CG Electronics
IME Life
NIMB

सगरमाथा लुम्बिनी इन्स्योरेन्स् कम्पनीद्वारा संखुवासभा र भोजपुरमा कृषि तथा पशुपंक्षी बीमा सचेतना कार्यक्रम सम्पन्न

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

संखुवासभा । सगरमाथा लुम्बिनी इन्स्योरेन्स् कम्पनी लिमिटेडले संखुवासभा जिल्लाको पाँचखपन नगरपालिकामा कृषि तथा पशुपंक्षी बीमा सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको छ। कम्पनीका कोशी प्रदेश प्रमुख नारायण गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडा विशेष अतिथि थिए।

कार्यक्रममा कृषि तथा पशुपंक्षी बीमाको प्रक्रिया, दावी दर्ता, नयाँ सफ्टवेयर प्रणाली र अभिकर्ताको भूमिका बारे जानकारी दिइएको थियो। प्रमुख अतिथि खतिवडाले प्रत्येक किसान बीमासँग जोडिनुपर्ने आवश्यकता रहेको बताउँदै नगरपालिकाले पनि सहयोग गर्ने बताए।

यसैगरी, भोजपुर जिल्लाको पौवादुङमा पनि कृषि बीमा सचेतना कार्यक्रम सम्पन्न भएको थियो। वडा अध्यक्ष राजेन्द्र तामाङ्गको उपस्थितिमा सम्पन्न कार्यक्रममा ६५ जना सहभागीले बीमाको महत्त्व र प्रक्रिया बारे जानकारी लिए।

कृषि ज्ञान केन्द्र भोजपुरमा पनि समान कार्यक्रम आयोजना गरिएको थियो जहाँ कृषक, पशुपालक तथा सरोकारवालाहरूले बीमा योजनाबारे विस्तृत जानकारी प्राप्त गरे।

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले कृषि तथा पशुपालन क्षेत्रमा बीमाको विस्तार गर्ने र किसानहरूलाई सुरक्षित बनाउने प्रतिवद्धता जनाएको छ।

 

लक्ष्मी हुन्डाई ‘आइएमइए सर्भिस पर्फर्मेन्स अवार्ड’ बाट सम्मानित: नेपालको अटोमोबाइल क्षेत्रमा नयाँ कोसेढुङ्गा

लक्ष्मी हुन्डाई ‘आइएमइए सर्भिस पर्फर्मेन्स अवार्ड’ बाट...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:२३

काठमाडौँ — नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल...

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल कर्जा’ प्लेटफर्मको सुरुवात

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:१९

काठमाडौँ — कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा १०० जना विपन्न नागरिकको मोतिविन्दु शल्यक्रियाका लागि आर्थिक सहयोग

आइएमई लाइफ इन्स्योरेन्सद्वारा १०० जना विपन्न नागरिकको...

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:२८

  काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

एनआईसी एशिया बैंकको आग्रह : खातामा प्यान र इमेल ठेगाना अद्यावधिक गर्न अनुरोध

एनआईसी एशिया बैंकको आग्रह : खातामा प्यान...

वि.सं.२०८३ जेठ २८ बिहीवार १०:००

  काठमाडौं । एनआईसी एशिया बैंक ले आफ्ना ग्राहकहरूलाई बैंक...

इप्पानको वरिष्ठ उपाध्यक्षमा उत्तम लामाको उम्मेदवारी : प्रतिबद्धता पत्र सार्वजनिक

इप्पानको वरिष्ठ उपाध्यक्षमा उत्तम लामाको उम्मेदवारी :...

वि.सं.२०८३ जेठ २८ बिहीवार ०९:४७

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को...

एनआरएनएको लगानी,कोरियन प्रविधि र नेपाली आत्मनिर्भरताको उदाहरण बन्दै ओरा कस्मेटिक, एनआरएनए पुर्व अध्यक्ष विनोद कुँवरको औद्योगिक अभियान

एनआरएनएको लगानी,कोरियन प्रविधि र नेपाली आत्मनिर्भरताको उदाहरण...

वि.सं.२०८३ जेठ २७ बुधवार १०:०६

  काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) हरूको लगानी र अनुभवलाई...