Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

पञ्चकन्याले कविता नेपालीलाई एभरेस्ट-लोत्से आरोहणका लागि आर्थिक सहयोग

Machhapuchchhre Bank Limited

काठमाडौँ । पञ्चकन्या समूहले बहुप्रतिभाशाली कलाकार तथा फिटनेस आइकन कविता नेपालीलाई एभरेस्ट र लोत्से (जुम्ल्याहा शिखर) आरोहण गर्न आर्थिक सहयोग गरेको छ। यो अभियान आगामी चैत्र ३० देखि सुरु हुनेछ।

समूहका प्रबन्ध निर्देशक प्रदीप कुमार श्रेष्ठले कवितालाई ूनेपाली महिलाको सशक्तीकरणको प्रतीकू बताउँदै उनको अभियानलाई समर्थन जनाए। उनले कविताको बुगी वुगी नृत्य प्रतियोगिता र मार्सल आर्टमा उत्कृष्ट प्रदर्शनको प्रशंसा गर्दै यस अभियानलाई ऐतिहासिक बताए।

पञ्चकन्या समूहले यसअघि पनि महिला सशक्तीकरणका लागि विभिन्न कार्यक्रमहरूमा सहयोग गरेको छ। सन् २०१३ मा माउन्ट किलिमान्जारोमा सेभेन समिट्स महिला टोलीलाई सहयोग गरेर समूहले आफ्नो ४०औँ वार्षिकोत्सवमा ब्यानर शिखरसम्म पुर्याएको थियो।

कविता नेपालीले एभरेस्ट र लोत्से एकै अभियानमा आरोहण गर्नेछिन्। उनले यो अभियान महिलाहरूका लागि प्रेरणा बन्ने बताएकी छन्।

पञ्चकन्याका प्रवक्ताले यो अभियानलाई सामाजिक प्रभाव सिर्जना गर्ने लगानी बताए। समूहले शिक्षा, स्वास्थ्य, सरसफाई, सिप विकास र महिला सशक्तीकरणमा निरन्तर कार्यरत छ।

वार्षिकोत्सवमा सिटिजन्स बैंकको सेवा : घरबारविहीनलाई १८ दिन भोजन, सातै प्रदेशमा स्वास्थ्य सेवा

वार्षिकोत्सवमा सिटिजन्स बैंकको सेवा : घरबारविहीनलाई १८...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:५६

  काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १८ औं...

गणित सिक्ने तरिकालाई रूपान्तरण गर्दै इम्बार्क अनम्याथ

गणित सिक्ने तरिकालाई रूपान्तरण गर्दै इम्बार्क अनम्याथ

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:५२

  काठमाडौँ । गणित विषयलाई अझै पनि परम्परागत रूपमा नै...

बीवाईडी सिगलले जित्यो २०२५ को “वर्ल्ड अर्बन कार अफ द इयर” अवार्ड

बीवाईडी सिगलले जित्यो २०२५ को “वर्ल्ड अर्बन...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:३३

  काठमाडौं । बीवाईडी सिगल अर्थात डल्फिन मिनीले प्रतिष्ठित वर्ल्ड...

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा पाइने

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:२४

काठमाडौं । एनसेलका ग्राहकहरूले एनसेल एपमार्फत अब प्रत्येक रु १००...

फोनपे र टपअप गरौं, आइफोन १६ जितौं : कुमारी बैंक

फोनपे र टपअप गरौं, आइफोन १६ जितौं...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २०:४९

    काठमाडौं । कुमारी बैंक लिमिटेडले नयाँ वर्ष २०८२...

सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा मूल्य समायोजन

सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा मूल्य...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ०९:३६

  काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सन नेपाल...