सगरमाथा लुम्बिनी इन्स्योरेन्स् कम्पनीद्वारा संखुवासभा र भोजपुरमा कृषि तथा पशुपंक्षी बीमा सचेतना कार्यक्रम सम्पन्न

Tuesday Apr 08, 2025
वि.सं.२०८१ चैत २६ मंगलवार ०९:५१

संखुवासभा । सगरमाथा लुम्बिनी इन्स्योरेन्स् कम्पनी लिमिटेडले संखुवासभा जिल्लाको पाँचखपन नगरपालिकामा कृषि तथा पशुपंक्षी बीमा सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको छ। कम्पनीका कोशी प्रदेश प्रमुख नारायण गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडा विशेष अतिथि थिए।
कार्यक्रममा कृषि तथा पशुपंक्षी बीमाको प्रक्रिया, दावी दर्ता, नयाँ सफ्टवेयर प्रणाली र अभिकर्ताको भूमिका बारे जानकारी दिइएको थियो। प्रमुख अतिथि खतिवडाले प्रत्येक किसान बीमासँग जोडिनुपर्ने आवश्यकता रहेको बताउँदै नगरपालिकाले पनि सहयोग गर्ने बताए।
यसैगरी, भोजपुर जिल्लाको पौवादुङमा पनि कृषि बीमा सचेतना कार्यक्रम सम्पन्न भएको थियो। वडा अध्यक्ष राजेन्द्र तामाङ्गको उपस्थितिमा सम्पन्न कार्यक्रममा ६५ जना सहभागीले बीमाको महत्त्व र प्रक्रिया बारे जानकारी लिए।
कृषि ज्ञान केन्द्र भोजपुरमा पनि समान कार्यक्रम आयोजना गरिएको थियो जहाँ कृषक, पशुपालक तथा सरोकारवालाहरूले बीमा योजनाबारे विस्तृत जानकारी प्राप्त गरे।
सगरमाथा लुम्बिनी इन्स्योरेन्सले कृषि तथा पशुपालन क्षेत्रमा बीमाको विस्तार गर्ने र किसानहरूलाई सुरक्षित बनाउने प्रतिवद्धता जनाएको छ।