Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

सम्पदाहरुलाई जोगाएर नेपाललाई खुला संग्राहलय जस्तो बनाउन सकिन्छ : मन्त्री पाण्डे

Machhapuchchhre Bank Limited

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पुर्खाहरुले निर्माण गरेका सम्पदाहरुको महत्वलाई बढाउनुपर्ने अहिलेको आवश्यकता भएको बताएका छन् ।

आइतबार ललितपुरमा देगुतलेजु मन्दिरको पुनः निर्माण तथा जिर्णोद्धार सम्पन्नपछिको शिलापत्र अनावरण कार्यक्रममा उनले संस्कृति र सम्पदामा गौरव गर्ने अवस्था आइपुगेकाले ंसम्पदाहरुको महत्वलाई बढाउनुपर्ने बताएका हुन् ।

उनले भने, ‘संस्कृति र सम्पदामा हामी आज गौरव गर्ने अवस्थामा छौं । हाम्रा पूर्खाहरुले निर्माण गरेका सम्पदाहरुको महत्वलाई हामीले कसरी बढाउन सकिन्छ त्यो गर्नुपर्ने आवश्यक छ ।’

साथै उनले प्रकृतिपनि हाम्रो विविधतापूर्ण रहेकाले यसलाई पनि विश्वव्यापी प्रचार गर्नुपर्ने बताए । उनले अभौतिक र भौतिक सम्पदा दुइ वटालाई जोडेर र जोगाएर सिंगो नेपाललाई एउटा खुला संग्राहलय जस्तो बनाएर लिएर जानुपर्ने अवस्था आएको बताए ।

उनले भने, ‘हाम्रो जुन विविधतापूर्ण संस्कृति छ यसलाई जोगाउनका लागि निरन्तर निर्वाह गर्नुपर्ने भूमिका आफ्नो आफ्नो ठाउँमा निर्वाह गर्नुपर्छ । प्रकृति पनि हाम्रो विविधतापूर्ण छ । यसलाई पनि हामीले विश्वव्यापी प्रचार गर्नुपर्ने छ । प्रचार भयो भने संसारभरीका मानिसहरु नेपालमा आउने र हाम्रो प्रकृतिबाट लाभावन्वित हुने छन् । हामीसँग धेरै भाषा, भेषभूषा छन् ।

धेरै संस्कृति चाडपर्व छन् । विभिन्न खानपानका परिकारहरु छन् । यी र यस्ता अभौतिक र भौतिक सम्पदा दुइ वटैलाई जोडेर र जोगाएर सिंगो नेपाललाई एउटा खुला संग्राहलय जस्तो बनाएर जानुपर्ने अवस्था छ ।’

त्यस्तै ललितपुर महाननगरपालिकाका मेयर चिरिबाबु महर्जनले हाल आफ्नो दोस्रो कार्यकाल भएतापनि विश्राम नलिई लगातार विकास निर्माणका काम गर्दै आइरहेको बताए । उनले मन्दिरको पुनः निर्माणको काम चाँडै सुरु गरिने पनि जानकारी गराए ।

उनले भने,‘मेरो यो दोस्रो कार्यकाल हो । तरपनि विश्राम लिएका छैनौं । लगातार धेरै काम गर्दै आइरहेको छौं । यहाँको सम्पदा भनेको विश्व सम्पदामा सूचीकृत हो । तर विगत कयौं वर्षदेखि यो ठाउँमा सुइमिङ पुल बन्थ्यो । जलमग्न हुन्थ्यो । तर हामीले यसलाई पृथक बनायौं । अब काम सुरु हुन गइरहेको छ ।’

मन्दिर पुनः निर्माणको लागि ८० प्रतिशत आर्थिक सहयोग नेपाली राजदुतावास जापानको रहेको पनि उनले जानकारी दिए ।

दूरसञ्चार प्राधिकरण अध्यक्ष भण्डारीविरुद्ध अख्तियारमा उजुरी, कार्यअनुभव कागजात शंकास्पद भन्दै छानबिनको माग

दूरसञ्चार प्राधिकरण अध्यक्ष भण्डारीविरुद्ध अख्तियारमा उजुरी, कार्यअनुभव...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १९:४१

  काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीविरुद्ध अख्तियार...

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक, राजीनामामाथि निर्णय हुने

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक,...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १९:२३

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक, राजीनामामाथि निर्णय हुनेकाठमाडौँ...

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक सहमतिपछि निर्णयमा पुगे

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १७:२४

  काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको तयारी अन्तिम...

गुणाकर भट्टको नामले राष्ट्र बैंकमा तरंग, गर्भनर नियुक्तिमा अन्योल

गुणाकर भट्टको नामले राष्ट्र बैंकमा तरंग, गर्भनर...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १७:०१

  काठमाडौँ । नेपाल राष्ट्र बैंकको गर्भनर पद रिक्त भएको...

फेसबुक– ट्विटर नेपालमा दर्ता हुनुपर्छ, कानुन पालना गर्नुपर्छ : संचारमन्त्री

फेसबुक– ट्विटर नेपालमा दर्ता हुनुपर्छ, कानुन पालना...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १६:५१

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चार...

विज्ञापन बोर्डको अध्यक्ष पदमा दरखास्त आह्वान

विज्ञापन बोर्डको अध्यक्ष पदमा दरखास्त आह्वान

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ०९:१३

  काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञापन बोर्डको...