CG Electronics
IME Life
NIMB

‘स्काईवेल ड्राइभ २०२५’ : एसयुभी किन्ने जोडीलाई युरोप घुम्ने अवसर

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । स्काईवेल एसयुभी किन्ने ग्राहकले युरोप भ्रमण गर्ने अवसर प्राप्त गर्ने भएका छन् । स्काईवेल नेपालको ‘स्काईवेल ड्राइभ २०२५ : नेपाल टु युरोप’ अभियानअन्तर्गत स्काईवेल किन्ने प्रत्येक जोडी ग्राहकलाई स्काईवेल कम्पनीले युरोप भ्रमणमा लैजाने घोषणा गरेको हो ।

यस अभियान अन्तर्गत स्काईवेलका दुई मोडेल -‘बीई ११’ र ‘ईटी ५’- मध्ये कुनै पनि खरिद गर्ने ग्राहकका जोडीले युरोप भ्रमणको पूर्ण अवसर प्राप्त गर्नेछन् । उनीहरूले युरोपमै स्काईवेल ड्राइभ गर्न पाउने विशेष सुविधा पनि प्राप्त गर्नेछन् ।

नेपालमा स्काईवेलले ल्याएका यी एसयुभीहरू फुल-साइज, लक्जरी र प्रिमियम सेग्मेन्टमा पर्दछन् । १९० मिमी ग्राउण्ड क्लियरेन्ससहितका यी सवारीसाधनहरू एकपटकको चार्जमा ४१० किमीदेखि ६२० किमी रेन्जसम्मको दूरी तय गर्न सक्ने क्षमता राख्छन् । नेपालकै भूगोलमा सजिलै चलाउन सकिने यी सवारी युरोपेली सडकमा समेत लोकप्रिय बन्न सफल भएका छन् ।

 

 

‘स्काईवेल ड्राइभ २०२५ : नेपाल टु युरोप’ अभियानमा टेस्ट ड्राइभ गर्ने ग्राहकहरू पनि सहभागी हुन सक्छन् । स्काईवेलको जुनसुकै मोडेल टेस्ट ड्राइभ गरेपछि आफ्नो अनुभव सामाजिक सञ्जालमा स्काईवेलको ह्यासट्यागसहित पोष्ट गर्नुपर्नेछ । तीमध्ये एक पुरुष र एक महिला विजेताले युरोप भ्रमण गर्ने मौका पाउनेछन् ।

स्काईवेल ईटी ५ को लङ रेन्ज भेरियन्टको मूल्य १ करोड १५ लाख रुपैयाँ रहेको छ । स्काईवेल विई ११ को ४१० किमी रेन्ज मोडेलको मूल्य ७९ लाख ९० हजार रुपैयाँ, र ५२० किमी रेन्ज मोडेलको मूल्य ८९ लाख ९० हजार रुपैयाँ तोकिएको छ । यी दुवै एसयुभी अत्याधुनिक फिचर, आरामदायी डिजाइन, र बिजनेस क्लास स्तरको सुविधा सहित नेपालमा उपलब्ध छन् ।

हाल स्काईवेलले भक्तपुरको राधेराधे र इटहरीमा अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा ल्याइसकेको छ । साथै नक्साल, राधेराधे, विराटनगर, इटहरी, चितवन र पोखरामा विक्री केन्द्रहरू सञ्चालनमा छन् ।

स्काईवेलको नेपालका लागि आधिकारिक बिक्रेता जी मोटर्स हाे ।

 

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

चांगान अटो पोर्चुगल राष्ट्रिय फुटबल टोलीको ग्लोबल पार्टनर, रोनाल्डोको टिमसँग रणनीतिक सहकार्य

चांगान अटो पोर्चुगल राष्ट्रिय फुटबल टोलीको ग्लोबल...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:४६

  काठमाडौँ । चिनियाँ अटोमोबाइल कम्पनी चांगान अटोमोबाइल पोर्चुगल राष्ट्रिय...

एथरको बिर्तामोडमा नयाँ एक्सपिरियन्स सेन्टर, प्रिमियम इलेक्ट्रिक स्कुटर बजार विस्तारमा जोड

एथरको बिर्तामोडमा नयाँ एक्सपिरियन्स सेन्टर, प्रिमियम इलेक्ट्रिक...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:२७

  बिर्तामोड । नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्राण्ड एथर...

एमएडब्लु वृद्धिद्वारा २०२६ दिपल एस०५ प्लसको बिक्री सुरु

एमएडब्लु वृद्धिद्वारा २०२६ दिपल एस०५ प्लसको बिक्री...

वि.सं.२०८३ जेठ ११ सोमवार १९:०५

  काठमाडौँ । नेपालका लागि दिपल ब्राण्डका फ्युचरिस्टिक तथा इन्टेलिजेन्ट...

नाइमा नेपाल मोबिलिटी एक्सपो साउन २६ देखि, जेठ १९ भित्र स्टल बुकिङ गर्न आग्रह

नाइमा नेपाल मोबिलिटी एक्सपो साउन २६ देखि,...

वि.सं.२०८३ जेठ ८ शुक्रवार १३:१२

  काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)...

डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड...

वि.सं.२०८३ जेठ ६ बुधवार २३:२४

काठमाडौं, नेपाल - १९ मे, २०२६ - डोङफेङ मोटरको एक...