CG Electronics
IME Life
NIMB

नबिल बैंकको रेकर्ड नाफा: ९ महिनामा ५ अर्ब नाफा, वितरणयोग्य नाफा २.८७ अर्ब रुपैयाँ

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं ।नबिल बैंकको रेकर्ड नाफा: ९ महिनामा ५ अर्ब नाफा, वितरणयोग्य नाफा २.८७ अर्ब रुपैयाँ  थियो । ९ महिनाको अवधिमा बैंकिङ क्षेत्रमा नबिल बैंकले सर्वाधिक नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा ८.२१ प्रतिशत बढेर ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ आर्जन गरेको हो । जुन बैंकिङ क्षेत्रकै सबैभन्दा धेरै नाफा हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चैत मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ३.९६ प्रतिशत घटेर १२ अर्ब ५ करोड ४४ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १२ अर्ब ५५ करोड १३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी २.२७ प्रतिशत बढेर २ अर्ब २७ करोड ७२ लाख रुपैयाँ, सञ्चालन मुनाफा १४.०३ प्रतिशत बढेर ७ अर्ब ६२ करोड २३ लाख रुपैयाँ र कुल सञ्चालन आम्दानी ०.२० प्रतिशत घटेर १५ अर्ब २९ करोड ८२ लाख रुपैयाँ गरेको छ ।

 

 

यसअवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ८७ करोड ४१ लाख रुपैयाँ रहेको छ । गत वर्षको चैतमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ५४ करोड ७० लाख रुपैयाँ थियो । वितरणयोग्य प्रतिसेयर आम्दानी १२.६८ रुपैयाँ रहेको छ ।

२७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोष ८.१३ प्रतिशत बढेर ३४ अर्ब १८ करोड ९६ लाख रुपैयाँ रहेको छ ।

चैतसम्म बैंकको निक्षेप संकलन ८.६६ प्रतिशत बढेर ५ खर्ब २ अर्ब १० करोड ६१ लाख रुपैयाँ र कर्जा लगानी ७.३८ प्रतिशत बढेर ४ खर्ब १ अर्ब १६ करोड २३ लाख रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिसेयर आम्दानी १.६५ रुपैयाँ बढेर २४.८९ रुपैयाँ पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात १९.५६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २२६.३६ रुपैयाँ रहेको छ ।

 

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का नयाँ घरेलु उपकरण, सुरुवाती मूल्य रु. ४९,६९०

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का...

वि.सं.२०८३ असार २ मंगलवार १४:४७

  काठमाडौँ, १६ जुन २०२६ नेपाली उपभोक्ताहरूको आवश्यकता र आधुनिक...

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को बम्पर उपहार झापाका रणधीर गुप्तालाई

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को...

वि.सं.२०८३ असार २ मंगलवार १०:१९

  नेपालको अग्रणी तथा विश्वासिलो मानिने इलेक्ट्रोनिक्स ब्रान्ड सिजी इलेक्ट्रोनिक्सले...

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१४

  नेपाली स्मार्टफोन बजारमा आफ्नो बलियो उपस्थिति जनाउँदै लियोनमीले आफ्ना...

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

वि.सं.२०८३ असार १ सोमवार २३:२०

  काठमाडौं । इटालीको लोनाटो डेल गार्दामा ‘नेपाल टुडे: इन...