CG Electronics
IME Life
NIMB

अर्थतन्त्र सुधारको ट्रयाकमा, निजी क्षेत्र सकारात्मक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । नेपालको अर्थतन्त्रमा सुधारको संकेत देखिन थालेको उद्योगी व्यवसायीहरूले बताएका छन्। इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)को नवनिर्वाचित कार्यसमितिको सम्मानमा आयोजित कार्यक्रममा नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष तथा पदाधिकारीहरूले यस्तो बताएका हुन्।

कार्यक्रमपछिको अन्तर्क्रियामा सीएनआई अध्यक्ष राजेशकुमार अग्रवालले हालैका सूचकहरूले अर्थतन्त्रमा सकारात्मक संकेत देखिएको बताए। उनले भने, “राजनीतिक तहबाट पनि अब अर्थतन्त्रप्रति चिन्ता देखिन थालेको छ। कानुनी सुधारमा अध्यादेशमार्फत देखिएको तत्परता त्यसकै उदाहरण हो।”

उनले सबै राजनीतिक दलहरूलाई सत्ता भित्र वा बाहिरबाट पनि अर्थतन्त्रलाई प्राथमिकता दिनुपर्ने बताए। “नयाँ राजनीतिक व्यवस्था अभ्यासको चरणमा छ, यसले दबाब त सिर्जना गर्छ तर समाधान सम्भव छ,” उनले थपे।

अग्रवालका अनुसार, विदेशी विनिमय सञ्चिति प्रशस्त छ र बैंकहरूमा लगानीयोग्य पूँजी पनि उपलब्ध छ। तर, अर्कोतर्फ खराब कर्जाको अनुपात बढ्नु र कालोसूचीमा पर्नेहरुको संख्या बढ्नु चिन्ताको विषय बनेको छ। यद्यपि, हालै राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेका सूचकहरूले सुधारको आशा देखाएको उनले जनाए।

उद्योगी व्यवसायीको मनोबल कानुनी सुधार, उच्चस्तरीय आर्थिक सुधार आयोगमा निजी क्षेत्रको सहभागिता, र आयोगको प्रतिवेदन कार्यान्वयनका पहलहरूले बढेको उल्लेख गरे। “सुधार सम्भव छ भन्ने देखिएको छ तर अझै धेरै काम गर्न बाँकी छ,” अग्रवालले स्पष्ट पारे।

उनले परिसंघले नीतिगत तथा कानुनी समस्याहरूको पहिचान गर्न ‘रिसर्च सेल’ गठन गरेर अनुसन्धान गरिरहेको जानकारी दिए। “हामी तथ्यमा आधारित सुझाव दिन्छौं, जुन सरकारका लागि उपयोगी हुन्छ,” उनले बताए।

कार्यक्रममा परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले पनि अर्थतन्त्र सबैको प्राथमिकतामा परिरहेको बताए। “नीतिगत हस्तक्षेपको असर देखिन समय लाग्छ, तर सुधारको बाटोमा हामी हिँडिरहेका छौं,” पाण्डेले भने।

उपाध्यक्ष रोहित गुप्ता, महानिर्देशक घनश्याम ओझा, वरिष्ठ निर्देशक राजीव मजगैयाँ, निर्देशक मधुकर दाहाल लगायतको उपस्थिति रहेको कार्यक्रममा सीएनआई र इमानबीच सहकार्यको विषयमा समेत छलफल भएको थियो।

इमानका अध्यक्ष रोयल आचार्यले भने, “अर्थतन्त्रको पुनरुत्थानका लागि निजी क्षेत्रसँग मिलेर काम गर्न हामी सधैं तत्पर छौं।”

 

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत सुधारमार्फत महिला उद्यमीको सशक्तीकरणमा जोड

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत...

वि.सं.२०८३ असार १ सोमवार २३:००

  काठमाण्डौ— उद्यमी महासङ्घ नेपाल (एफवेन) को नेतृत्वमा ‘अन्तर्राष्ट्रिय महिला...

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...