Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

‘स्काईवेल ड्राइभ २०२५’ : एसयुभी किन्ने जोडीलाई युरोप घुम्ने अवसर

काठमाडौं । स्काईवेल एसयुभी किन्ने ग्राहकले युरोप भ्रमण गर्ने अवसर प्राप्त गर्ने भएका छन् । स्काईवेल नेपालको ‘स्काईवेल ड्राइभ २०२५ : नेपाल टु युरोप’ अभियानअन्तर्गत स्काईवेल किन्ने प्रत्येक जोडी ग्राहकलाई स्काईवेल कम्पनीले युरोप भ्रमणमा लैजाने घोषणा गरेको हो ।

यस अभियान अन्तर्गत स्काईवेलका दुई मोडेल -‘बीई ११’ र ‘ईटी ५’- मध्ये कुनै पनि खरिद गर्ने ग्राहकका जोडीले युरोप भ्रमणको पूर्ण अवसर प्राप्त गर्नेछन् । उनीहरूले युरोपमै स्काईवेल ड्राइभ गर्न पाउने विशेष सुविधा पनि प्राप्त गर्नेछन् ।

नेपालमा स्काईवेलले ल्याएका यी एसयुभीहरू फुल-साइज, लक्जरी र प्रिमियम सेग्मेन्टमा पर्दछन् । १९० मिमी ग्राउण्ड क्लियरेन्ससहितका यी सवारीसाधनहरू एकपटकको चार्जमा ४१० किमीदेखि ६२० किमी रेन्जसम्मको दूरी तय गर्न सक्ने क्षमता राख्छन् । नेपालकै भूगोलमा सजिलै चलाउन सकिने यी सवारी युरोपेली सडकमा समेत लोकप्रिय बन्न सफल भएका छन् ।

 

 

‘स्काईवेल ड्राइभ २०२५ : नेपाल टु युरोप’ अभियानमा टेस्ट ड्राइभ गर्ने ग्राहकहरू पनि सहभागी हुन सक्छन् । स्काईवेलको जुनसुकै मोडेल टेस्ट ड्राइभ गरेपछि आफ्नो अनुभव सामाजिक सञ्जालमा स्काईवेलको ह्यासट्यागसहित पोष्ट गर्नुपर्नेछ । तीमध्ये एक पुरुष र एक महिला विजेताले युरोप भ्रमण गर्ने मौका पाउनेछन् ।

स्काईवेल ईटी ५ को लङ रेन्ज भेरियन्टको मूल्य १ करोड १५ लाख रुपैयाँ रहेको छ । स्काईवेल विई ११ को ४१० किमी रेन्ज मोडेलको मूल्य ७९ लाख ९० हजार रुपैयाँ, र ५२० किमी रेन्ज मोडेलको मूल्य ८९ लाख ९० हजार रुपैयाँ तोकिएको छ । यी दुवै एसयुभी अत्याधुनिक फिचर, आरामदायी डिजाइन, र बिजनेस क्लास स्तरको सुविधा सहित नेपालमा उपलब्ध छन् ।

हाल स्काईवेलले भक्तपुरको राधेराधे र इटहरीमा अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा ल्याइसकेको छ । साथै नक्साल, राधेराधे, विराटनगर, इटहरी, चितवन र पोखरामा विक्री केन्द्रहरू सञ्चालनमा छन् ।

स्काईवेलको नेपालका लागि आधिकारिक बिक्रेता जी मोटर्स हाे ।

 

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

वि.सं.२०८२ असार ३० सोमवार १६:५०

काठमाडौं । विश्वव्यापी रूपमा परिचित खड्लज परफ्यूम आधिकारिक रूपमा नेपाली...

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना गर्यो

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना...

वि.सं.२०८२ असार ३० सोमवार १५:५३

काठमाडौं । विश्वव्यापी मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले हालै...

आगामी आर्थिक बर्षको मौद्रिक नीतिको सम्बन्धमा नाडाको धारणा

आगामी आर्थिक बर्षको मौद्रिक नीतिको सम्बन्धमा नाडाको...

वि.सं.२०८२ असार २८ शनिवार २२:४४

  काठमाडौँ । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलज्यूले राखेका...

मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रका व्यवहारिक आवश्यकतालाई बेवास्ता गरेको नाइमाको आरोप

मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रका व्यवहारिक आवश्यकतालाई बेवास्ता...

वि.सं.२०८२ असार २८ शनिवार २२:३२

  काठमाडौं । समयमै प्रस्तुत गरेका सुझावहरू नेपाल राष्ट्र बैंकले...

अभिनेता हमालले उद्घाटन गरे राजधानीको नक्सालमा ‘सि–कार, एकै स्थानमा सवारीसम्बन्धी सम्पूर्ण सेवा

अभिनेता हमालले उद्घाटन गरे राजधानीको नक्सालमा ‘सि–कार,...

वि.सं.२०८२ असार २६ बिहीवार २२:४२

  काठमाडौँ । नेपालकै प्रमुख अटो हब मानिने नक्सालमा सवारीसाधनसम्बन्धी...

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फाइदा

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो...

वि.सं.२०८२ असार २५ बुधवार २३:५३

अटोमोटिभ टेक्नोलोजीमा विश्वकै चर्चित जर्मन कम्पनी बोशले डिजिटल लोयल्टी कार्यक्रम...