Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

लक्ष्मी सनराइज बैंकको नाफा १.६५ अर्ब रुपैयाँ

kumari  bank

 

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा २.२४ प्रतिशतले वृद्धि गर्दै १ अर्ब ६५ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ६१ करोड ५९ लाख रुपैयाँ नाफा गरेको थियो।

तर, सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी भने ७.३१ प्रतिशतले घटेर ७ अर्ब ८९ करोड ३५ लाख रुपैयाँमा झरेको छ। गत वर्षको सोही अवधिमा यो आम्दानी ८ अर्ब ५१ करोड ५७ लाख रुपैयाँ रहेको थियो।

चैत मसान्तसम्ममा बैंकको सञ्चालन नाफा १३.३४ प्रतिशतले बढेर २ अर्ब ५२ करोड ९३ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी २.०८ प्रतिशतले घटेर १० अर्ब २४ करोड ५० लाख रुपैयाँमा सीमित भएको छ।

समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ७७ करोड २७ लाख रुपैयाँ रहेको छ। गत वर्षको फागुनमा बैंकको वितरणयोग्य नाफा ऋणात्मक १ अर्ब २४ करोड ८४ लाख रुपैयाँ थियो।

फागुन मसान्तसम्ममा बैंकको चुक्ता पुँजी २४ अर्ब ३४ करोड ६५ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोष १०.५६ प्रतिशतले बढेर १७ अर्ब ७६ करोड ९५ लाख रुपैयाँ पुगेको छ।

बैंकको निक्षेप संकलन ९ महिनामा ४.६४ प्रतिशतले बढेर ३ खर्ब ४४ अर्ब २० करोड ३० लाख रुपैयाँ पुगेको छ। यस्तै, कर्जा लगानी ११.५८ प्रतिशतले वृद्धि भई २ खर्ब ७६ अर्ब ४ करोड ६१ लाख रुपैयाँमा पुगेको छ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ९.०५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १७६.१६ रुपैयाँ रहेको छ। तर, खराब कर्जा (एनपीए) ५.८६ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको ५.४९ प्रतिशतभन्दा बढी हो।

ग्लोबल आइएमई बैंक पीसीआई–डीएसएस मा प्रमाणीकरण।

ग्लोबल आइएमई बैंक पीसीआई–डीएसएस मा प्रमाणीकरण।

वि.सं.२०८२ जेठ २ शुक्रवार १६:१०

  काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेड कार्ड प्रयोगकर्ताको डाटा...

भिभो भी ५० लाईट चाँडै नेपाली बजारमा – स्टाइल, शक्ति र स्मार्टनेसको त्रिवेणी

भिभो भी ५० लाईट चाँडै नेपाली बजारमा...

वि.सं.२०८२ जेठ २ शुक्रवार ००:००

काठमाडौं, जेष्ठ ०१– नेपाली स्मार्टफोन बजारमा भिभोले आफ्नो नयाँ स्मार्टफोन...

ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी

ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को...

वि.सं.२०८२ जेठ १ बिहीवार २२:२३

काठमाडौँ । पुस्तौँदेखि आमा–छोरीको सम्बन्धमा आकार दिने मिलन र बिछोडका...

एन आई एसिया लघुवित्तद्वारा विभिन्न शाखामा वित्तीय साक्षरता तथा तालिम कार्यक्रम सम्पन्न

एन आई एसिया लघुवित्तद्वारा विभिन्न शाखामा वित्तीय...

वि.सं.२०८२ वैशाख ३१ बुधवार २३:३७

  काठमाडौँ । लघुबित्तले गण्डकी प्रदेश अन्तर्गतको शाखा कार्यालय मगरकोटमा...

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी प्रशिक्षण सम्पन्न

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धिकरण निवारण...

वि.सं.२०८२ वैशाख ३१ बुधवार २३:३१

काठमाडौँ । सानिमा रिलायन्स लाईफले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा...

नेपाल बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सवका अवसरमा प्रभातफेरी कार्यक्रम

नेपाल बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सवका अवसरमा प्रभातफेरी...

वि.सं.२०८२ वैशाख ३१ बुधवार २२:५५

  काठमाडौँ । नेपाल बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सवका अवसरमा आज...