरपालिकाबीच भगिनी...

वि.सं.२०८२ जेठ १ बिहीवार ००:३६

बैशाख ३१, चितवन । डोल्पाको मुड्केचुला गाउँपालिका र चितवनको भरतपुर...

मेलम्ची बाढीपीडितलाई नदी तटवन्धको लागि तत्काल १६ करोडको ब्यवस्था गर्छौं- उर्जामन्त्री खड्का

मेलम्ची बाढीपीडितलाई नदी तटवन्धको लागि तत्काल १६...

वि.सं.२०८२ जेठ १ बिहीवार ००:३०

    सिन्धुपालचोक, ३१ वैशाख । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नदीमा...