Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

सहकारी अर्थतन्त्रबिना मुलुकको समृद्धि सम्भव छैन : सचिव पोखरेल

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

काठमाडौं । भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले सहकारी अर्थतन्त्रको माध्यमबाट मात्र सवल राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न सकिने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित ‘सहकारी पुनरुत्थानका लागि अबको बाटो’ विषयक छलफल कार्यक्रममा उनले सहकारीको विकल्प नभएको र सहकारी अर्थतन्त्रबिना मुलुकको समृद्धि सम्भव नरहेको बताए ।

उनले भने, ‘हामीसँग विकल्प छैन् किनभने सहकारी भनेको त्यस्तो क्षेत्र हो जुन भूगोलको हिसाबले दुर्गममा जान्छ, वर्गको हिसाबले अति गरिबमा जान्छ अरु कुनै त्यस्तो संस्था छैन् । सहकारी अर्थतन्त्रबिना मुलुकको समृद्धि सम्भव छैन। यो हामीले बुझेका छौ ।

सरकारले बुझेको छ । सबै संस्थामा समस्या आएको होईन केही संस्थामा मात्र समस्या आएको हुनाले यी समस्यालाई समाधान गर्ने र आगामी दिनमा सहकारी अर्थतन्त्रलाई आम जनताको विश्वासमा लिएर सहकारी अर्थतन्त्रको माध्यमबाट मात्र सवल राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न सकिन्छ भन्ने अभियानमा हामी लागि पर्छौ ।’

यसको साथै, उनले सहकारी समस्यालाई समाधान गर्न सरकार कानूनी, संस्थागत र कारबाहीको रुपमा अगाडि बढेको बताए ।

उनले भने, ‘हामीले सहकारी क्षेत्रको समस्या समाधान गर्ने र यसलाई प्रगतीको बाटोमा लाने गरि दुईवटा बाटोमा हिड्नु पर्ने अवस्था छ यो अवस्थालाई सरकारले पनि अनुभूत गरेर सहकारी क्षेत्रमा देखेका समस्यालाई समाधान गर्ने प्रयत्नहरु जारी छ ।

ती प्रयासहरु कानूनी रुपमा, संस्थागत रुपमा र कारबाहीको रुपमा अगाडि बढेको छ । भन्दा डर लाग्छ ८ सयभन्दा बढि मान्छेहरु प्रहरीको हिरासतमा छन् र २६ सयभन्दा बढि मान्छे फरारमा हुनुहुन्छ । अवस्था भयाबह छ तर आत्तिहाल्नु पर्ने अवस्था पनि छैन् ।’

सबैको साझा प्रयासबाट समस्या समाधान गर्दै आगामी दिनमा सहकारीलाई अझ जनताको विश्वासिलोको संस्थाको रुपमा कसरी अगाडि बढाउन सकिन्छ भनेर चिन्तन गर्न जरुरी रहेको पनि उनको भनाई छ ।

सोही कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ नेपाल अध्यक्ष ओम देवी मल्लले कर्जा असुली न्यायाधिकरण र बचत तथा कर्जा सुरक्षण कोष सहकारीको सुशासनको लागि आवश्यक भएको हुनाले तत्काल लागू गर्न एकदमै जरुरी रहेको बताईन् ।

उनले भनिन्, ‘कर्जा असुली न्यायाधिकरण, बचत तथा कर्जा सुरक्षण कोष तत्काल लागू गर्न एकदमै जरुरी छ । सहकारीको सुशासनको लागि पनि यो कामहरु गर्न जरुरी छ ।’

यस्तै, उनले अब गहिराईमा गएर सहकारीको कर्तव्य के हो, किन गठन भएको भन्ने कुराको महत्व बुझेन भने सहकारीको भविष्य अझै अन्यौलमा रहने भन्दै सरकारसँग हातेमालो गरेर यो काम गर्नुपर्ने बताईन् ।

देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात गर्नुपर्ने अवस्था आयो : मन्त्री पौडेल

देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात...

वि.सं.२०८२ कात्तिक २९ शनिवार १३:२५

  काठमाडौं । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन...

एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि टिकट बुकिङ खुला

एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि...

वि.सं.२०८२ कात्तिक २९ शनिवार १३:१५

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर...

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति बनेको छ, समस्या हुँदैन् : अर्थमन्त्री

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २३:२२

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले विगतको तुलनामा यसवर्षको मौद्रिक...

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने : ‘जिम्मेवारी पूरा गर्छु’

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने :...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २२:०४

  काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक(आइजीपी) दानबहादुर कार्कीले...

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने, तयारी पूरा भएको आयोजकको दाबी

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने,...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १५:०५

काठमाडौं । आउँदो २०८२ साल कात्तिक २९ गते हुने अन्तर्राष्ट्रिय...

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता पहिलो किस्ता, पुनः जडान भयो विद्युत सेवा

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १४:२९

काठमाडौं । दाङको घोराहीमा अवस्थित सोनापुर मिनरल एण्ड आयाल प्रालिले...